14.8 C
Nepal
Thursday, October 24, 2024

६१ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक लाइसेन्सको नतिजा प्रकाशित भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक अनुतिर्ण भएका हुन । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको छ ।

कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताए ।

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here