युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेर ८ अर्ब ६३ करोड रहेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।
यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।