31 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 212

निक्षेपको ब्याजदर बढाएको भन्दै सरकारी बैंकसँग अर्थमन्त्री रिसले आगो , कर्जाको ब्याजदर नबढाउन आदेश

0

अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारी बानिज्य बैंकले ब्याजदर बढाएपछी रिसले आगो भएका छन ।

कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंक गरी तीनओटै बाणिज्य बैंकका सीइओलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री महतले असन्तुष्टि पोख्दै कर्जाको ब्याजदर नबढाउन निर्देश गरेका छन् ।

‘सरकारको नीति ब्याजदर घटोस् भन्ने हो, बजारको माग पनि ब्याजदर घटोस् भन्ने नै छ,’ अर्थमन्त्री महतले असन्तुष्टि पोख्दै भने, ‘तर, तपाईंहरुले नै सरकारको नीतिलाई असहयोग गर्नुभयो । निजी क्षेत्रका बैंकभन्दा धेरैले ब्याजदर बढाउनू भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अर्थमन्त्रीले भद्र सहमती खारेज भईसकेको , तरलता पनि अधिक रहेको तथा कर्जाको माग काम भएको बेला ब्याजदर किन बढाएको भनी जबाफ मागेका थिए ।

‘भद्र सहमति तोड्दा किन ब्याजदर बढ्यो ? र, सरकारी बैंकले नै सरकारको नीति बिपरित किन ब्याजदर बढाउनु भयो ?’ मन्त्री महतले प्रश्न गरे, ‘तपाईंहरु त सरकारको नीतिभन्दा बाहिर जानू भएन नि ।
तीनवटै बैंकका सीइओ गोबिन्द गुरुङ, किरणकुमार श्रेष्ठ र कृष्णबहादुर अधिकारीले सरकारको नीतिलाई समर्थन हुँदाहुँदै , ब्याजदर बढाउन मन नहुँदा नहुँदै पनि ब्याजदर बढाउन आफ्नो बाध्यता भएको जवाफ अर्थमन्त्रीलाई दिएका छन ।

‘असारमा भद्र सहमति खारेज भएपछि हामीले सरकारको नीति अनुसार साउनमा लागू हुने ब्याजदर बढाएनौं तर केही निजी बैंकले बढाए, निक्षेपकर्ताहरुले बढी ब्याजदर भएकै बैंकमा निक्षेप राख्न थाले, यो अवधिमा परिपक्क भएको हाम्रो अर्बौं निक्षेप बढी ब्याज दिने निजी बैंकमा सर्यो ’ सीइओहरुको भनाइ थियो, ‘हामीले आफ्नो निक्षेप नखोसियोस् भनेर ब्याजदर बढाएका हौं।’

उनीहरुले सरकारको नितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तर, निजी बैंकसँग व्यवसायिक प्रतिस्पर्धामा उत्रिनु पर्दा ब्याजदर बढाउनु बाध्यता भएको थपे ।

सीइओहरुको जवाफ सुनिसकेपछी अर्थमन्त्री डा. महतले निक्षेपको बढाए पनि कर्जाको ब्याजदर नबढाउन निर्देशन दिए ।

‘निक्षेपको ब्याजदर त बढाइहाल्नु भयो, आगामी महिना यस्ता विषयमा निर्णय गर्दा हामीसँग पनि सल्लाह गर्नुहोला’ अर्थमन्त्रीले भने, ‘सरकारी बैंकले कर्जाको ब्याजदर बढाएको सुन्नु नपरोस् । स्प्रेड मेन्टेन गरेर होस् कि जे गरेर हुन्छ बढेको ब्याजदर ऋणीको थाप्लोमा हाल्नु भएन ।’

सरकारी लगानीका बैंकले साउनको तुलनामा भदौमा २७ प्रतिशतसम्मले ब्याजदर ब्रिद्धी गरेका छन् ।

भद्र सहमति खारेज भएपछी ब्याजर घट्ने अनुमान गरिएपनी निजी बैंकहरुले ब्याजदर बढाएर एकले अर्काको निक्षेप खोसाखोस गर्न थालेपछी ब्याजदर बढेको हो । निक्षेप तान्ने प्रतिस्पर्धा चलेपछी आफ्नो व्यवसाय जोगाउन ब्याजदर बढाउन बैंकहरु बाध्य भएका हुन् ।

धितोपत्र बोर्डले हकप्रद अनुमती दिन छोड्यो : निर्देशिका जारी गर्ने तयारी

0

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनिले जारी गर्ने हकप्रदका लागि हाल कुनै प्रकृया अघी नबढाउने निर्णय गरेको छ । हाल हकप्रदका लागि हकप्रद सेयरको दर्ता गर्न छाडेको छ ।

हाललाई धितोपत्र बोर्डले यसलाई ब्यबस्थित बनाउन निर्देशिका जारी गर्ने तयारी पनि गर्दैछ । यसका अलवा यसलाई ब्यबस्थित बनाउन के गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।

हाल छ्याङ्दी हाइड्राे (१००%), घलेम्दी हाइड्राेपावर (२००%), सींगटी हाइड्राेपावर (१००%), हिमालयन उर्जा (१००%) र अरूण भ्याली हाइड्राेपावर (१००%) हकप्रद निष्कासनका लागी पाइपलाइनमा छन । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक १००% हकप्रद निष्कासनको लागि तयारीमा छ ।

प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ। यिनिहरु सबैलाई नेपाल बीमा प्राधिकरणको बुधबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको छ ।

यी कम्पनीहरूले हकप्रदका लागि धिताेपत्र बाेर्डबाट अनुमति लिनुपर्नेमा सेबाेनले दर्ता प्रक्रिया नै राेकेपछि यि कम्पनिहरुले हकप्रद दर्ता गर्न पाउने छैनन ।

सन्दीप लामिछानेविरूद्धको मुद्दामा अदालतको आदेश- पीडितकी आमाको जन्ममिति यकिन गर्नू

0

जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।
आज भएको सुनुवाईमा न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति फरक फरक देखिएको भन्दै पीडितको आमाको जन्ममिती यकिन गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन आदेश जारी गरेको थियो। तर त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेर पनि सुनुवाई नभई स्थगित भएका छन ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । पछी सन्दिपले पुनराबेदन गरेपछी उच्च अदालतले धरौटीमा छाडन आदेश दिएको थियो ।
बिदेशमा खेल्न जान प्रतिबन्ध कायम नै रहेपछी सन्दिप पक्ष क्रिकेट खेल्न बिदेश जान पाउनु पर्ने भन्दै सर्बोच्च गएका थिए भने सरकारी वकिल कार्यालय- सन्दिपलाई जेलमै पठाउनु पर्ने भन्दै सर्बोच्च गएको थियो । सर्बोच्चले एकमुस्ट दुबै मुद्धा उपर सुनुवाई गर्दै उच्चको आदेश सदर गरेको थियो भने सन्दिपलाई बिदेश जान पनि अनुमती दिएको थियो ।

अब जिल्ला अदालतले पीडित भनिएकी महिलाको आमाको जन्ममिती यकिन भएको सात दिनभित्रमा फेरी सुनुवाई सुरु हुने छ ।

८ अङ्कले बढ्यो नेप्से ,सोल्टी होटेलको सर्बाधिक कारोबार

0

सेयर बजार आज ८.०१ अङ्कले बढेको छ । आज ०.३९ प्रतिसतले बढ्दै सेयर बजार २०३३.१३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १३५ कम्पनिको मुल्य बढेको छ भने ७८ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५४ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा लिबर्टी ईनर्जी, अप्पर स्याङ्जे हाइड्रोपावर, सगरमाथा जलबिध्युत,सिद्धार्थ इन्भेस्ट्मेन्ट ग्रोथ स्किम २, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मेन्चियाम हाइड्रोपावर, राप्ती हाइड्रो , सुपरमाइ हाइड्रो, बलेफी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , घोराही सिमेन्ट,हिमालयन डिस्टिलरी लगायतका कम्पनिहरु रहेका छन ।

फरवार्ड माइक्रोफाइनान्सको ६४.८७%ले घट्यो नाफा, ईपीएसमा पहिरो

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २२ करोड १४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.८७ प्रतिशतले कम हो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६२.८० प्रतिशतले घटेर ३७ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।

संस्थाको खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२६ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले ८ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको रिजर्भको आकार २०.८९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २०.९८ रुपैयाँ कायम भएको छ। । पीई रेसियो ६३ गुणा रहेको क्छ भने प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ।

युनिलिभर नेपाल लिमिटेडको खुद नाफा १ अर्ब ८३ करोड, अन्य सुचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेर ८ अर्ब ६३ करोड रहेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।

कमिशन आउने मात्र काम नगर्न लगानीकर्ताको सेबोन अध्यक्षलाई चेतावनी

0

सेयर लगानीकर्ताले कुनै अध्ययन नगरि प्रिमियममा आइपिओ जारी गरी कमिसनमा लिप्त भएको आरोप सेबोन अध्यक्षमाथी लगाएका छन ।

पुजिबजारको बिकासको लागि काम गर्नु पर्नेमा अध्यक्षले कमिसन आउने मात्र काम गर्न थालेको भन्दै सेबोनको ध्यानाकर्षण गराउन गएका लगानिकर्ताले संस्थागत लगानीकर्ताको हस्तक्षेप बढाएर लैजानुपर्ने बताए ।

लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताको हित र पूँजी बजार सुधार र बिस्तारको काम गर्दा कमिशन नआउने भएकाले त्यस्ता कामहरुमा ढिलाई भएको भन्दै कमिशन आउने मात्र काम नगर्न सेबोन अध्यक्षलाई खबरदारी गरे ।

कोइरालाले भने, हामी लगानीकर्ता कमिशन दिन सक्दैनौ भन्दैमा पूँजी बजार बिस्तारको काम रोक्नु भएन, बजारलाई बलियो बनाएर लैजान गर्नुपर्ने काम तत्काल गर्नुपर्यो ।

बजारमा आपुर्ति मात्र बढाउने तर माग बढाउने काम फिटिक्कै नगर्ने प्रबृत्तिले पूँजी बजारमा गंभीर संकट ल्याउने चेतावनी कोइरालाको थियो ।

सेबोनको कार्यालय घेराउ गर्ने कार्यमा लगानिकर्ताको सहभागी सङ्ख्या एकदमै न्युन रहेको थियो तर प्रहरीहरु भने ब्यापक रुपमा परिचालन गरिएका थिए । लगानीकर्ताको सङ्ख्या कम देखेपछी सेबोन अध्यक्षले लगानिकर्ताको माग प्रती खासै ख्याल दिएको देखिएन साथै उनले लगानिकर्तासङ्ग कुराकारी पनि गरेनन ।

अपि पावरको खुद नाफा घट्यो

0

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो नाफा आर्थिक वर्षको तुलनामा ९३.५९ प्रतिशत कम हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.८७ प्रतिशत घटेर ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १६.५३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २२.५६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ९.८८ प्रतिशत बढेको छ।


समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६० पैसा घटेर १६ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा रहेको छ।

युनाइटेड मोदीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमायो

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १६.०९ प्रतिशत बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.२२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६१.५९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २४.१३ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर २ रुपैयाँ ५४ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

यस कम्पनीको जगेडा कोषमा ३ करोड ८० लाख रुपैयाँ रहेको छ।

जीवन विकास लघुवित्तको नाफा ५० प्रतिशत घट्यो

0

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०९ प्रतिशत कम हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०४ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३४.७१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.५१ प्रतिशत र सञ्चालन मुनाफा ५०.०९ प्रतिशत घटेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको निष्क्रिय कर्जा ०.९१ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ३७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४० पैसा घटेर ३४ रुपैयाँ २८ पैसामा झरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ।

यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले १८ अर्ब ८८ करोड ४३ लाख निक्षेप तथा सापटीबाट २२ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।