12.8 C
Nepal
Monday, February 10, 2025

पुजिगत खर्च घट्यो , बिकास निर्माण प्रभाबित हुने

सरकारले आगामी आर्थिक वर्ष (आव)को बजेटमा पूँजीगत खर्चको आकारमा व्यापक कटौती गरेको छ । कुल बजेटको आकार गत वर्षको तुलनामा ४२ अर्ब ५२ करोड मात्रै घट्दा पूँजीगत खर्चको विनियोजन भने ७८ अर्ब ३१ करोड रुपैयाँले घटाइएको छ ।

चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आब २०८०-८१को लागि साढे २ प्रतिशत कम गरी १७ खर्ब ५१ अर्बमा झारेको छ । चालू आर्थिक वर्षमा कुल ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च विनियोजन भएको थियो तर आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब २ अर्ब रुपैयाँमा झारेको हो ।


यसरी सरकारले कुल बजेट जति घटेको हो, त्यसको दोब्बर रकम पूँजीगत खर्च नै घटाएको छ ।


चालु आर्थिक वर्ष पूँजीगत खर्चको विनियोजन नै घटाएर जम्मा १७ प्रतिशतमा झारिएको छ । विगत ६ वर्षको यथार्थ खर्चमा औसत २० प्रतिशतभन्दा माथि हिस्सा पूँजीगततर्फ हुन्थ्यो, यसरी १७ प्रतिशतमा झारिदिएपछि विकास निर्माणका कार्यमा नकरात्माक प्रभाब पर्ने देखिन्छ। सरकारले पूँजीगत खर्च नघटाएर चालू खर्चमा त्यसको भार पार्नु पर्नेमा त्यसो नगरेर सरकार उल्टो बाटोमा हिडिरहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here