23.1 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 214

मिर्मिरे लघुवित्तको नाफा ६५%ले घट्यो

0

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो।

समीक्षा अवधिससम्म संस्थाको सञ्चालन मुनाफा ७१.२१ प्रतिशतले घटेर ७ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ४२ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २१.८१ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७१ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा ३ करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ८ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनिको रिजर्भ बढेर ३२ करोड २ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.३५ रुपैयाँ कायम भएको छ। पीई रेसियो ८४.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५५.८६ रुपैयाँ रहेको छ।

नेपाल टेलिकमको नाफा पौने ८ अर्ब माथि, नाफा र ईपियस दुबै घट्यो

0

नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म गत बर्षको तुलनामा ७.८६ प्रतिसतले कम अर्थात ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चौथो त्रैमासमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ र अन्य स्रोतबाट २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अबधिमा ईबीआईटीडीए २० अर्ब ११ करोड रुपैयाँ रहेको छ।

कम्पनीको रिजर्भको अघिल्लो बर्षको तुलनामा १.८६ प्रतिशतले घटेर ७५ अर्ब ८२ करोड रुपैयाँ भएको छ। गत वर्ष रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.३६ रुपैयाँ कायम भएको छ। पीई रेसियो २०.९२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ। ​

कालिञ्चोक दर्शनको नाफामा उछाल,अन्य सुचक कस्ता ?

0

कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ।

विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा २१३६.५६ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अन्य स्रोतबाट हुने आम्दानी बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको रिजर्भ १ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५.९६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।

राष्ट्र बैंकका १ सय ६१ कर्मचारी यौन दुर्व्यवहारमा-६० प्रतिशत कर्मचारी मानसिक उत्पीडनको शिकार

नेपाल राष्ट्र बैंकका कर्मचारीहरूमाथि यौन हिंसा हुने गरेको एक अध्ययनले देखाएको छ । नेआलको केन्द्रीय बैंकका १ सय ६१ कर्मचारी यौन तथा शारीरिक हिंसाको शिकार भएको तथ्य बाहिरिएको छ ।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले अध्ययन गरी सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदनले केन्द्रीय बैंकमा कार्यरत १४.८ प्रतिशत कर्मचारी यौन तथा शारीरिक उत्पीडन र ६० प्रतिशत कर्मचारी मानसिक उत्पीडनको शिकार भएको देखाएको छ।

राष्ट्र बैंकमा कार्यरत १ हजार ८२ जना कर्मचारी माथ मानव संशाधन व्यवस्थापन विभागले २०२२ मा उक्त अध्ययन गरेको थियो । ति कर्मचारीलाई बिभिन्न प्रश्नहरु तयार गरेर सोधिएको थियो , सोही प्रश्नको उत्तरलाई केलाउदा राष्ट्र बैंकमा हुने यौन तथा शारीरिक र मानसिक उत्पीडनको तथ्य बाहिर आएको हो।

प्रतिवेदनअनुसार राष्ट्र बैंकका १ हजार ८२ जना मध्ये १ सय ६१ जनाले यौन तथा शारीरिक हिंसाको सामना गर्नुपरेको छ। जसमध्ये ४७ जना कहिलेकही, १० जना प्राय: र १ सय ४ जना विरलै यौन तथा शारीरिक हिंसाको शिकार भएका हुन्। बाँकी कर्मचारीले यस्तो हिंसाको सामना कहिलै गर्नुनपरेको उल्लेख गरिएको छ।

यसैगरी केन्द्रीय बैंकमा कार्यरत कर्मचारीमध्ये ६ सय ४९ जना मानसिक उत्पीडनको शिकार भएको देखाएको छ। जसमध्ये १९ जना सधै, २ सय ६३ जना जना कहिलेकही, १९ जना प्राय: र ३ सय ४८ जना विरलै मानसिक उत्पीडनको परेको भनेका छन ।

यसको कारणबारे सोध्दा ८० प्रतिसत हाराहारिले यौन तथा शारीरिक र मानसिक उत्पीडनविरुद्ध नीति नभएर भनेका छन् भने ५५ प्रतिशतले राष्ट्र बैंकको कर्मचारी नीतिले मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई प्राथमिकतामा नराख्दा र ८० प्रतिशतले राष्ट्र बैंकले अहिले भएका नीतिलाई सुधार गर्नु पर्ने औल्याएका छ्न ।

ई-सेवाले पायो पब्लिक कम्पनी हुने अनुमति,को को छन सेयरधनी ?

0

नेपाल राष्ट्र बैंकले ई-सेवामा १० मुख्य सेयरधनी छनौट गर्दै पब्लिक कम्पनी हुन अनुमति प्रदान गरेको छ ।

कम्पनिले दुई महिना नै पब्लिक कम्पनी हुन राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दिएको निबेदन उपर कारबाही अगाडि बढाउदा उक्त निर्णय गरिएको हो ।

प्राप्त निवेदनमा उल्लेखित संस्थापकको ‘फिट एन्ड प्रपर टेस्ट’ तथा अन्य आबस्यक प्रक्रिया पूरा गरी पब्लिकमा जान अनुमती पाएको हो ।

पब्लिकमा जान ई-सेवाले पठाएका १० जना मध्ये पाँचजना एफ वानकै ठूला लगानीकर्ता हुन् भने पाँचजना एफवान स्थापना हुँदादेखिका कर्मचारी हुन्।

राष्ट्र बैंकले एफवान सफ्टबाट ई-सेवाको संस्थापक सेयरधनी बन्न अनुमति दिएका ठूला सेयरधनीमा विश्वास ढकाल, असगर अली, सम्भव सिरोहिया, सुवास शर्मा र सुभाष सापकोटा छन् भने बाँकी पाँच एफवानका पुराना कर्मचारी हुन्।

ई-सेवाको संस्थापक सेयर स्वामित्वमा विश्वास ढकालको ३५ प्रतिशत, असगर अली २५ प्रतिशत, सम्भव सिरोहिया २० प्रतिशत, सुभाष सापकोटो ५ प्रतिशत र सुवास शर्माको १० प्रतिशत तथा अन्य ६ कर्मचारीलाई भने बाँकी रहेको सेयरबाट दामासाहीमा सेयर स्वामित्वमा संस्थापक बन्ने गरी कागजातलाई सदर गर्दै पब्लिक कम्पनी हुन अनुमती दिएको हो ।

अब ई-सेवाले कम्पनी रजिस्ट्रारको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरिसकेपछी कम्पनी पब्लिक कम्पनिको नामले कार्य गर्न पाउनेछ । ईसेवाले आइपिओ ल्याउने गरी अघी बड्ने तयारी समेत गरेको छ ।

भदौमा ब्याजदर बढ्न सक्ने, केही बैंकको गलत अभ्यासको असर अर्थतन्त्रमा पर्दै

0

केही बैंकका अनुसार भदौमा ब्याजदर बड्ने भएको छ । ब्याजदर नबढाए आफुसँग भएको निक्षेप पनि गुम्ने अवस्था आएको भन्दै बैंकहरुले निक्षेप बढाउने तयारी अगाडि बढाएका हुन ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले साउनका लागि तोकिने ब्याजदरको बारेमा असार अन्तिम साता छलफल भएको थियो । छलफलमा तत्कालिन समयमा भएको ‘भद्र सहमति’ हटाएर राष्ट्र बैंकको नियम भित्र रहेर बैंकहरुले ब्याजदर घटाउने सहमती बन्यो । त्यसपछी सोही सहमती अनुसारन श्रावणका लागि बैंकहरुले ब्याजदर घटाएर तोके । तर केही बैंकले ब्याजदर घटाऊनुको सट्टा बढाएर ब्याजदर घटाऊने सहमती तोडेका थिए ।

” एनबीएका अध्यक्षले नेतृत्व गरेकै बैंकले ब्याजदर बढाएर बजारमा आतङ्क सिर्जना गर्यो । एक हिसाबले त्यो बैंकले साह्रो फट्याइँ गर्‍यो, एक बैंकले त सबै बैंकले बिहान प्रकाशित गरेको रेट हेरेर दिउँसो अरुभन्दा प्वाइन्ट १ बढाएर रेट प्रकाशित गर्यो । यो त हदैसम्मको वेइमानी भयो नि ।”- एक बैंकका सिईओले आर्थिक कागज सँग भने ।

हाल बजारमा तरलताको अभाब पनि छैन तर केही बैंकले गरेको गलत अभ्यासले अर्थतन्त्रमा नै असर पर्ने गरी ब्याजदर बढ्ने भएको हो । केही बैंकले आफ्नो फाईदा मात्र हेर्दा ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा ब्याजदर बढ्ने अवस्था सिर्जना भएको छ ।

अर्थतन्त्रलाई गलत दिशामा लान केही बैंक उध्दत रहेको देखिन्छ । आफ्नो फाईदा मात्र हेर्दा ब्याजदरको लिगलिगे दौड सुरु भएको छ , यसले भदौ मा ब्याजदर बड्ने देखिएको छ ।

अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ निकाल्न पाउने

0

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ ।

अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने ब्यबस्था उक्त सम्सोधित नियमावलिमा गरिएको छ।

अहिलेसम्म आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएर दुई वर्ष पुग्नु पर्ने व्यवस्था थियो , नियमावलिमा सम्सोधन भए सँङ्गै यो व्यबस्था हट्नेछ र तुरन्तै आइपिओ जारी गर्न पाउने ब्यबस्था लागु हुनेछ ।

३१ अङ्कले घट्यो सेयर बजार , हिमालयन डिस्टिलरीका लगानिकर्ताले सर्बाधिक गुमाए

0

सेयर बजार आज ३१.८० अङ्कले घटेको छ । आज १.५३ प्रतिसतले घट्दै सेयर बजार २०४५.४४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २० कम्पनिको मुल्य बढेको छ भने २०१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब १५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा ईमर्जिङ नेपाल ,नेपाल बैंक डिबेन्क्चर २०८७ , सिकल्स हाइड्रोपावर , एनआइबिएल ग्रोथ फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन डिस्टिलरी , थ्री स्टार हाइड्रोपावर , मोलुङ हाइड्रोपावर , इन्फिनिनिटी लघुबित्त , बुद्ध भुमी नेपाल हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमालयन डिस्टिलरी , सोल्टी होटल ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३६ प्रतिसतले घट्यो ,अन्य सुचक कस्तो ?

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ ।

कम्पनिले १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो।
समिक्षा अबधिमा कम्पनिले १० करोड ५० लाख रुपैयाँमात्रै नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको मुनाफा ३६.९६ प्रतिशतले घटेको हो।

समिक्षा अबधिमा कम्पनिको व्यवस्थापन खर्च ५०.५४ प्रतिशतले घटेको छ भने अभिकर्ता कमिसन ५७.२५ प्रतिशतले घटेर २८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४०.२९ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै जगेडा कोषको आकार ७.०१ प्रतिशतले बढेर ७४ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.१८ रुपैयाँले घटेर २.२४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेवटर्थ ११९.० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.७३ रुपैयाँ रहेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र प्रिमियम कलेक्सन दुबै घट्यो

0

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म ३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ कम्पनीले . कमाएको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४६.६६ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय २६.९५ प्रतिशतले घटेसँगै नाफामा संकुचन आएको हो। यो अवधिसम्म कम्पनीले ८७ करोड ८३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

कम्पनिले समिक्षा अबधिमा १ अर्ब १४ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेको छ।

कम्पनीले बीमा कोषको आकार भने १४.२१ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ भएको छ।

जगेडा कोषको आकारसमेत २६.१२ प्रतिशतले बढेर कोषमा ८९ करोड ५६ लाख रुपैयाँ सञ्चिति रहेको छ।

बीमा कोष र जगेडा कोषको आकार वृद्धि हुँदा महाविपत्ति कोषको आकार भने ९.५४ प्रतिशतले घटेर १३ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८४ रुपैयाँ कायम भएको छ।

यसका साथै कम्पनीको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) ४१.३१ गुणा, प्रतिसेयर नेटवर्थ २२५.९१ रुपैयाँ रहेको देखिन्छ ।