31 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 213

भदौ महिनाका लागि १३ बैंकले ब्याजदर बढाए, हेर्नुस् कुन बाणिज्य बैंकको कती ब्याजदर

0

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ ब्याजदर हेर्दा १३ बैंकले ब्याजदर बढाएको देखिन्छ भने ४ बैंकले ब्याजदर घटाएका छन भने अन्यको यथावत रहेको देखिन्छ ।

ब्याजदर बढाउनेमा कुमारी बैंक जसले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा १०.०१ प्रतिसत ब्याजदर रहेकोमा भाद्रमा १०.८९६ बनाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले साउनमा ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ रहेकोमा भाद्रमा १०.८९६ बनाएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकको ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ रहेकोमा भाद्रमा १०.४ बनाएको छ ।

त्यस्तै सिटिजन बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ दिएकोमा भाद्रमा बढाएर १०.८९६ बनाएको छ । त्यस्तै सानीमा बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५२ प्रतिसत ब्याजदर दिएकोमा भाद्र महिनामा बढाएर १०.८९६ प्रतिसत बनाएको छ । कृषि बिकास बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५१ प्रतिसत ब्याजदर दिएकोमा भाद्रमा १०.८९६ प्रतिसत ब्याज दिने भएको छ ।

एभरेस्ट बैंक र प्रभु बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५ प्रतिसत ब्याज दिएकोमा भाद्र महिनामा ब्याजदर बढाएर १० प्रतिसत पुर्याएको देखिन्छ ।

त्यस्तै सिद्धार्थ बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५ ,माछापुछ्रे बैंकले ९ प्रतिसत , राष्ट्रिय बणिज्य बैंकले ८.९९ प्रतिसत दिएकोमा भाद्रमा ब्याजदर बढाएर समान ९.९९ प्रतिसत बनाएका छन ।

नेपाल बैंकले साउनमा ८.९९ प्रतिसत ब्याजदर दिएकोमा भाद्रमा बढाएर १०.८९६ प्रतिसत बनाएको छ ।

नयाँ ब्याजदर अनुसार अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ। कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले मुद्दति निक्षेपमा संस्थागत तर् अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने ब्याजदर घटाएका छन । एनएमबी , एनआइसी एसिया लगायतका बैंकले अघिल्लो महिना बढी ब्याज दर राखेर बजार बिगारेको भन्दै चर्को आलोचना भएको थियो । त्यसैले यो महिना तिनिहरुले ब्याज घटाएका हुन ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।

S.NoBank Name Interest rate (indiviual)Institiutional rate
1NMB Bank9.997.99
2Prime commercial10.58.5
3Nabil 10.498.49
4Kumari Bank 10.8968.896
5Global IME 10.8968.896
6Laxmi Sunrise 10.47.99
7Nepal SBI9.997.99
7Himalayan 9.997.99
8Citizen International10.8968.896
9Sanima 10.8968.896
10Agriculture Development10.8968.896
11Everest108
12Prabhu 108
13Siddhartha 9.997.99
14Maxapuxre9.997.49
15Rastriya Banijya 9.997.99
16Nepal Bank10.8968.896
17Standard Chartered8.926.92
19NIC Asia 10.8968.896

कुन बिकास बैंक को लाभांश क्षमता कती ? हेर्नुस् पुरा जानकारी, टेबलमा

अहिले लाभांशको सिजन सुरु भएको छ। बिभिन्न कम्पनिहरुले लाभांश घोषणा गर्न थालिसकेका छन ।

लगानिकर्ताहरुले मुख्यत: लाभांश दिने क्षमता हेरेर लगानी गर्छन् । लाभांश जुन कम्पनिले बढी दिन्छ , त्यही कम्पनीमा लगानिकर्ताको आकर्षण बढी हुने गरेको पाईन्छ ।

हामीले यहाँ बिकास बैंकको लाभांश क्षमता बारे चर्चा गरेका छौ ।

बिकास बैंकको लाभांश क्षमतालाई हेर्दा, मितेरी बिकास बैंकको लाभांश क्षमता सबै भन्दा बढी रहेको पाईएको छ । उक्त बिकास बैंकको लाभांश क्षमता १३.८३ रहेको देखिन्छ । यस्को निस्कृय कर्जा १.२५ रहेको देखिन्छ ।

त्यस्तै लुम्बिनी बिकास बैंकको लाभांश क्षमता ११.६१ प्रतिसत रहेको देखिन्छ भने यसको निस्कृय कर्जा ३.०१ रहेको छ । यसको प्रतिसेयर आम्दानी भने १८ रहेको देखिन्छ । साइन रेसुङ्गा बिकास बैंकको लाभांश क्षमता ११.३६ रहेको देखिन्छ ।

गरिमा बिकास बैंकको लाभांश क्षमता १०.७४ रहेको देखिन्छ । यसको निस्कृय कर्जा १.५५ रहेको छ भने प्रतिसेयर आम्दानी २३.४६ रहेको छ ।त्यस्तै मुक्तिनाथ बिकास बैंकको लाभांश क्षमता १०.०३ प्रतिसत रहेको देखिन्छ । यसको निस्कृय कर्जा ०.८९ छ भने यस्को प्रतिसेयर आम्दानी २१.२४ रहेको देखिन्छ ।

त्यस्तै कर्णाली डेभलप्मेन्ट बैंकको लाभांश क्षमता ९.८१ रहेको छ । यस्को निस्कृय कर्जा ३.९२ रहेको देखिन्छ ।महालक्ष्मी बिकास बैंकको लाभांश क्षमता ८.०६ प्रतिसत रहेको देखिन्छ । निस्कृय कर्जा ३.५१ र प्रतिसेयर आम्दानी ११.२९ प्रतिसत रहेको देखिन्छ ।

यसै गरी साङ्ग्रिला डिभलप्मेन्ट बैंकको लाभांश क्षमता ७.६२ , निस्कृय कर्जा ३.०६ , प्रतिसेयर आम्दानी १०.५१ रहेको देखिन्छ । ज्योति बिकास बैंकको लाभांश क्षमता ५.१८ रहेको देखिन्छ । प्रतिसेयर आम्दानी १२.५ रहेको छ भने निस्कृय कर्जा २.८६ रहेको देखिन्छ ।

ग्रीन डिभलप्मेन्ट बैंकको लाभांश क्षमता ३.५६ रहेको छ भने निस्कृय कर्जा ३.३ रहदा प्रतिसेयर आम्दानी भने ३.५६ रहेको देखिन्छ । त्यस्तै गरी कर्पोरेट डिभलप्मेन्ट बैंकको लाभांश क्षमता ३.५३ ,निस्कृया कर्जा ४.२९ रहेको देखिन्छ ।

कामना सेवा बिकास बैंकको लाभांश क्षमता १.७७, निस्कृय कर्जा २.९८ , प्रतिसेयर आम्दानी १३.१४ रहेको देखिन्छ ।

अन्य बिकास बैंकको लाभांश क्षमता नेगटिभमा रहेको छ । एक्सेल डिभलप्मेन्ट , नारायणी बिकास बैंक ,सिन्धु बिकास बैंक र सप्तकोशी बिकास बैंकले यो बर्ष लाभांश बाड्न सक्ने छैनन किनकी यिनिहरुको लाभांश क्षमता माइनसमा छ ।

टेबलमा हेर्नुस् पुरा विवरण

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आजबाट आईपीओ निष्काशन गर्दैछ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भर्दा १४ गतेसम्म लम्बिनेछ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजारले पाए सेयर- यसरी हेर्नुस् रिजल्ट

0

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीकाे आइपिओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना लगानीकर्ताहरूले आवेदन दिएकाकोमा १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्रै योग्य घोषित भएको थियो ।

गाेलाप्रथाद्वारा बाँडफाँड गरिएको सेयरमा ९ लाख ६० हजार जना लगानीकर्ताहरूले सेयर हात पारेका छन् भने बाकिको हात खाली भएकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि साउन २६ गतेसम्म आईपीओ बिक्री गरेकाे थियाे । कम्पनीले १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ९३.३६ प्रतिशतले बढ्यो, अरु सुचक कस्ता ?

0

सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३६ प्रतिशतले बढी अर्थात २८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो कम्पनी साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर भएको बनेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १२६.४७ प्रतिशतले बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ३२ करोड १७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै यस कम्पनीको जगेडा कोषमा ३२ करोड ९४ लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा, प्रति शेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात ४६.३९ गुणा बढी रहेको छ ।

२० अङ्कले घट्यो सेयर बजार , १८५ कम्पनिका लगानिकर्ताले गुमाए

0

सेयर बजार आज २०.३१ अङ्कले घटेको छ । आज ०.९९ प्रतिसतले घट्दै सेयर बजार २०२५.१२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३४ कम्पनिको मुल्य बढेको छ भने १८५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ६७ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सनराइज फोकस्ड ईक्विटी फण्ड, बलेफी हाइड्रोपावर , स्वरोजगार लघुबित्त, थ्री स्टार हाइड्रोपावर, कुमारी धनब्रिद्धी योजना लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा माउन्टेन हाइड्रोपावर, श्वेत गीता हाइड्रो एन्ड कन्स्ट्रक्सन, धौलागिरी लघुबित्त, मिर्मिरे लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमालयन डिस्टिलरी , सोल्टी होटल ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , गोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

प्रभु इन्स्योरेन्सको खुद नाफा २४ करोड माथि, अन्य सुचक कस्ता?

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २९.७६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३३.२८ प्रतिशतले बढेर ६३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १९ करोड ९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २० लख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३ गुणा रहेको छ ।

सार्वजनिक यातायातको भाडा सरकारले बढायो, कहाँ जान कति रुपैयाँ लाग्छ ?

0

सार्वजनिक सवारी साधनको भाडा सरकारले फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेपछी साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

जारी सुचना अनुसार यात्रुवाहक सवारी साधनमा ४. ७० प्रतिशतले भाडा बढेको छ ।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार राती नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।

ब्याजदर बढ्ने सुचना बजारमा आएपछि ……

0

भाद्र महिनामा ब्याजदर बड्ने हल्ला बजारमा फैलिएपछी नेप्से सूचक घटेको छ । बजारमा बैंकहरुले ब्याजदर बढाउने सुचना फैलिएपछी यो समाचार पार्दासम्म बजार २३ अङ्कले घटिसकेको छ ।

बैंकहरुले साउन महिनादेखि ‘भद्र सहमती’ तोडेर राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रहेर आँफैले ब्याजदर तोक्न थालेका छन । भदौ महिनामा पनि आफू खुशी नै ब्याजदर तोक्ने र ब्याजदर बढ्ने भएपछी शेयर बजार ओरालो लागेको हो ।

शेयर बजार र ब्याजदरको जहिले पनि उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्न शेयर बजार घट्छ ।

साउन महिनाको अन्तिम दिन अर्थात भोलि वाणिज्य बैंकहरुले भदौं महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्ने तयारी गरेका छन् । केही बैंकले ब्याजदर उच्च तोक्ने र केहीले कम तोक्दा बैंकको आफुसँग भएको निक्षेप पनि अर्को बैंकमा जाने अवस्था आएपछी केही बैंकले वाध्य भएर बढी ब्याज तोक्न लागेका हुन ।

परिस्थितीमा परिवर्तन नभएमा वा केही नयाँ सहमती नभएमा भाद्रमा ब्याज बढ्ने आकलन गरिएको छ ।

एमएबि बैंकलेमुद्दती निक्षेपमा सर्वाधिक १०.९८ प्रतिशतसम्म ब्याज दिन्छ ।

अपर तामाकोशीको घाटा बढेर पौने ४ अर्ब पुग्यो, अझै केही बर्ष घाटामा जाने

0

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यवहोरेको छ। तर समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी भने कम्पनिले अघिल्लो बर्षको तुलनामा १४.२१ प्रतिसतले बढाएको हो ।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत मुल्य बढ्न गएको छ ।

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.४९ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३४.६७ रुपैयाँ रहेको छ।