सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३६ प्रतिशतले बढी अर्थात २८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो कम्पनी साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर भएको बनेको हो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १२६.४७ प्रतिशतले बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ३२ करोड १७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै यस कम्पनीको जगेडा कोषमा ३२ करोड ९४ लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा, प्रति शेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात ४६.३९ गुणा बढी रहेको छ ।