14.8 C
Nepal
Thursday, October 24, 2024

सबै ब्रोकरमा ताला लाग्यो, कारोबार प्रणाली भने खुल्ला

काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा आन्दोलनरत लगानिकर्ताले तालाबन्दी गरेका छन । समस्या समाधानका लागि आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल भइरहेको छ । कार्यालयमा तालाबन्दी भएनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। तर सेयर कारोबार नगण्य मात्रामा भइरहेको छ ।

गत बिहीबारदेखि लगानिकर्ता पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन । सरकारले आफूहरुलाई आयकरको दायरामा ल्याउन खोज्न गलत भएको उनीहरुको भनाइ छ।

आन्दोलनरत लगानीकर्ताले आर्थिक विधेयक २०८०मा ल्याइएको करसम्बन्धी बुँदा नं. २९ खारेज हुनुपर्ने एकसूत्रीय माग राखेका छन्। उनीहरुले आज बिहानैदेखि कारोबार रोक्ने भन्दै ५० वटै ब्रोकर हाउसमा ताला पनि लगाए। तर, नेप्सेले भने कारोबार प्रणाली बन्द गरेको छैन।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली माथिबाट आदेश नआईकन नेप्सेले कारोबार प्रणाली बन्द गर्न नमिल्ने बताए।सो कुराको जानकारी लगानिकर्तालाई बिहीवार नै बताएका थियौ ,उनले भने ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here