24.9 C
Nepal
Wednesday, April 30, 2025

नेपाल टेलिकमको नाफा पौने ८ अर्ब माथि, नाफा र ईपियस दुबै घट्यो

नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म गत बर्षको तुलनामा ७.८६ प्रतिसतले कम अर्थात ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चौथो त्रैमासमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ र अन्य स्रोतबाट २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अबधिमा ईबीआईटीडीए २० अर्ब ११ करोड रुपैयाँ रहेको छ।

कम्पनीको रिजर्भको अघिल्लो बर्षको तुलनामा १.८६ प्रतिशतले घटेर ७५ अर्ब ८२ करोड रुपैयाँ भएको छ। गत वर्ष रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.३६ रुपैयाँ कायम भएको छ। पीई रेसियो २०.९२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ। ​

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here