22.8 C
Nepal
Monday, February 10, 2025

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३६ प्रतिसतले घट्यो ,अन्य सुचक कस्तो ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ ।

कम्पनिले १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो।
समिक्षा अबधिमा कम्पनिले १० करोड ५० लाख रुपैयाँमात्रै नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको मुनाफा ३६.९६ प्रतिशतले घटेको हो।

समिक्षा अबधिमा कम्पनिको व्यवस्थापन खर्च ५०.५४ प्रतिशतले घटेको छ भने अभिकर्ता कमिसन ५७.२५ प्रतिशतले घटेर २८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४०.२९ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै जगेडा कोषको आकार ७.०१ प्रतिशतले बढेर ७४ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.१८ रुपैयाँले घटेर २.२४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेवटर्थ ११९.० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.७३ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here