18.9 C
Nepal
Tuesday, September 17, 2024

भदौ महिनाका लागि १३ बैंकले ब्याजदर बढाए, हेर्नुस् कुन बाणिज्य बैंकको कती ब्याजदर

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ ब्याजदर हेर्दा १३ बैंकले ब्याजदर बढाएको देखिन्छ भने ४ बैंकले ब्याजदर घटाएका छन भने अन्यको यथावत रहेको देखिन्छ ।

ब्याजदर बढाउनेमा कुमारी बैंक जसले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा १०.०१ प्रतिसत ब्याजदर रहेकोमा भाद्रमा १०.८९६ बनाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले साउनमा ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ रहेकोमा भाद्रमा १०.८९६ बनाएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकको ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ रहेकोमा भाद्रमा १०.४ बनाएको छ ।

त्यस्तै सिटिजन बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.९९ दिएकोमा भाद्रमा बढाएर १०.८९६ बनाएको छ । त्यस्तै सानीमा बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५२ प्रतिसत ब्याजदर दिएकोमा भाद्र महिनामा बढाएर १०.८९६ प्रतिसत बनाएको छ । कृषि बिकास बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५१ प्रतिसत ब्याजदर दिएकोमा भाद्रमा १०.८९६ प्रतिसत ब्याज दिने भएको छ ।

एभरेस्ट बैंक र प्रभु बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५ प्रतिसत ब्याज दिएकोमा भाद्र महिनामा ब्याजदर बढाएर १० प्रतिसत पुर्याएको देखिन्छ ।

त्यस्तै सिद्धार्थ बैंकले ब्याक्तिगत मुद्धती निक्षेपमा साउनमा ९.५ ,माछापुछ्रे बैंकले ९ प्रतिसत , राष्ट्रिय बणिज्य बैंकले ८.९९ प्रतिसत दिएकोमा भाद्रमा ब्याजदर बढाएर समान ९.९९ प्रतिसत बनाएका छन ।

नेपाल बैंकले साउनमा ८.९९ प्रतिसत ब्याजदर दिएकोमा भाद्रमा बढाएर १०.८९६ प्रतिसत बनाएको छ ।

नयाँ ब्याजदर अनुसार अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ। कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले मुद्दति निक्षेपमा संस्थागत तर् अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने ब्याजदर घटाएका छन । एनएमबी , एनआइसी एसिया लगायतका बैंकले अघिल्लो महिना बढी ब्याज दर राखेर बजार बिगारेको भन्दै चर्को आलोचना भएको थियो । त्यसैले यो महिना तिनिहरुले ब्याज घटाएका हुन ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।

S.NoBank Name Interest rate (indiviual)Institiutional rate
1NMB Bank9.997.99
2Prime commercial10.58.5
3Nabil 10.498.49
4Kumari Bank 10.8968.896
5Global IME 10.8968.896
6Laxmi Sunrise 10.47.99
7Nepal SBI9.997.99
7Himalayan 9.997.99
8Citizen International10.8968.896
9Sanima 10.8968.896
10Agriculture Development10.8968.896
11Everest108
12Prabhu 108
13Siddhartha 9.997.99
14Maxapuxre9.997.49
15Rastriya Banijya 9.997.99
16Nepal Bank10.8968.896
17Standard Chartered8.926.92
19NIC Asia 10.8968.896
spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here