14.8 C
Nepal
Thursday, October 24, 2024

लगानिको अबसर : हकपद जारी गर्दै यि सात कम्पनी ,हेर्नुस् पुरा जानकारी

विभिन्न ७ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा रहेका छन् । ७ वटा कम्पनीमध्ये ४ वटा हाइड्राेपावर, एउटा फाइनान्स कम्पनी र एउटा विकास बैंक रहेकाे छ । तलका सबै कम्पनिहरु हकपद जारी गर्न प्रकृयारत छन । प्रकृयारत भन्नाले नियामक निकाय जस्तै नेपाल धितोपत्र बोर्डमा हकपद जारिका लागि निबेदन दिएका हुन ।
हकप्रद निष्कासनका लागि तयारी अवस्थाको कम्पनीहरूकाे विवरण तल दिईएको छ :
१. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ३५% अर्थात् १:०.३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे छ ।

२. अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेड
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन प्रकृयारत छ ।
३. अरुण काबेली पावर कम्पनी लिमिटेड
अरुण काबेली पावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न निष्कासन प्रकृयारत छ । ।
४. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रकृयारत छ ।
५. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रकृयारत छ ।
६. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे ।
७. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १:०.४० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न चैत्र ६ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here