36 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 268

सेयर लगानीकर्ताको एउटै ‘महासंघ’ खोलिने – अनलाइन भोटिङबाट नेत्रित्व

एउटै ‘महासंघ’को अभाबमा लगानिकर्ताको माग सुनुवाईमा समस्या भएको भन्दै सेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ।

काठमाण्डौको कमलपोखरीमा सोमबार भएको लगानीकर्ताको भेलाले महासंघ गठनको प्रक्रिया अगाडि बढेको छ। सो कामका लागि छलफल र वार्ता गर्न समिति गठन गरिएको छ।

सक्रिय लगानीकर्ता तिलक कोइरालाका अनुसार रोहन कार्कीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाईं छन्।

समितिले महासंघ गठनका लागि हाल दर्ता रहे र नरहेका लगानीकर्ताका संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता गर्नेछ।

महासंघ निर्माणका लागि सबै संघसंस्थाका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको कोइरालाले जानकारी दिए।

माओवादीले आज कोशी प्रदेश सरकार छाड्ने

0

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ ।

कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल पनि अघि बढाउने बताए ।

नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

रिडी पावरले ५० % हकप्रद सेयर जारी गर्ने

0

रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज (सोमबार) बसेको बैठकले आउँदो असार ८ गतेका लागि विशेष साधारणसभा डाकेको हो।

विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लगानिको अबसर : हकपद जारी गर्दै यि सात कम्पनी ,हेर्नुस् पुरा जानकारी

0

विभिन्न ७ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा रहेका छन् । ७ वटा कम्पनीमध्ये ४ वटा हाइड्राेपावर, एउटा फाइनान्स कम्पनी र एउटा विकास बैंक रहेकाे छ । तलका सबै कम्पनिहरु हकपद जारी गर्न प्रकृयारत छन । प्रकृयारत भन्नाले नियामक निकाय जस्तै नेपाल धितोपत्र बोर्डमा हकपद जारिका लागि निबेदन दिएका हुन ।
हकप्रद निष्कासनका लागि तयारी अवस्थाको कम्पनीहरूकाे विवरण तल दिईएको छ :
१. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ३५% अर्थात् १:०.३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे छ ।

२. अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेड
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन प्रकृयारत छ ।
३. अरुण काबेली पावर कम्पनी लिमिटेड
अरुण काबेली पावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न निष्कासन प्रकृयारत छ । ।
४. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रकृयारत छ ।
५. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रकृयारत छ ।
६. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे ।
७. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १:०.४० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न चैत्र ६ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

घट्यो नेप्से – अब के होला (प्राबिधिक बिस्लेषण)

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय १ दशमलव ९९ मा सीमित भएको छ ।आज नेप्से ०.९१ प्रतिसतले घटेको हो ।

आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।

आज ४६ कम्पनिको मुल्य बढेको छ भने १६६ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्से बोल्लिङर ब्यान्डको माथिल्लो रेखालाई नजिकैबाट तल जान खोजेको छ । बजारमा आज रिभर्सल क्यान्डल बनेको छ जसको कारण बजारमा सतर्क हुनुपर्ने देखिन्छ । सामान्यतया बजार माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएमा कम्तिमा मध्य रेखासम्म तल झर्ने र मध्य रेखालाई सपोर्ट बनाउन खोज्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु हिजोको जस्तै छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ५२ को बिन्दुमा रहेको छ । आज यसले स्ट्रेन्थ गुमाएको देख्न सकिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०७ दोश्रो सपोर्ट १७७९ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८७८ मा छ । बजार बढेमा पहिलो प्रतिरोध १९४९ र दोश्रो प्रतिरोध २०४९मा रहेको देखिन्छ ।बजारले पिभोट पोइन्टलाई रेसिस्टेन्ट बनाएर फर्किएको छ त्यसैले बजार पहिलो सपोर्टसम्म आउन सक्ने देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

नेपालको भूमि भारतीयलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन : एमाले

नेकपा एमालेले नेपालको भूमि भारतीयलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै प्राधानमन्त्रीको बिरोध गरेका छन् । प्रधानमन्त्रीले लिपुलेक कालापानी लगायतका भुभाग समुद्रसम्म पुग्ने बाटो सङ्ग साट्ने कुरा गरेसी उनले उक्त कुराको बिरोध गरेका हुन ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए ।

लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’

प्रधानमन्त्रीले संसदमा खोजे ओली र देउवा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका छन् ।

भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रचिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए । उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’

उनी बोल्दाबोल्दै ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।

सन्दीप आज दक्षिण अफ्रिका जाँदै

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित तथा सर्बाधिक सफल खेलाडी सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने भएका छन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ ।

बलात्कार आरोपमा जिल्ला अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, खेललाई मध्यनजर गर्दै पेशी २९ असारमासम्मलाई सारीएपछी उनी आज (सोमबार) प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जान लागेका हुन ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

पाल्पा जिप दुर्घटना हुँदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

0

पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।

आइतबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।

उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन् ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ । उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ ।

यस्तै अर्घाखाँचीको पाणिनी-१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ ।

यस्तै पाणिनी-१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतम बुटवल चौराहा अस्पतालमा उपचाररत छन् ।

एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

0

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले
पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।
१० बुँदे मागसहित एक महिना अघी सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताए ।

‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भने, ‘तर हाम्रा सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीले गुनासो गरे ।

राजीनामा दिएका नेता कार्यकर्ताहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए ।

१० बुँदे माग सम्बोधन भए पार्टीमा फर्किने सम्भावना भएको पनि बताए ।
भण्डारीसहितका पूर्वमाओवादी नेता कार्यकर्तालाई एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलमा पार्टीमा प्रवेश गराइएको थियो ।