हिमालयन ८०-२० मा लगानिकर्ताले विश्वाश गर्न सकेका छैन । हिमालयन क्यापिटलले अगस्ट १७ बाट जारी गरेको उक्त योजनामा लगानिकर्ताको एकदमै न्युन सहभागिता रहेको देखिन्छ ।
यस म्युचुवल फण्डले जारी गरेको ८ करोड ५० लाख कित्तामध्ये ८४ लाख ४४ हजार हाराहारी कित्तामात्र हालसम्म बिक्री भएको छ । जुन कुल कित्ताको १० प्रतिसतमात्र बिक्री हो ।
यसमा आबेदन दिने अंतिम मिती अगस्ट २१ बैंकिङ समयसम्म रहेको छ । तर केही समय म्याद थप्न मिल्छ र कम्पनिले त्यो अबसरको उपयोग गर्दै मिती अबस्य थप्नेछ ।
कोष प्रबर्दक हिमालयन बैंक रहेको छ भने योजना ब्यबस्थापक हिमालयन क्यापिटल रहेको छ ।
राम्रा म्युचुवल फण्डहरु २०-३० प्रतिसत सस्तोमा फालाफाल
हाल बजारमा अन्य म्युचुवल कम्पनिहरु पनि कारोबारमा रहेका छन । ति कम्पनिहरुले आफुलाई प्रमाणित गरिसकेका छन । त्यस्ता राम्रा कम्पनी (म्युचुवल फन्ड) बजारमा २०-३० प्रतिसतसम्म सस्तोमा फालाफाल पाईन्छ । त्यसैले पनि यो हिमालयन ८०-२० योजनामा लगानिकर्ताको खासै रुची देखिदैन । बजारमा त्यो भन्दा राम्रा म्युचुवल फन्डहरु सस्तोमा फालाफाल रहेको बेला किन महँगोमा पर्नु भन्ने मानसिकता लगानिकर्ताको रहेको देखिन्छ ।
कम्पनिको बिबादित छबी
हिमालयन क्यापिटल त्यही म्युचुवल फन्ड हो जसले घोराही सिमेन्टको आइपिओ जारी गर्न सहयोगी भूमिका खेलेको थियो । तर अन्तिम समयमा नियमबिपरित घोराही सिमेन्टको म्याद थप्न यो कम्पनिले भूमिका खेलेपछी घोराही सिमेन्टको आइपिओ केही समय रोकिएर पछी केही समय पछी सुचारु भएको थियो । घोराही सिमेन्टमा नियमानुसार आबस्यक आबेदन पेरिसक्दा पनि समय थपेर कानुन बिपरित काम गर्न यही हिमालयन क्यापिटलले सहयोगी भूमिका खेलेपछी लगानिकर्ताहरुको विश्वाश क्यापिटलले गुमाएको हुन सक्छ । पछी अनुसन्धान गर्दा घोराहिमा फर्जी आबेदन परेको पाइएको थियो । लगानिकर्ताहरु त्यस आइपिओमा नियम बिपरित समय थपिनुमा क्यापिटलले पहिलानै फर्जी आबेदनको बारे जानकार भएर पनि लगानिकर्तालाई गुमराहमा राखी लगानिकर्ताको फाईदा भन्दा आफ्नो मात्र फाईदा हेरी लगानिकर्ताबाट पैसा उठाउन मात्र भूमिका खेलेको आरोप लगाउछन ।