27.6 C
Nepal
Sunday, April 19, 2026
Home Blog Page 271

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रम मोदीबीच भेटवार्ता

0

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

अब आलु, प्याज र स्याउमा पनि भ्याट लाग्ने,मुल्य १३ प्रतिशत बढ्ने

0

नेपाल सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निस्चित भएको छ । यो सङ्गै केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ ।

तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।

त्यस्तै फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुँगो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअनुसार कफी र किसमिसमा पनि भ्याट लागु गरिएको छ ।

साथै फ्रोजन मासु तथा माछामा पनि भ्याट लाग्ने बनाइएको छ ।डिजेल र पेट्रोल, मट्टीतेलमा पनि कर लाग्नेछ । अब ऊन, धागोलगायत वस्तुमा पनि भ्याट लाग्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ ।

यसरी आधारभूत कृषि उत्पादनमा भ्याट लागु भएपछि ती वस्तुहरु न्यूनतम् १३ प्रतिशतले महँगो हुनेछन् । भ्याट लाग्ने वस्तुको मूल्य तत्कालै १३ प्रतिशतले बढ्ने छ ।

५० लाखसम्मको कारोबार गर्नेहरु भ्याटमा जानु नपर्ने भएकाले यो व्यवस्थाले नेपालका साना किसानलाई फाइदा पुग्नेछ ।

यसअघि भ्याट छुट दिइएका कृषिमा प्रयोग हुने सेमी ट्रेलर र ट्याक्टरमा पनि भ्याट लगाइको छ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटर, कमोड चियर, फर्निचर र तिनका पार्टपूर्जाहरू, वाकरमा समेत भ्याट लाग्ने बनाइएको छ ।

हवाई यात्रामा भ्याट लगाइएकाले त्यो पनि महँगो हुन सक्नेछ । तर, हवाई कम्पनीहरु भ्याटमा दर्ता हुने भएकाले कर फिर्ता लिन पाउँछन् । ढुवानी साधनको भाडा र ढुवानी सेवामा पनि भ्याट लाग्नेछ ।

किसानले उत्पादन गरेको, साना व्यवसायीले बेचेको तरकारी फलफूलमा भ्याट लाग्दैन तर ५० लाख भन्दा माथिको कारोबार हुन्छ भने भ्याट तिर्नुपर्छ ।

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

0

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च  एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयरबाट करोडौं कमाउनेले कर पनि तिर्नुपर्छ , यसै छोड्न सकिदैन

0

अर्थतन्त्रमा समस्या छ । समस्यालाई स्वीकार गरेर अब अगाडि बढ्नुपर्छ । समस्या एक वर्षमा मात्र आएको होइन । लामो समयदेखि समस्या थपिएका हुन् । समस्या स्वीकार गरेर त्यो विन्दुबाट अगाडि गयौं भने हामीले अफ्ठ्याराहरुलाई हटाउँदै जान्छौं ।

समस्यालाई स्वीकार गर्न सकेनौं भने समस्या थपिदै जान्छन्, घट्दैनन् । समय हामीसँग कम थियो । धेरै गृहकार्य गर्न सकनौं । त्यसको बाबजुत मैले इमानदार प्रयास गरेको छु । सरकारको संरचनाभित्र काम गर्न अफ्ठ्यारो छ ।

नीतिगत प्रतिबद्धताका कारण कतिपय विषयमा हामी पछाडि फर्कन सक्ने अवस्था छैन । सामाजिक सुरक्षा एउटा विषय हो । त्यसकारण बजेटको सुरुमै मैले यसबारे उल्लेख गरेको थिएँ । साधारण खर्च पनि घटाउन नसक्ने अवस्था आएको छ । सँगै वित्तीय दायित्व पनि सावाँ ब्याज तिर्नुपर्ने, यसबाट फर्कन नसक्ने भएको छ । यो सीमितताका विषयमा मैले बजेटको सुरुमै भनेको छु ।

हामीसँग दुई समस्या छन्, एउटा नीतिगत समस्या छन्, जहाँबाट सहजै उम्कन सक्ने अवस्था छैन । यसलाई स्वीकार गरेर जहाँनेर हामीले प्रतिबद्धता व्यक्त गरेका छौं, त्यसलाई निरन्तरता दिएर अरु रिफर्म गर्न सकिन्छ, कसरी अर्थतन्त्रको साइज बढाउन सकिन्छ भन्ने कोसिस मेरो थियो ।

अर्को कार्यान्वयन तहको समस्या हो । हामीले जे विनियोजन गर्छौं, त्यसको कार्यान्वयनमा सुधारको प्रक्रिया बुँदागत रुपमा बजेटमा आउने गरेका थिएनन् । यसरी पूँजीगत खर्च प्रभावकारी बनाउन सकिन्छ, यी ‘स्टेप’ लियो भने प्रभावकारी बनाउन सकिन्छ, प्रणालीमा सुधार मार्फत गर्न सकिन्छ भन्ने बुँदागत रुपमा उल्लेख गरेको छु । फेरि पनि कार्यान्वयनमा चुनौती त छँदैछन् । यो भएपछि पूँजीगत खर्च बढ्छ । त्यसले अर्थतन्त्रलाई गति दिन्छ ।

साधारण खर्चको कुरामा निश्चित दायित्व छ, यसमा तलब छ, भत्ता छ, सामाजिक सुरक्षा छ, त्यो सबैमा छुट्याएपछि खर्च कम गर्ने प्रशासनिक खर्च कम गर्ने हो । यसमा जे जति सम्भव छ, त्यसलाई घटाउन इमानदार प्रयास भएको छ । पूँजीगत खर्चको प्रभावकारिता बढाएपछि वैदेशिक सहयोग पनि त्यही अनुसार आउन थाल्छ । त्यसपछि थप सहयोग आउने सम्भावनाको ढोका खुल्छ । अहिले त हामीले खर्च गरेर देखाउन सकेका छैनौं । यसले हाम्रा सहयोगीहरुसँग यति दिनु पर्यो भन्ने कुराको कुनै अर्थ हुँदैन ।

विदेशी सहयोगको कुरा गर्दा प्राथमिकता महत्वपूर्ण हुन्छ । केमा सहयोग लिने, कुन शर्तमा लिने, लिन पायो भन्दैमा जे पनि लिने यो गर्नुहुँदैन । प्राथमिकीकरण गर्न नसक्दा कतिपय लगानी अनुत्पादक रुपमा आएको र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न नसकेको यथार्थलाई पनि स्वीकार गर्नुपर्छ ।

समग्रमा बजेट र विनियोजनमा आमूल परिवर्तन भएको छैन । स्वाभाविक रुपमा जहाँ, जेजे खर्च गर्नुपर्ने हो त्यसको पूरै पुनर्संरचना गर्न हामीसँग समय पनि थिएन । म आउँदा सिलिङ नै तय भइसकेको थियो । यसमा कतिपय दायित्वकै कुराहरु थिए । शिक्षा मन्त्रालयको कुरा आउँदा राखेकै रैनछ, त्यसले २०/२१ अर्ब थपियो, स्वास्थ्यमा त्यस्तै कुरा आयो । कतिपय भौतिक मन्त्रालयको दायित्वको कुरा आयो । यो अनिवार्य रुपमा थप्नु परेको कारणले बजेट १६ सय ८८ अर्बको सिलिङबाट १७ सय ५१ अर्बमा पुग्यो । यद्यपि, योभन्दा पनि ठूलो बजेट हुनुपर्छ भन्ने दबाब थियो ।

राजस्व उठाउने चुनौती छ, यो स्वीकार गर्छु । तर, राजस्वलाई ‘र्‍यासनलाइज’ गर्ने कोसिस गरिएको छ । आन्तरिक उत्पादनलाई संरक्षण गर्ने प्रयास भएको छ । कसैलाई फाइदा पुग्छ वा पुग्दैन भन्ने हेरेर कर निर्धारण गरिएको छैन । अर्थतन्त्रलाई चलायमान हुने गरी कर निर्धारण गरिएको छ । करको दायरा पनि वृद्धि भएको छ । काराधार फराकिलो समेत बनाइएका कारण कर भेटाउन सकिन्छ भन्ने विश्वास छ । विनियोजित बजेटको लक्ष्य पनि भेट्टाउन सकिन्छ ।

ऋणको सावा ब्याज तिर्नुपर्ने अवस्था अझै बढ्दै जाने अवस्था छ । भूकम्प र कोभिडको बेलामा उदारतापूर्वक स्रोत छुट्यायौं । ऋण लियौं । यसले दायित्व थपिएको हो । यस पटक पनि थपिएको हो । यसले पूँजीगत खर्च भन्दा ऋणको दायित्व धेरै देखिएको हो । त्यही पनि साधारण खर्च भित्र पनि पूँजीगत खर्चको अंश पूँजीगत खर्चमा राखिएको छ । समग्रमा ४ खर्ब ७१ अर्ब पूँजीगत खर्चको हिस्सा छ । तर, वर्गीकरणमा पूँजीगत खर्च कम देखिएको हो । जति विनियोजन भएको छ, यसलाई सार्थक रुपमा पुरै खर्च गर्न सकियो भने उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ ।

सांसद कोषको चर्चा बढी नै भइरहेको छ । कतिपय अवस्थामा यो बजेटले जे सुधार गरेको छ, त्यसलाई पनि छायाँमा पार्ने गरी यो विषय ‘हाइलाइट’ भएको छ । यो चाहिनेभन्दा ज्यादा भयो । १ सय ६५ निर्वाचन क्षेत्रमा जाने ५ करोड रकम पनि पूँजीगत खर्च नै हो । यो सांसदले आफूखुसी बाँड्ने होइन । सांसदले खर्च गर्नासाथ दुरुपयोग हुन्छ भन्ने मान्यताप्रति म सहमत छैन । सांसदले खर्च गर्दैनन्, उनीहरुले सिफारिस मात्र गर्ने हो, आयोजनामा १/१ करोडको सीमा राखिएको छ । ठेक्का प्रक्रिया सम्बन्धित मन्त्रालयले अगाडी बढाउँछ । त्यसबाट नै ठेक्का लाग्छ । सांसद त्यो क्षेत्रको जानकार नै हो । जनताले निर्वाचित गरेर आएको हो । सबैभन्दा उपयोगी लगानी उहाँहरुलाई बढी थाहा हुन्छ । उहाँहरुबाट सिफारिस नै आउनु हुन्न भन्नेसँग म सहमत छैन । सांसद विकास कोष होइन, संसदीय क्षेत्र विकास कार्यक्रम यसको शीर्षक हो । जसरी मिडियामा यसलाई हाइलाइट गराएर बजेटका राम्रा र सुधारका पक्षलाई ओझेलमा परेका छन् । निजी लगानी आकर्षित गर्ने, सूचना प्रविधिका विषय छन् । तर, सांसदलाई दिएको ८ अर्ब नै सबै बजेट हो जस्तो गरिएको छ । अरु सम्पूर्ण कुरा नै बिर्सेर केही नपाएर यसमा मात्रै आलोचना भइरहनुको तुक मैले देखेको छैन ।

जहाँसम्म विद्युतीय सवारीको कुरा छ, त्यसमा पनि स्ल्याव हेर्नु भयो भने एउटै प्रोग्रेसनमा गएको छ । कर बढाएका कारण इलेक्ट्रिक गाडी छाडेर पेट्रोलियम सवारीमा जाने कुनै पनि गुन्जायस छैन । किनभने पेट्रोलियम गाडीभन्दा अझै पनि धेरै कम कर विद्युतीयमा छ । त्यसो हुँदा आफूलाई जे कुरामा फाइदा हुन्छ, त्यही नै होस् भन्नु भएन । विद्युतीय सवारीको करमा शंका भनेर आइरहेको छ । के शंका हो ? थाहा छैन । केही स्वार्थ समूह यसबाट बेखुसी होलान्, तर समग्र जनता यसबाट बेखुसी छैनन् । नीतिगत दुरुपयोग हुनसक्ने सम्भावनालाई कम गर्न पनि करमा परिवर्तन गरिएको हो ।

भ्याटमा पनि सुधार गर्न खोजिएको छ । भ्याटमा छूटको सूचि थपिंदै गएको थियो । त्यसलाई हामीले सुधार गरेका छौं ।

सेयर मार्केट खत्तम भो भनिएको छ । ६० लाख लगानीकर्ता खत्तम भए भनिएको छ । जसले नियमित व्यवसाय यसलाई बनाएका छन्, उनीहरुले आम्दानीको स्रोत नै यसलाई बनाएका छन्, यो प्रचार गरेका छन् । अहिले जो सानो जागिर खान्छ, ५/६ लाख वर्षमा कमाउँछ, उसले कर तिर्नु पर्ने, जसले करोडौं सेयर बजारबाट कमाउँछ, उसले कर तिर्नु नपर्ने स्थिति छ । यो हुनुहुँदैन । त्यसकारण यसलाई प्रणालीमा ल्याउनै पर्छ । संगठित रुपमा, राजनीतिक तहमा प्रभाव पार्नेको कुरा सधैँ सम्बोधन हुने, आम नागरिकको कहिले पनि सम्बोधन नहुने? यो हुन सक्दैन । त्यसकारण जो नियमित व्यवसाय गरिरहेको छ, ठूलो लगानी गरिरहेको छ, बजारलाई स्वाट्टै तल लैजाने र माथि लैजाने काम गर्छ, तल लगेर किनेर पुनः माथि लगेर तुरुन्तै बेच्छ । यस विषयलाई उचाल्न त्यो स्वार्थसमूह लागेका छन् भन्ने मलाई थाहा छ । वास्तवमा यो अर्थमन्त्रीको जोखिम हो । इमानदार हुँदाको जोखिम । इमानदारीपूर्वक सुधारको कदम चाल्दा स्वार्थ समूह चलमलाएको हो ।

निबुवा निचोरे जस्तो गरेर राजस्व बढाउन सकिन्न । जसले कानूनतः तिर्नुपर्छ, उसको प्रभाव प्रयोग गरेर तिर्दैन, त्यसलाई छुन सकिरहेको छैन । उनीहरु त करको दायरामा आउनुपर्छ । यस विषयमा मैले इमानदार कोसिस गरेको छु । त्यही अनुसार लिइदिनुहोला ।

-अर्थमन्त्री डा. महत

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै

0

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

सेयर लगानिकर्ताले पनि ३९% कर तिर्नुपर्छ ? – पर्छ । पर्छ भने कसले तिर्नुपर्छ ?हेर्नुस सम्पूर्ण जानकारी

0

हाल सेयर लगानिकर्ताले कती कर तिर्ने भन्ने बिषयमा बहस भईरहेको छ । तर वास्तविकता के हो भनेर दुबिधा देखिएको छ । के सेयर बजारमा लगानी गर्नेले ३९ % कर तिर्नुपर्छ त ? उत्तर हुन्छ पर्छ । तर तपाईंले ५० लाख भन्दा बढी नाफा गरेको हुनुपर्छ ।


के नाफा हुने बित्तिकै ३९ % कर तिर्नुपर्ने हो ?
उत्तर हुन्छ होइन यदी तपाईंले मानौ एक लाख मात्रा कमाउछ या त थोरै कमाउछ भने उसले ३९% कर तिर्नुपर्दैन ।


कसले तिर्नुपर्छ त ३९ % कर ?
जसले ५० लाखभन्दा बढी नाफा कमाउछ उसले ३९ प्रतिसत कर तिर्नुपर्छ ।


घाटामा पैसा फिर्ता आउछ भन्ने कुरा छ , खास कुरा के हो ?
हो, सरकारले घाटा लाग्दा पैसा फिर्ता गर्छ भन्ने कुरा सत्य हो तर तपाईंले नाफा हुँदा तिरेको रकम चाँही फिर्ता गरिदिने हो यदी तपाईंलाई घाटा भयो भने । मानौ तपाईंले २ लाख घाटा भयो भने त्यो सरकारले २ लाख फिर्ता गरिदिने भने होइन । तपाईंले पहिला १ लाख नाफा हुँदा सात हजार पाच सय तिर्नुभएको छ भने त्यही सात हजार पाच सय फिर्ता गर्ने हो २ लाख घाटा हुँदा ।

सेयर लगानीकर्तालाई लगाइने पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न माग

सेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ। 

लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। ‘जेठ १५ नेपाल सरकारबाट प्रस्तुत बजेटप्रति हामी लगानीकर्ताका संघसंगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको पत्र संख्या २०७६/७७, च.नं. १४४, मिति २०७७/३/५ गते नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रबमोजिम धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभमा अग्रिम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणाली (ई–टीडीएस)मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने निर्देशनविपरीत हालको बजेटमा ‘बुँदा नं. २९ धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्थाः प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आव २०७६–७७ देखि २०७८–७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ’ भनिएको छ।  

उक्त बुँदाबमोजिम आव २०७६–७७ देखि २०७८–७९ सम्मको कारोबार घोषणा गरी कर भुक्तानी गर्ने भनिएको बुँदा कर विभागको मिति २०७७/३/५ को पत्रविपरीत रहेको विज्ञप्तिमा ठहर गरिएको छ। ‘आजका मितिसम्म फर्म वा कम्पनीबाहेक व्यक्तिमार्फत गरिएको कारोबार व्यवसायका रुपमा नरहेको र सोअनुसार कर विवरण बुझाउनुपर्ने शीर्षकमा नरहेको देखिएको हुनाले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गरिदिन विज्ञप्तिमार्फत माग गरिएको छ। ‘अन्यथा सेयर बजारमा लगानी गर्ने लाखौँ लगानीकर्ता आन्दोलनमा उत्रन बाध्य हुनेछौँ’, विज्ञप्तिमा चेतावनी दिइएको छ।

यसका साथै अर्थमन्त्रीसँग यस विषयमा हिजो र आज भइरहेको छलफल र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन प्राप्त भएकोले सम्पूर्ण लगानीकर्ता यस विषम परिस्थितिमा धैर्यता र सुझबुझका साथ हतोत्साहित नभई लगानी पनि विज्ञप्तिमा आग्रह गरिएको छ। 

सेयरमा लगानी गर्नेलाई आयकरको दायरा लागु हुँदैन :अर्थमन्त्री

0

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान पुनः सेयर बजारका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बजेटमार्फत भएको व्यवस्थाबाट नअत्तालिन आग्रह गरेका छन्।

आज बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सेयर बजारमा लगानी गरेका कुनै पनि लगानीकर्तालाई आयकरको दायरामा ल्याउने व्यवस्था नभएको र यस्तो भ्रम छर्नेहरु सेयर बजारको भलो नचाहनेहरु भएको बताएका छन ।

सेयर बजारमा जतिले लगानी गर्नुभएको छ । ‘म यो कुरा पुनः एकपटक प्रष्ट पार्न चाहन्छु’, उनले थपे, ‘जसले कारोबारको क्रममा घाटा खाएरसमेत कर तिरिरहेको छ। उनीहरुलाई चाहिँ हामीले न्याय गर्न खोजेका हौं। अब घाटामा पनि कर लगाउने भन्ने कुरा हुँदैन।’

उनले आयकरको दायरामा सेयर बजारका लगानीकर्ता पनि आउने भनेर भ्रम छरिएको र यो कुरा सत्य नभएको भन्दै प्रतिवाद गर्न समेत आग्रह गरे ।

उनले लगानीकर्तालाई आह्वान गर्दै भने, ‘सेयर बजारमा लगानी गर्ने देशभरका दाजुभाइ तथा दिदीबहिनी यसबाट आत्तिनुपर्ने कुनै कारण छैन । बैंकमा पैसा राख्नुको सट्टा यहाँ लगानी गरेर केही फाइदा हुन्छ कि भनेर जे जतिले लगानी गरेका छन्, तीमध्ये कोही कसैले पनि आयकरको दायराभित्र आउनुपर्दैन । यसमा प्रष्ट हुनुहोला ।’

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड

0

सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस ३.०८ डलरले वृद्धि हुँदा सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।