14.8 C
Nepal
Thursday, October 24, 2024

मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि बिग्रेको परिस्थिति सप्रियो : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

आज केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे भारतका प्रम मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण कुरा हो भने । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here