15.6 C
Nepal
Saturday, October 26, 2024

साउनबाट ‘नेप्से–३०’ ल्याउने तयारीमा नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउनबाट ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ।

नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो।

बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने पनि नेप्सेले जनाएको छ।

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो ३ आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षमो मूल्यवृद्धि दरभन्दा बढी भएका कम्पनीहरुलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।

यसैगरी कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्री–फ्लोट)को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरुको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

फ्री–फ्लोट बजार पुँजीकरण लिइँदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here