14.8 C
Nepal
Thursday, October 24, 2024

सेयर बजार साबिकको ५% र ७.५% पुँजीगत लाभकर अन्तिम कर हो : अर्थ मन्त्री

अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेको छ।

आज आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच अर्थ मन्त्रालयमा भएको छलफलपछि सूचना जारी स्पष्ट पारिएको छ। अर्थद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ।’

यसअघि आन्तरिक राजश्व विभागले घुमाउरो भाषा प्रयोग गर्दै अलमलको स्थिती सिर्जना भएको थियो । कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो।

लगानीकर्ताहरुले ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने जोडदार माग गर्दै आएका उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका थिए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here