12.8 C
Nepal
Monday, February 10, 2025

सहकारी बचतकर्ताको अर्बौं ठगिको आरोपमा हिरासतमा रहेका शर्माले माछापुच्छ्रे बैंकको ६८ करोड नतिरेपछि धितो लिलामी गरिदै

काठमाडौं । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरिको हिरासतमा रहेका केदारनाथ शर्मा दम्पत्तिले ६८ करोड रुपैयाँ कर्जाको ब्याज र सावा नतिरेपछी माछापुच्छ्रे बैंकले निज केदारनाथ शर्माले राखेको धितो लीलामको प्रकृया अगाडि बढाएको छ । माछापुच्छ्रे बैंकले धितो लिलामीको लागि सार्वजनिक सुचना निकालेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र उनको श्रीमती अर्थात शिखर अर्गनाइजेशन (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी संस्था) की निर्देशक गीता शर्माले लिएको ६८ करोड रुपैयाँ कर्जा तिर्न नसकेपछी निजको नाममा रहेको धितोमा राखेको धितो सम्पत्तिको गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न माछापुछ्रे बैंकले एक सुचना निकालेको छ ।

शिवशिखर सहकारी र तुलसी बहुमुखी सहकारी संस्थाका करिब १ लाख ८८ हजार बचतकर्ताको १२ अर्ब रुपैयाँ हिनामिना गरेपछी हाल उनी प्रहरिको हिरासतमा रहेका छन । उनी र उनकी श्रीमती माथी प्रहरिले अनुसन्धान गरिरहेको छ ।

शिखर दिप एग्रोमा शर्मा सञ्चालक रहेको अवस्थामा बैंकबाट कर्जा लिएको थियो। यसैगरी गीता शर्मा सञ्चालक रहेको शिव शिखर खाद्य उद्योग र तेजबहादुर तामाङ सञ्चालक रहेको गोरखा टि एण्ड कफी इन्डष्ट्रिजको नाममा पनि बैंकबाट कर्जा लिएका थिए ।

कर्जाको सावाब्याज भुक्तानी नगरेपछि बैंकले चलअचल सम्पत्ति लीलाम गर्न लागेको हो । स्रोतका अनुसार ०७९ असार मसान्तसम्म शर्माले नियमित कर्जाको सावाँब्याज भुक्तान गरीरहेका थिए । तर, सहकारी ठगीमा मुछिएपछि उनी सम्पर्कबिहिन भएका थिए ।

लीलामिमा भदौ २१ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र भदौ २२ गते मध्यान्न साढे १ बजे खोलिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here