19.5 C
Nepal
Tuesday, September 17, 2024

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजारले पाए सेयर- यसरी हेर्नुस् रिजल्ट

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीकाे आइपिओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना लगानीकर्ताहरूले आवेदन दिएकाकोमा १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्रै योग्य घोषित भएको थियो ।

गाेलाप्रथाद्वारा बाँडफाँड गरिएको सेयरमा ९ लाख ६० हजार जना लगानीकर्ताहरूले सेयर हात पारेका छन् भने बाकिको हात खाली भएकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि साउन २६ गतेसम्म आईपीओ बिक्री गरेकाे थियाे । कम्पनीले १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here