साताको पहिलो दिन आइतबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ।