भाद्र महिनामा ब्याजदर बड्ने हल्ला बजारमा फैलिएपछी नेप्से सूचक घटेको छ । बजारमा बैंकहरुले ब्याजदर बढाउने सुचना फैलिएपछी यो समाचार पार्दासम्म बजार २३ अङ्कले घटिसकेको छ ।
बैंकहरुले साउन महिनादेखि ‘भद्र सहमती’ तोडेर राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रहेर आँफैले ब्याजदर तोक्न थालेका छन । भदौ महिनामा पनि आफू खुशी नै ब्याजदर तोक्ने र ब्याजदर बढ्ने भएपछी शेयर बजार ओरालो लागेको हो ।
शेयर बजार र ब्याजदरको जहिले पनि उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्न शेयर बजार घट्छ ।
साउन महिनाको अन्तिम दिन अर्थात भोलि वाणिज्य बैंकहरुले भदौं महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्ने तयारी गरेका छन् । केही बैंकले ब्याजदर उच्च तोक्ने र केहीले कम तोक्दा बैंकको आफुसँग भएको निक्षेप पनि अर्को बैंकमा जाने अवस्था आएपछी केही बैंकले वाध्य भएर बढी ब्याज तोक्न लागेका हुन ।
परिस्थितीमा परिवर्तन नभएमा वा केही नयाँ सहमती नभएमा भाद्रमा ब्याज बढ्ने आकलन गरिएको छ ।
एमएबि बैंकलेमुद्दती निक्षेपमा सर्वाधिक १०.९८ प्रतिशतसम्म ब्याज दिन्छ ।