11.9 C
Nepal
Monday, January 13, 2025

मिर्मिरे लघुवित्तको नाफा ६५%ले घट्यो

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो।

समीक्षा अवधिससम्म संस्थाको सञ्चालन मुनाफा ७१.२१ प्रतिशतले घटेर ७ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ४२ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २१.८१ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७१ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा ३ करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ८ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनिको रिजर्भ बढेर ३२ करोड २ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.३५ रुपैयाँ कायम भएको छ। पीई रेसियो ८४.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५५.८६ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here