22 C
Nepal
Monday, February 17, 2025

कमिशन आउने मात्र काम नगर्न लगानीकर्ताको सेबोन अध्यक्षलाई चेतावनी

सेयर लगानीकर्ताले कुनै अध्ययन नगरि प्रिमियममा आइपिओ जारी गरी कमिसनमा लिप्त भएको आरोप सेबोन अध्यक्षमाथी लगाएका छन ।

पुजिबजारको बिकासको लागि काम गर्नु पर्नेमा अध्यक्षले कमिसन आउने मात्र काम गर्न थालेको भन्दै सेबोनको ध्यानाकर्षण गराउन गएका लगानिकर्ताले संस्थागत लगानीकर्ताको हस्तक्षेप बढाएर लैजानुपर्ने बताए ।

लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताको हित र पूँजी बजार सुधार र बिस्तारको काम गर्दा कमिशन नआउने भएकाले त्यस्ता कामहरुमा ढिलाई भएको भन्दै कमिशन आउने मात्र काम नगर्न सेबोन अध्यक्षलाई खबरदारी गरे ।

कोइरालाले भने, हामी लगानीकर्ता कमिशन दिन सक्दैनौ भन्दैमा पूँजी बजार बिस्तारको काम रोक्नु भएन, बजारलाई बलियो बनाएर लैजान गर्नुपर्ने काम तत्काल गर्नुपर्यो ।

बजारमा आपुर्ति मात्र बढाउने तर माग बढाउने काम फिटिक्कै नगर्ने प्रबृत्तिले पूँजी बजारमा गंभीर संकट ल्याउने चेतावनी कोइरालाको थियो ।

सेबोनको कार्यालय घेराउ गर्ने कार्यमा लगानिकर्ताको सहभागी सङ्ख्या एकदमै न्युन रहेको थियो तर प्रहरीहरु भने ब्यापक रुपमा परिचालन गरिएका थिए । लगानीकर्ताको सङ्ख्या कम देखेपछी सेबोन अध्यक्षले लगानिकर्ताको माग प्रती खासै ख्याल दिएको देखिएन साथै उनले लगानिकर्तासङ्ग कुराकारी पनि गरेनन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here