14.8 C
Nepal
Thursday, October 24, 2024

लगानिकर्ताले लगाएको ताला फुटाएर सेयर कारोबार सुरु गरिने

सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि दुई पक्षबिच सहमती भएको छ। सहमती भाईसकेको र लगाएको ताला आन्दोलनरत लगानिकर्तासङै भएपछी ताला फुटाएर कारोबार सुचारु गरिने भएको छ ।
लगानिकर्ताले पनि फुटाएर कारोबार सुरु गर्न सहमती दिएका छन ।

अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्षमा पुगेसँगै लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा आफूहरुले लगाएको ताला फुटाएर दैनिक कामकारबाही अगाडि बढाउन आग्रह गरेका हुन्। ‘ब्रोकर कार्यालयहरुमा लगाएको तालाको चाबी हामीसँगै छ, त्यसैले फुटाएर काम सुचारु गर्न हामीले ब्रोकर सञ्चालकहरुलाई भनेका छौँ’, छलफलमा सहभागी एक लगानीकर्ताका नेताले बताए।

आर्थिक विधेयकको २९ नं. बुँदा खारेज गर्न र साबिकको पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्न माग गर्दै गत बिहीबारदेखि आन्दोलनरत लगानिकर्ताले आज कारोबार सुरु हुनुअगावै सबै ब्रोकर हाउसमा ताला लगाएका थिए।

अर्थ मन्त्रालयमा भएको छलफलपछि आन्तरिक राजस्व विभागले साबिकको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने सूचना जारी गरेपछि लगानीकर्ता उत्साहित बनेका छन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here