14.8 C
Nepal
Thursday, October 24, 2024

आन्दोलनरत लगानीकर्ताले संगठनसङ्गको सहमित नमान्ने, माइतीघरमा ११ बजे भेला

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सहित आन्दोलन नरोकिने भएको छ। आज लगानीकर्ताले माइतीघरमा कार्यक्रम राखेका छन्। आन्दोलनमा रहेका लगानीकर्ताहरुले ११ बजे माइतिघरमा भेला हुन अनुरोध गरिएको छ।

आन्तरिक राजस्व विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर रहेको बताएपनि विज्ञप्तिमा प्रयोग भएको शब्दावली ब्यबसायिक रुपमा नभै भनेर कुरा घुमाएको र पछी त्यही शब्दको आधारमा फसाउने नियत देखिएको भन्दै आन्दोलन जारी राख्ने भएका हुन ।

अहिलेको आन्दोलनको नेतृत्व गरेका तिलक कोइरालाले आफ्नो सामाजिक संजालमा लेख्दै आफुहरुलाई दिनदिनै झुक्याउने बक्तब्यको ओईरो लागेको तर बजेट बक्तब्य र आर्थिक विधेयक संशोधन नभएसम्म आन्दोलन नरोकिने र आईतबार टीएमएस बन्द गर्ने भन्दै आक्रोश पोखेका थिए।

उता आन्तरिक राजस्व विभागले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतको उपस्थितीमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति गर्यो र सोहि अनुसार बिहिबार साँझ विज्ञप्ति जारी गर्यो ।
तर लगानिकर्ताहरु भने आफ्नो माग पुरा नभएको र नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन । साथै आफुले अरु कोही सङ्ग गरेको सहमती नमान्ने समेत बताएका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here