27.6 C
Nepal
Sunday, April 19, 2026
Home Blog Page 272

आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशज र एनआरएनलाई पनि नागरिकता

0

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार विधेयक आज प्रमाणीकरण गरेपछी नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो ।

यसअघि दुई पटक संघीय संसदले पारित गरेको थियो तर पनि विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । तर २५ फागुनमा निर्वाचित राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण भएसँगै नेपालमा बसोबास गरिआएका तीनथरि नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन बाटो खुलेको छ ।

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

विधेयक प्रमाणीकरणसँगै अब २०७२ को संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउनेछन् । २०७२ को संविधानले नै संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको थियो ।

तर संविधान अनुसार, नागरिकता ऐन ऐन संशोधन नहुँदा त्यस्ता नागरिकका सन्नतिले नागरिकता नै पाउन सकेका थिएनन् ।

‘संवत २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’, राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकको दफा–२ मा लेखिएको छ ।

आमाको नामबाट नागरिकता

प्रमाणीकरण भएको विधेयकमा अर्को व्यवस्था छ, आमाको नामबाट नागरिकता दिने ब्यबस्था । अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीँ बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउने भएका छन ।

यो २०७२ को संविधानकै व्यवस्था हो । तर बाबु विदेशी ठहर भएमा वंशजको आधारमा पाएको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।

यो व्यवस्था अनुसार, आमाको नामबाट वंशजको नागरिकता लिन भने केही शर्त राखिएको छ । त्यस्तो नागरिकता लिन चाहने व्यक्तिले बाबु र आमाले श्रीमान पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्नेछ ।

यद्यपि आमाको पनि मृत्यु भइसकेको वा होस÷ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछ । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ ।

तर स्वघोषणा गर्दा झुटो ठहरिए सजायको व्यवस्था गरिएको छ । बाबुको पहिचान हुन नसकेको भनी झुटो स्वघोषणा गरेमा एकदेखि तीन वर्षसम्म कैद वा एकदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ।

गैरआवासीयलाई नागरिकता

विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउनेगरी नागरिकता पाउनेछन् ।

वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् ।

यस्तो व्यवस्था बमोजिम नागरिकता लिन यी शर्त पूरा गर्नुपर्छ :

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण,

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण,

(ङ) नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्र ।

एनएमबि बैंक लुटपाट : प्रहरी प्रमुख भन्छन्- अनुसन्धान जारी छ, कसैलाई पक्राउ गरेका छैनौं

महोत्तरीको एनएमबि बैंकमा लुटपाट भएको थियो त्यसमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि हालसम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चार जना व्यक्ति प्रवेश गरेका थिए । त्यसपछी पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएलगत्तै लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले हुलियाको आधारमा लुटेरासमूहको खोजी जारी रहेको जानकारी दिए । ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं,’ एसपी मल्लले भने, ‘तर कसैलाई पक्राउ गरेका छैनौं ।’

उनका अनुसार नेपाल-भारत सिमानामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी छ ।

‘लुटपाटमा चार जनाको टोली छ । एक तला माथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’ एसपी मल्लले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।

सो समूहले करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।

“सेयरमा लगानिकर्तालाई घाटा भयो भने उसले नाफा हुँदा तिरेको पैसा सरकारले पैसा फिर्ता गर्छ”

पूँजीगत लाभकरको विषयमा आर्थिक विधेयकमार्फत भएको व्यवस्थामा लगानीकर्ताहरुमा अनावश्यक द्विविधा देखियो । हामीले लगानीकर्ताहरुको हितको पक्षमा काम गर्न खोजेका हौं । लगानिकर्तालाई हानी हुने कुनै काम गरेका छैनौ ।

सेयर बजारमा हाल धेरै ठूलो लगानी भएको छ । लगानी इक्वीटीमात्र होइन, ऋण लिएर पनि भएको हुन्छ । त्यसको ब्याज पनि लगानीकर्ताले तिर्नु परिरहेको हुन्छ । बजारमा कुनै कम्पनीको सेयर बिक्री गर्दा मुनाफा भएको हुन्छ, त्यसको कर कट्टा गर्नुपर्ने हुन्छ । कुनै सेयर बिक्री गर्दा घाटा पनि भएको हुन्छ । वर्षभरिको कारोबारका आधारमा हेर्दा धेरै अहिले घाटामा छन् । तर उसले वर्षभरि कुनै कुनै समयमा भएको मुनाफाको ठूलो रकम टिडिएसको रुपमा जम्मा गरेको छ । जबकि आयकर ऐनको सिद्धान्तअनुसार कुनै पनि व्यवसाय गर्ने व्यक्तिले घाटामा कर तिर्ने भनेको एकदमै रिग्रेसिभ कुरा हो ।

त्यसकारण हामीले अहिले ल्याएको व्यवस्था भनेको चाहिँ घाटा भएपछि त्यसलाई उसले आउने ७ वर्षसम्म सार्न पाउँछ । आउने वर्षमा कमाएको आम्दानीमा त्यसलाई घटाउन पाउँछ र त्यतिखेर पनि कर छुट पाउँछ । अहिले उसको टिडिएसको रुपमा जम्मा भएको पैसा यदि उसलाई घाटा भयो र उसले पैसा तिर्नु नपर्ने भयो भने सरकारले उसलाई फिर्ता गर्छ वा आउने वर्षहरुमा उसले कमाएको पैसामा तिर्नुपर्ने ट्याक्समा एडजस्टमेन्ट गरेर उसले मिलाउन पाउँछ । रियल सेन्समा इफेक्टिभ ट्याक्स रेट र सिस्टम हो यो ।

अब यसअघिका आर्थिक वर्षहरुको कारोबारको हकमा लगानीकर्ता स्वयम्ले आफ्नो कारोबारको घोषणा गर्नुपर्ने हुन्छ । यसमा हामीले कुनै हस्तक्षेप गर्दैनौं । यसको पनि फर्मेटहरु बनाइन्छ । लगानीकर्ता तथा अन्य सबै सरकोरवालासँग बस्छौं र के गर्ने भन्ने सुझावका आधारमा व्यवस्थित र सुरक्षित ढंगले व्यवसाय अगाडि बढाउने गरी काम गर्छौ । लगानीकर्ताहरुले घाटा भएको बेला पनि राज्यलाई कर तिर्नुपर्ने पीडादायी अवस्थाको अन्त होस् भन्ने उद्देश्यले ल्याइएको व्यवस्था हो यो । यसमा थप कर आउँछ भनेर स्कोप देखेर ल्याएको व्यवस्था होइन । त्यसकारण विषयवस्तुलाई बुझेर अगाडि बढ्नका लागि सबै लगानीकर्तामा आग्रह गर्छु ।

यो विषयबाट अत्तालिनुपर्दैन । सबै समस्या हामी समाधान गर्छौ । फेरि भएको लाभबाट पनि खर्च कट्टी गर्न पाउँछन् । कुनै कर्मचारी राखेको छ भने खर्च कट्टी गर्न पाइयो, ऋण लिएर लगानी गरेको छ भने ब्याज तिर्न पाइयो । सेयर बजारमा लगानीका लागि गाडी खरीद गरेको छ भने त्यसलाई पनि खर्च देखाउन पाइयो । के के कुरामा खर्च गर्न पाइन्छ भन्ने कुराको पनि हामी सूची बनाउनेछौं ।

यो सिद्धान्त अनुसार अब १२ महिनामा टोटलमा प्रफिट भयो कि लस भयो भन्ने कुरा हेरिन्छ । तिरेको कर एड्भान्सको रुपमा जान्छ । समग्रमा १२ महिनाको टोटल गर्दा उसलाई लस भयो भने तिरेको कर रकम फिर्ता दिन्छ राज्यले वा उसले अर्को वर्षलाई सार्न पाउँछ ।

अरु व्यवसायले पाएसरहको सुविधा पूँजीबजारमा लगानी गर्नेले पाउने कि नपाउने ? यही सोचेर हामीले यो व्यवस्था गरेका हौं ।

यसमा अडिट गर्नुपर्ने, यो गर्नुपर्ने केही पनि हुँदैन । यो लगानीकर्ताको हितमा ल्याइएको हो । विश्वास लाग्दैन भने नआए पनि भयो । लगानीकर्ताले अहिले पूँजीबजारमा धेरै लस व्यहोरेका छन् । यो व्यवस्था नल्याउँदा राज्यलाई फाइदा थियो । तर हामीले लाखौं लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्यौं ।

हिजोको दिनमा ११०० मा रहेको बजार बढेर ३२०० माथि पुग्यो । फेरि घटेर १७०० मा आउँदा कति डूबेका होलान् ? उनीहरुको विषयमा हामीले चिन्ता गर्ने कि नगर्ने ? राज्यलाई करको रुपमा घाटा हुँदा पनि करोडौं बुझाएका छन्, तर अहिले उनीहरु अरबौं घाटामा हुँदा राज्यले हेर्नुपर्दैन ? हो, यही विषयलाई हामीले सम्बोधन गर्न खोजेका हौं । यो पोजिटिभ व्यवस्था हो । हामीले छलछाम गरेर ट्याक्स उठाउन खोजेको हुँदै होइन, लगानीकर्ताले यो रुपमा बुझिदिन भएन । -दीर्घराज मैनाली
(महानिर्देशक)-आन्तरिक राजश्व विभाग

(महानिर्देशक मैनालीले मंगलबार अर्थमन्त्रालयको सुवर्ण हलमा गरेको कुराकानीमा आधारित)

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो २:५० मा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

‘एफपीओ र मर्जरमा भएको लाभमा कर नतिरे देश कसरी बिकास हुन्छ ?’-महानिर्देशक

0

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले एफपीओ र मर्जरको क्रममा हुने लाभको कर छल्नु अपराधसरह हो भनेका छन ।


संवाददाताहरुसँग मंगलबार अर्थमन्त्रालय परिसरमा कुरा गर्दै उनले कर चल्न नपाईने बताएका हुन् ।

आयकर ऐनमा केमा कर लाग्छ र केमा लाग्दैन भन्ने कुराको स्पष्ट व्यवस्था भएको उल्लेख गर्दै कर छल्ने प्रवृतिलाई प्रश्रय दिने काम बन्द हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकमार्फत एफपीओ जारी गर्दा प्राप्त हुने प्रिमियमबाट बोनस सेयर वितरण हुने र मर्जर वा एक्वीजिसनको क्रममा सेयर स्वाप अनुपातअनुसार पूँजी मिलान गर्दा हुने बार्गेन गेन पनि बोनसकै रुपमा लगानीकर्तामा वितरण हुने भएकोले त्यसलाई लाभ मानेर यसअघि भएका त्यस्ता सम्झौता वा निश्कासनहरुमा पनि कर लाग्ने व्यवस्था गरिएको प्रष्ट पारे ।

‘अझ हामीले तिर्नैपर्ने दायीत्वमा समेत छुट सुविधा दिएका छौं । आफ्नो कर तथा त्यो तिर्ने तालिका निर्धारण गरेर सम्बन्धित कम्पनी आउनुपर्छ । कसैले तत्काल सक्दैन भने सरकारले समय थप गर्न सक्छ ।’ महानिर्देशक मैनालीले राष्ट्रबैंकले दुई वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको पत्र देखाउँदै भने-‘मर्जर र एक्वीजिसनमा राष्टबैंकले अनुमति दिंदा नै चिठीमै लेखेर दिएको छ । प्राप्ति गर्ने क्रममा सेयर स्वाप अनुपात अनुसार पूँजी मिलान गर्दा आउने बार्गेन गेनमा कर लाग्नेछ भनेर । तिर्न नचाहनेले त त्यतिबेलै विरोध गर्नुपर्यो नि ? लाभ चाहिँ लिने, अनि कर तिर्दिँन भन्ने कहाँको नियम हो ? यस्तो पाराले कसरी मुलुक बनाउने ? नाफा कमाउने वा लाभ प्राप्त गर्नेले नै कर नतिर्ने हो भने अरु चाहिँ कसले तिर्ने त ?’

आफूहरुले पुरानो समस्या समाधान होस् र आउने दिनमा सहज ढंगले अगाडि बढोस् भनेर ब्याज शुल्क तथा जरीवाना छुटसहितको व्यवस्था ल्याइएको समेत प्रष्ट पारे ।

‘सही ढंगले अगाडि बढौं भनेर हामीले दिएको सुविधा हो । कोर्टमा गएर च्यालेञ्ज गर्छु भन्ने पनि राइट छ। जबरजस्ती कसैलाई छैन । च्यालेञ्ज गर्न सक्नुहुन्छ । मान्छे धरपकड गरेर यो पैसा तिर भनेको होइन, हामीले विकल्प खोलिदिएको हो ।’ उनले भने -‘यो भन्दा राम्रो हुन्छ भने त्यता गए पनि हुन्छ । यो उदारतापूर्वक ल्याइएको हो । तिर्नेजतिसँग लिने नतिर्नेसँग नलिने भन्ने हो भने तिर्नेमाथि अन्याय हुन्छ कि हुँदैन ?’

सुनको भाउमा उछाल, तोलामै रु. २४०० बढ्यो

0

नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ।

भारतीय संसद्‌को भित्ते चित्रमा नेपाली भूमिको नाम रहेको कुरा सरकारको नोटिसमा छ : मन्त्री बस्नेत

0

ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा नेपाली भूमि पनि रहेको भन्ने कुराको जानकारी नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमि समाबेश भएको नक्सा राखिएको बारे सोधेका थिए सो प्रश्नको जवाफ दिदै उनले नेपाली भुमी भारतीय नक्सामा रहेको बिषय जानकारीमा रहेको बताएका हुन ।

सांसद गैरेले सोधेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ । भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा पाँच मन्त्री सहभागी छन् । भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको ‘अखण्ड भारत’ नक्सा राखेको थियो । जसमा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको थियो ।

नेटफ्लिक्समा पासवर्ड सेयरिङ गर्न नपाउने

0

तपाईंले नेटफ्लिक्स चलाइरहनुभएको छ भने भुक्तानीको लागि आग्रह गरिएका नोटिफिकेसन पक्कै देखिरहनुभएको होला । अब नेटफ्लिक्समा पासपोर्ट सेयर गर्न पाउनेछैन , त्यसैले नेटफ्लिक्स तपाईंलाई भुक्तानिको लागि आग्रह गरिरहेको छ । पासवर्ड सेयरिङ सुविधा बन्द गर्ने लामो समयदेखिको चर्चालाई अन्ततः नेटफ्लिक्सले कार्यान्वयनमा ल्याएको छ ।

अमेरिका र बेलायतबाट उसले यो नियम कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब ती मुलुकमा परिवारबाहेकका व्यक्तिसँग पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अब अन्य मुलुकमा पनि यो नियम कार्यान्वयन हुन लागेको उल्लेख छ ।

नेटफ्लिक्सले मंगलबार अमेरिका र बेलायतका प्रयोगकर्तालाई इमेल गर्दै पासवर्ड सेयरिङ सुविधा बन्द भएको जनाएको छ । घरबाहिर पासवर्ड सेयर गर्नुपरे बेलायतमा मासिक अतिरिक्त ४.९९ डलर र अमेरिकामा ७.९९ डलर तिर्नुबारे सूचित गरेको नेटफ्लिक्सले जनाएको छ । यो कदम ग्राहक वृद्धि गर्ने नेटफ्लिक्सको योजनाको रुपमा हेरिएको छ ।

तर परीक्षण सुरु भइसकेका केही मुलुकका केही प्रयोगकर्ताले चाहिं कम्पनीलाई ठगिरहेको जनाइएको छ । स्पेनमा अतिरिक्त शुल्क ५.९९ युरो तय गरिएपछि उसले त्यो मुलुकमा वर्षको पहिलो तीन महिनामा एक मिलियन भन्दा बढी ग्राहकहरू गुमाएको जनाइएको छ ।

जुन घरको टीभी-मोबाइलमा नेटफ्लिक्स हेरिन्छ अर्थात् जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’को रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ । रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्सले प्रयोगकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ । यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।

मंगलबार नेटफ्लिक्सले अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको र सिंगापुरलगायत १०३ देशका ग्राहकलाई खाता साझेदारी गर्नेबारे इमेल पठाएको छ । नेटफ्लिक्सले पहिले अनुमान गरेअनुसार १०० मिलियन भन्दा बढी घरपरिवारले पासवर्ड साझेदारी गर्छन् र यो कम्पनीको नियमविरुद्ध छ । ग्राहकको वृद्धिदर सुस्त भइरहेको बेलामा कम्पनीले बढी पैसा कमाउन खोजेको मात्र छैन, स्ट्रिमिङ बजारमा प्रभुत्व कायम राखिरहन चाहन्छ ।

नेटफ्लिक्सका विश्वव्यापी रूपमा २३३ मिलियन सदस्य छन् ।

मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपालको जित

0

पाँच टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ ।

पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् । रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । सीता २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर आउट भएपछि आएकी कविताले विन्दु रावलसँग मिलेर दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरिन् ।

विन्दु १८ बलमा १७ रन बनाएर आउट भइन् । तेस्रो विकेटका रुपमा कविता २६ रन बनाएर आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् ।

पुजिगत खर्च घट्यो , बिकास निर्माण प्रभाबित हुने

सरकारले आगामी आर्थिक वर्ष (आव)को बजेटमा पूँजीगत खर्चको आकारमा व्यापक कटौती गरेको छ । कुल बजेटको आकार गत वर्षको तुलनामा ४२ अर्ब ५२ करोड मात्रै घट्दा पूँजीगत खर्चको विनियोजन भने ७८ अर्ब ३१ करोड रुपैयाँले घटाइएको छ ।

चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आब २०८०-८१को लागि साढे २ प्रतिशत कम गरी १७ खर्ब ५१ अर्बमा झारेको छ । चालू आर्थिक वर्षमा कुल ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च विनियोजन भएको थियो तर आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब २ अर्ब रुपैयाँमा झारेको हो ।


यसरी सरकारले कुल बजेट जति घटेको हो, त्यसको दोब्बर रकम पूँजीगत खर्च नै घटाएको छ ।


चालु आर्थिक वर्ष पूँजीगत खर्चको विनियोजन नै घटाएर जम्मा १७ प्रतिशतमा झारिएको छ । विगत ६ वर्षको यथार्थ खर्चमा औसत २० प्रतिशतभन्दा माथि हिस्सा पूँजीगततर्फ हुन्थ्यो, यसरी १७ प्रतिशतमा झारिदिएपछि विकास निर्माणका कार्यमा नकरात्माक प्रभाब पर्ने देखिन्छ। सरकारले पूँजीगत खर्च नघटाएर चालू खर्चमा त्यसको भार पार्नु पर्नेमा त्यसो नगरेर सरकार उल्टो बाटोमा हिडिरहेको छ ।