32.6 C
Nepal
Sunday, April 19, 2026
Home Blog Page 270

टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, प्रचण्डसङ्ग नि कुरा भएको थियो

भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार रहेको भनेका छन् ।

उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भन्दै आफू कहाँ आएर कुरा राखेको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

उक्त भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भनेर प्रस्ट कुरा प्रचन्डसँग राखेको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’

यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ ।

त्यसपछि आफूहरु उनीहरुले भने जस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

नेपाललाई भारतले १५ वटा मुर्रा भैंसी दिने

0

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ ।

‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनरत लगानीकर्ताले संगठनसङ्गको सहमित नमान्ने, माइतीघरमा ११ बजे भेला

0

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सहित आन्दोलन नरोकिने भएको छ। आज लगानीकर्ताले माइतीघरमा कार्यक्रम राखेका छन्। आन्दोलनमा रहेका लगानीकर्ताहरुले ११ बजे माइतिघरमा भेला हुन अनुरोध गरिएको छ।

आन्तरिक राजस्व विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर रहेको बताएपनि विज्ञप्तिमा प्रयोग भएको शब्दावली ब्यबसायिक रुपमा नभै भनेर कुरा घुमाएको र पछी त्यही शब्दको आधारमा फसाउने नियत देखिएको भन्दै आन्दोलन जारी राख्ने भएका हुन ।

अहिलेको आन्दोलनको नेतृत्व गरेका तिलक कोइरालाले आफ्नो सामाजिक संजालमा लेख्दै आफुहरुलाई दिनदिनै झुक्याउने बक्तब्यको ओईरो लागेको तर बजेट बक्तब्य र आर्थिक विधेयक संशोधन नभएसम्म आन्दोलन नरोकिने र आईतबार टीएमएस बन्द गर्ने भन्दै आक्रोश पोखेका थिए।

उता आन्तरिक राजस्व विभागले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतको उपस्थितीमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति गर्यो र सोहि अनुसार बिहिबार साँझ विज्ञप्ति जारी गर्यो ।
तर लगानिकर्ताहरु भने आफ्नो माग पुरा नभएको र नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन । साथै आफुले अरु कोही सङ्ग गरेको सहमती नमान्ने समेत बताएका छन ।

आजको रासिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि बिग्रेको परिस्थिति सप्रियो : प्रधानमन्त्री प्रचण्ड

0

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

आज केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे भारतका प्रम मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण कुरा हो भने । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।

“पटके” भन्नाले “प्राकृतिक व्यक्ति” बुझ्ने भनेर सहमति

0

“पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति भएकाे छ । हिजाे आन्तरिक राजस्व विभागले नियमित र पटके भनेर सूचना जारी गरेपछि यसकाे मतलव के हाे भनेर लगानीकर्ताहरूमा एक किसिमकाे अन्याैलता भएकाे थियाे ।

साे विषयमा आज लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधीहरू र आन्तरिक राजस्व विभागका अधिकृतहरूबीच छलफल भएको थियो ।

विभागका डि. जि. दिर्घ मैनालीसहित अन्य अधिकृतहरु समेतको उपस्थितिमा भएको छलफलमा अब “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति शब्द” राखिने सहमति भएको छ ।
छलफलमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

हिजाे आन्तरिक राजस्व विभागले के भनेको थियाे ? हेर्नुस्

“आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न संचारमाध्यमवाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा जारी संयुक्त प्रेश विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ। नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा सावि बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।”

नेप्सेमा दोहोरो अंकको वृद्धि

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको घटेको नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकमा बन्द भएको छ ।

बजेटको अघिल्लो दिन १७.३५ अंकले घटेको नेप्से १५ जेठमा बजेट वक्व्य सार्वजनिक भएपछि १६ जेठ र १७ जेठमा क्रमशः ५३.१६ अंक र ३८.८२ अंकले घटेको थियो । बजेटपछि कारोबारमा १०९.३३ अंकले घटेको थियो । त्यसअगाडि कारोबार भएको लगातार ७ दिनसम्म नेप्से कुल १४० अंकले बढेको थियो ।

बिहीबार भने सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, आज भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाख छ । २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ ।

यता सनराइज फोकस इक्वीटी फण्डको इकाइ मूल्य ६ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत र माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको छ ।

‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि गर्नुस्,म हत्कडी लाएर जेल जान तयार छु : झलनाथ खनाल

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । साथै उनले आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् ।

‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लाउन तयार छु’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।

आफ्नो राजनीतिक जीवन ६० वर्षको पुगेको भन्दै खनालले यस अवधिमा कुनै आपराधिक सोच नराखेको बताए । ‘मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन’ उनले भने ।

सर्लाहीमा सर्पले टोकेको औषधिको रुपमा प्रयोग गर्ने एन्टी स्नेक भेनम बनाउन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट अनुदान लिएको थियो । तर खनालले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

खनालले सर्लाहीमा सर्प फार्मको योजनामा आफ्नो नाम कसरी जोडियो भन्नेबारे पनि प्रष्टीकरण दिएका छन् ।

भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्ने बताएका खनालले केही हल्ला मेरा बारेमा पनि चलेको भन्दै ‘सर्पकाण्ड’ बारे व्याख्या गरेका थिए ।

खनाल २०७० सालमा नेकपा एमालेको अध्यक्ष थिए र संविधानभाको चुनावमा सर्लाही–१ बाट उम्मेदवार बनेका थिए । चुनावी अभियानका क्रममा एउटा घरमा पुग्दा ९÷१० वर्षका बालक आँगनमा मृत अवस्थामा देखेको र बाबु आमा छाती पिटीपिटी रोइरहेको आफूले देखेपछि भावविह्वल भएको बताए ।

सर्पले टोकेर बालकको मृत्यु भएको उक्त घटनापछि आफूले सर्लाहीका एमाले नेताहरुलाई बोलाएर सर्पदंशको समस्याबारे सोधेका थिए ।

त्यतिबेला जिल्लाका नेताहरुले सर्लाही नेपालमा सबैभन्दा धेरै सर्प पाइने जिल्ला भएको र सर्पले टोकेर धेरैको ज्यान गएको जानकारी गराएका खनालले बताए । सर्पले टोकेपछि तत्कालै एन्टीस्नेक भेनम दिन सकेमा मात्र मान्छे बचाउन सकिने नभए मृत्यु हुने पनि जानकारी पाएको भन्दै खनालले त्यसपछि आफूले स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरुसँग कुरा गरेको बताए ।

‘त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रुपमा हामीले के गर्न सकिन्छ प्रस्ताव अगाडि सार्नुस् म अगाडि बढाउँछु भनेँ’, खनालले भने, ‘त्यसपछि उहाँहरुले प्रस्ताव बनाउनुभयो । सर्पको भेनम निकाल्न सर्पकै विष निकाल्नुपर्छ । त्यसपछि घोडामा चेक गरिन्छ, त्यसलाई प्रशोधन गरेर भेनम बनाइने रहेछ ।’

त्यसका लागि सर्पफार्म, घोडाफार्म र भेनमको कारखाना बनाउनुपर्ने प्रस्ताव आएको उनले बताए । त्यसपछि सर्लाहीको टोलीले एउटा संस्था बनाउने भनेर आफूसँग भेट गरेको खनालको भनाइ छ ।

‘तपाईकै सोचविचारको उपज भएकाले, हामी झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौं त्यसमार्फत सरकारसँग कोल्याबरेसन गर्छौं, नाम राख्ने स्वीकृति दिनुप¥यो भन्न आउनुभयो’ खनालले भने ।

आफूले आनाकानी गर्दा पनि केही फरक पर्दैन भनेर विश्वास दिलाएपछि आफ्नो नाम राख्न अनुमति दिएको उनले बताए ।

‘मैले मेरो नाम राख्ने अनुमति जस्ट यत्ति दिएको हो । यसमा मेरो संलग्नता छैन, न म्यानेजमेन्टमा संलग्नता, न आर्थिक संलग्नता, खाली मेरौ नैतिक रुपमा संलग्नता मात्र हो’ उनले भने, ‘खाली नेपालमा यस्तो उद्यम बनोस्, भेनम बनोस्, नेपाली जनताले सेवा प्राप्त गरुन् मेरो चाहना हो ।’

पछि उक्त संस्थालाई प्रदेश सरकारले १२–१५ करोड रुपैयाँ दिएको थाहा पाएको भन्दै खनालले ७२ करोड लिएर झलनाथले क्वाप्पै खायो भनेर हल्ला चलाइएको बताए ।

‘केही मुठ्ठीभरका साइबर स्यालहरु छन् । तिनीहरुले यो प्रचार गर्छन्’ उनले भने, ‘तिनीहरुको काम अरु छैन कि, मेरो इन्टरभ्यू आएपछि तल (सामाजिक सञ्जालको कमेन्टमा आलोचना) थालिहाल्छन् ।’

नेपालबाट समुद्रसम्म पानी जहाज चलाउन बाटो खुल्यो

0

नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

प्रचण्डले मोदीसङ्ग ईपीजी रिपोर्टबारे कुरै उठाएनन,केही कुरा भएन : भारतीय विदेश सचिव

0

हैदरबाद हाउसमा भएको भेटमा नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको भारतीय विदेश सचिवले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो । साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।

सात सहमति तथा सम्झौता आदान प्रदान गर्दै दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे।

तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे कुराकानी भयो भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।

जवाफमा उनले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको कुराकानीमा ईपीजीसँगै अग्निपथ योजनाबारे कुराकानी नभएको बताए ।

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले सहमतिमा तयार पारेको रिपोर्ट पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन अहिलेसम्म बुझेका छैनन् ।