36 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 269

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

0

सर्वोच्च अदालतले गत हप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न दुवै पक्षलाई २६ गतेका लागि झिकाएको छ ।

राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी र बालकृष्ण नेउपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उद्धृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उद्धृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणीकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए ।

संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात् ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर उनले त्यसलाई प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याएर राखेकी थिइन् ।

नेप्सेमा छायो हरियाली, बजार १९०० माथि

0

सेयर बजारमा साताको पहिलो दिन आइतबार हरियाली छाएको छ।

सरकारले पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर हुने बताएपछी लगानीकर्ताको मनोबल उच्च भइ नेप्सेमा हरियाली छाएको हो। बजार ५३.०३ अंकले बढेर १९१९.३७ को विन्दुले उकालो लागेको छ। राम्रा कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेर ३६५.१० को विन्दुमा छ। कारोबार १ अर्ब ६५ करोड रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.३७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.५४ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ३.९३ प्रतिशत, बैंकिङ समूहमा १.४५ प्रतिशत, विकास बैंक समूहमा ३.४७ प्रतिशत, वित्त समूहमा ३.४४ प्रतिशत, लगानी समूहमा २.५१ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३० प्रतिशत, लघुवित्त समूहमा २.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा ३.२० प्रतिशत र व्यापार समूहमा ३.८४ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ४५ लाख ५७ हजार १६९ कम्पनीका १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१.५७ रुपैयाँको कारोबार भएको छ।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ८ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड २१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २५ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ३ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २७ लाख रुपैयाँ, निफ्राको ३ करोड २१ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको ३ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशत तथा सामुदायिक लघुवित्त, सोल्टी होटेल र तारागाउँ रिजेन्सी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। महुली लघुवित्तको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुविको सेयरभाउ १ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

स्वीडेनमा यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै

0

संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।

सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ । यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ ।

हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा

स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।

हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ ।

युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ ।

आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।

के हो सेक्सुअल ओरिएन्टेसन ?

फरक–फरक मानिसहरुले छुट्टा–छ्ट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसूस गर्न सक्दछन् ।

यसमा अधिकांश विपरीत लिंगीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिंगको व्यक्तिसँग वा दुवै लिंगका व्यक्तिसँग पनि आकर्षित हुन्छन् ।

सेक्स च्याम्पियनसीपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रुपमा स्थापित गर्ने दाबी गरिएको छ ।

–एजेन्सी

रु. १७००ले सस्तियो सुन

0

साताको पहिलो दिन आइतबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेसहित तीन दलले गरे संसद अवरोध

नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्।

आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ ।

प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।

लगानिकर्ताले लगाएको ताला फुटाएर सेयर कारोबार सुरु गरिने

0

सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि दुई पक्षबिच सहमती भएको छ। सहमती भाईसकेको र लगाएको ताला आन्दोलनरत लगानिकर्तासङै भएपछी ताला फुटाएर कारोबार सुचारु गरिने भएको छ ।
लगानिकर्ताले पनि फुटाएर कारोबार सुरु गर्न सहमती दिएका छन ।

अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्षमा पुगेसँगै लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा आफूहरुले लगाएको ताला फुटाएर दैनिक कामकारबाही अगाडि बढाउन आग्रह गरेका हुन्। ‘ब्रोकर कार्यालयहरुमा लगाएको तालाको चाबी हामीसँगै छ, त्यसैले फुटाएर काम सुचारु गर्न हामीले ब्रोकर सञ्चालकहरुलाई भनेका छौँ’, छलफलमा सहभागी एक लगानीकर्ताका नेताले बताए।

आर्थिक विधेयकको २९ नं. बुँदा खारेज गर्न र साबिकको पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्न माग गर्दै गत बिहीबारदेखि आन्दोलनरत लगानिकर्ताले आज कारोबार सुरु हुनुअगावै सबै ब्रोकर हाउसमा ताला लगाएका थिए।

अर्थ मन्त्रालयमा भएको छलफलपछि आन्तरिक राजस्व विभागले साबिकको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने सूचना जारी गरेपछि लगानीकर्ता उत्साहित बनेका छन्।

सेयर बजार साबिकको ५% र ७.५% पुँजीगत लाभकर अन्तिम कर हो : अर्थ मन्त्री

अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेको छ।

आज आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच अर्थ मन्त्रालयमा भएको छलफलपछि सूचना जारी स्पष्ट पारिएको छ। अर्थद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ।’

यसअघि आन्तरिक राजश्व विभागले घुमाउरो भाषा प्रयोग गर्दै अलमलको स्थिती सिर्जना भएको थियो । कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो।

लगानीकर्ताहरुले ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने जोडदार माग गर्दै आएका उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका थिए।

सबै ब्रोकरमा ताला लाग्यो, कारोबार प्रणाली भने खुल्ला

0

काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा आन्दोलनरत लगानिकर्ताले तालाबन्दी गरेका छन । समस्या समाधानका लागि आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल भइरहेको छ । कार्यालयमा तालाबन्दी भएनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। तर सेयर कारोबार नगण्य मात्रामा भइरहेको छ ।

गत बिहीबारदेखि लगानिकर्ता पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन । सरकारले आफूहरुलाई आयकरको दायरामा ल्याउन खोज्न गलत भएको उनीहरुको भनाइ छ।

आन्दोलनरत लगानीकर्ताले आर्थिक विधेयक २०८०मा ल्याइएको करसम्बन्धी बुँदा नं. २९ खारेज हुनुपर्ने एकसूत्रीय माग राखेका छन्। उनीहरुले आज बिहानैदेखि कारोबार रोक्ने भन्दै ५० वटै ब्रोकर हाउसमा ताला पनि लगाए। तर, नेप्सेले भने कारोबार प्रणाली बन्द गरेको छैन।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली माथिबाट आदेश नआईकन नेप्सेले कारोबार प्रणाली बन्द गर्न नमिल्ने बताए।सो कुराको जानकारी लगानिकर्तालाई बिहीवार नै बताएका थियौ ,उनले भने ।

अदालतमा बालकृष्ण खाँणको जिकिर – आङटावालाई बयान बदल्न मेरो भूमिका छैन

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुली गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका हुन ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरु हुनु अघी भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका छन । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

उनले भनेका छन – ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

अनुसन्धान अधिकृतहरुले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन कीर्ते गरेर ठगी गरिएको निष्कर्ष निकालेका छन् । खाँणको पालामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले कीर्ते गरेको अधिकृतहरुको निष्कर्ष छ । तर, खाँणले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरु सम्बन्धमा मलाई कुनै जानकारी भएन’, खाँणले भने ।

६१ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

0

गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक लाइसेन्सको नतिजा प्रकाशित भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक अनुतिर्ण भएका हुन । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको छ ।

कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए ।

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।