19.9 C
Nepal
Sunday, September 28, 2025

प्रभु इन्स्योरेन्सको खुद नाफा २४ करोड माथि, अन्य सुचक कस्ता?

spot_imgspot_imgspot_img

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २९.७६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३३.२८ प्रतिशतले बढेर ६३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १९ करोड ९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २० लख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here