23.7 C
Nepal
Friday, September 20, 2024

धितोपत्र बोर्डले हकप्रद अनुमती दिन छोड्यो : निर्देशिका जारी गर्ने तयारी

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनिले जारी गर्ने हकप्रदका लागि हाल कुनै प्रकृया अघी नबढाउने निर्णय गरेको छ । हाल हकप्रदका लागि हकप्रद सेयरको दर्ता गर्न छाडेको छ ।

हाललाई धितोपत्र बोर्डले यसलाई ब्यबस्थित बनाउन निर्देशिका जारी गर्ने तयारी पनि गर्दैछ । यसका अलवा यसलाई ब्यबस्थित बनाउन के गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।

हाल छ्याङ्दी हाइड्राे (१००%), घलेम्दी हाइड्राेपावर (२००%), सींगटी हाइड्राेपावर (१००%), हिमालयन उर्जा (१००%) र अरूण भ्याली हाइड्राेपावर (१००%) हकप्रद निष्कासनका लागी पाइपलाइनमा छन । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक १००% हकप्रद निष्कासनको लागि तयारीमा छ ।

प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ। यिनिहरु सबैलाई नेपाल बीमा प्राधिकरणको बुधबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको छ ।

यी कम्पनीहरूले हकप्रदका लागि धिताेपत्र बाेर्डबाट अनुमति लिनुपर्नेमा सेबाेनले दर्ता प्रक्रिया नै राेकेपछि यि कम्पनिहरुले हकप्रद दर्ता गर्न पाउने छैनन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here