14.8 C
Nepal
Thursday, October 24, 2024

अदालतमा बालकृष्ण खाँणको जिकिर – आङटावालाई बयान बदल्न मेरो भूमिका छैन

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुली गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका हुन ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरु हुनु अघी भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका छन । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

उनले भनेका छन – ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

अनुसन्धान अधिकृतहरुले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन कीर्ते गरेर ठगी गरिएको निष्कर्ष निकालेका छन् । खाँणको पालामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले कीर्ते गरेको अधिकृतहरुको निष्कर्ष छ । तर, खाँणले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरु सम्बन्धमा मलाई कुनै जानकारी भएन’, खाँणले भने ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here