25.2 C
Nepal
Wednesday, February 5, 2025

आर्जन सहकारीका १६ जनाविरुद्ध ठगी मुद्दा दायर, ११ करोड ५५ लाख हिनामिना- १४ जना फरार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा अबस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले १४२ जना बचतकर्ताको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

बचतकर्ताले ठगिमा परेको उजुरी दिएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर त्यसलाई अन्तिमा रुप दिदै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अध्यक्ष तथा सञ्चालक समित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारीका संचालक समितिका अध्यक्ष दलबहादुर आले पक्राउ परेका छन् भने उपाध्यक्ष लिलाधर सापकोटा, सचिव तथा ऋण समितिका संयोजक राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सञ्चालक समितिका सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सदस्य कोपिला राना, सदस्य अरुण कुमार खनाल, सदस्य विष्णुप्रसाद खनाल, ऋण समिति सदस्य हरी श्रेष्ठ, लेखा समितिका संयोजक दिपक थापा, सदस्यहरु शिवमाया श्रेष्ठ, यमप्रसाद अधिकारी, सहकारीका सञ्चालक योगराज गुरुङ, राजकुमार श्रेष्ठ, सञ्चालक समितिका पूर्व सदस्य लक्ष्मण थापा क्षेत्री हाल फरारको सुचिमा रहेका छन् ।

सरकारी वकिल कार्यलयले ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ बचत रकमकोे साँवा, ब्याज र हर्जनासमेत जम्मा हुन आउने रकम मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजि बिगो भराइ पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here