सार्वजनिक सवारी साधनको भाडा सरकारले फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेपछी साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
जारी सुचना अनुसार यात्रुवाहक सवारी साधनमा ४. ७० प्रतिशतले भाडा बढेको छ ।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार राती नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।