15.6 C
Nepal
Saturday, October 26, 2024

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत भागे

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल , सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी , दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य अबिश्वासनिय थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलासा भएको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत भागेका छन् ।

बैंकभन्दा बढी ब्याज पाइने लोभमा लगानिकर्ताले रकम जम्मा गरेका थिए तर अहिले उनी संपर्कमा छैनन ।

सहकारीको पैसाले ब्याक्तिगत सम्पत्ति जोडेर ति पनि सहकारीकै भएको भन्दै झुक्काउने गरेको पाइएको छ ,तर उनले सम्पत्ति आफ्नो ब्याक्तिगत नाममा जोडेको पाइएको छ ।


लगभग ३४ हजार बचतकर्ताको १० अर्ब भन्दा बढी अहिले उक्त सहकारीमा फसेको पाइएको छ । उनको र सुमेरु ग्रुपको नाममा भने १५ अर्ब भन्दा बढी सम्पत्ति रहेको अनुमान गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here