23.2 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 249

पेट्रोल र ग्यासको भाउ भारतबाट घटेर आयो

0

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ।

तर निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ। 

५३ अङ्कले घट्यो नेप्से , बजार २००० तर्फको यात्रामा – नेप्से प्राबिधिक बिस्लेषण

आज साताको चौथो दिन बुधवार सेयर बजार ५३।७ अङ्कले घटेको छ । आज २।५ प्रतिसतले घटेर २०९७ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १८ कम्पनिको मुल्य बढेको छ भने २०७ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोएर बजार तलतर्फ फर्किन खोजेको देख्न सकिन्छ । सामान्यतया यदी बजारले माथिल्लो रेखालाई रेसिस्टेन्स बनाउछ भने तल्लो रेखा सम्म जान सक्छ।

एमएसिडिले बाइ सिग्नल कायम छ । बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।हिस्टोग्रामहरु छोटा हुन थालेको छ जसले सतर्क हुनुपर्ने सङ्केत गर्छ ।

आरएसआइ ६० को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ६०को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

फिबोनेसी रेसियो अनुसार अब बजार घटेमा पहिलो सपोर्ट २०१२ दोश्रो सपोर्ट १९६४ देखिएको छ यद्दपी यदी ०।३८ बाटै बजार फर्किए २०६० लाई सपोर्ट बनाउनेछ जसको सम्भाबना कम देखिन्छ ।

इलियट वेभ अनुसार बजारले इम्पल्सिभको वेभ सक्काएर करेक्सनको चरणमा बजार रहेको देखिन्छ ।

हामिले यस अघिको बिस्लेसणमा बजार घट्न सक्ने भनेर बिस्लेशण गरेका थियौ । यो हेर्नुस् ३५ अङ्कले घट्यो नेप्से अब के होला , नेप्से प्राबिधिक विश्लेषण

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

बैंकिङ प्रणालीमा ३ दिनमै रु. १६ अर्ब थपियो

बैंकिङ प्रणालीमा निक्षेप बड्ने क्रम जारी रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप थपिएको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

असार १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो।

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत भागे

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल , सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी , दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य अबिश्वासनिय थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलासा भएको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत भागेका छन् ।

बैंकभन्दा बढी ब्याज पाइने लोभमा लगानिकर्ताले रकम जम्मा गरेका थिए तर अहिले उनी संपर्कमा छैनन ।

सहकारीको पैसाले ब्याक्तिगत सम्पत्ति जोडेर ति पनि सहकारीकै भएको भन्दै झुक्काउने गरेको पाइएको छ ,तर उनले सम्पत्ति आफ्नो ब्याक्तिगत नाममा जोडेको पाइएको छ ।


लगभग ३४ हजार बचतकर्ताको १० अर्ब भन्दा बढी अहिले उक्त सहकारीमा फसेको पाइएको छ । उनको र सुमेरु ग्रुपको नाममा भने १५ अर्ब भन्दा बढी सम्पत्ति रहेको अनुमान गरिएको छ ।

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

0

श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

रिलायबल नेपाल लाइफले आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पायो

0

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति दिएको छ।

कम्पनीले सुरुमा बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। पछि पुनः कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो। बोर्डले कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ।

विमानस्थलमा भन्सार एजेन्टले नै चोरे ९ किलो सुन, बिक्री गरेर जग्गामा लगानी

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको भेटिएको छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर झण्डै ९ किलो सुन चोरी गरेर बिक्री गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुुसन्धानका क्रममा खुलेको हो ।

ब्यूरोका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित जाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

भन्सार जाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि विभिन्न व्यक्तिहरुले छुटाउनलाई पटकपटक प्रयास गरेका थिए । त्यहीबीच भन्सार कार्यालयबाट सुनसहितको भेप्स बस्नेतको योजनामा साटफेर गरिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

भन्सारका अरु अधिकृतहरुलाई त्यो भेप्समा सुन छ भन्ने थाहा नभएको अवस्थामा खड्कालाई ७० लाख रुपैयाँभन्दा बढी दिएर साटफेर गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरेर मुद्दा बुझाउने तयारी भइरहेको छ ।

उनले पेप्सीकोलामा अर्कै व्यक्तिको नाममा समेत जग्गा किनेको पाइएको छ । प्रहरीले ती व्यक्तिलाई पनि पक्राउ परेको छ ।

साउनबाट ‘नेप्से–३०’ ल्याउने तयारीमा नेप्से

0

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउनबाट ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ।

नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो।

बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने पनि नेप्सेले जनाएको छ।

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो ३ आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षमो मूल्यवृद्धि दरभन्दा बढी भएका कम्पनीहरुलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।

यसैगरी कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्री–फ्लोट)को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरुको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

फ्री–फ्लोट बजार पुँजीकरण लिइँदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।

बढ्यो सुनको भाउ

0

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

डिस मिडियाले आईपीओ ल्याउने

0

डिस मिडिया नेटवर्कले पनि आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

डिस मिडियालो नेपाल धितोपत्र बोर्डमा साउन १२ गते आईपीओ जारी गर्ने अनुमति मागेको हो। 

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्नेछ। 

डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।