15.6 C
Nepal
Saturday, October 26, 2024

विमानस्थलमा भन्सार एजेन्टले नै चोरे ९ किलो सुन, बिक्री गरेर जग्गामा लगानी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको भेटिएको छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर झण्डै ९ किलो सुन चोरी गरेर बिक्री गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुुसन्धानका क्रममा खुलेको हो ।

ब्यूरोका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित जाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

भन्सार जाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि विभिन्न व्यक्तिहरुले छुटाउनलाई पटकपटक प्रयास गरेका थिए । त्यहीबीच भन्सार कार्यालयबाट सुनसहितको भेप्स बस्नेतको योजनामा साटफेर गरिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

भन्सारका अरु अधिकृतहरुलाई त्यो भेप्समा सुन छ भन्ने थाहा नभएको अवस्थामा खड्कालाई ७० लाख रुपैयाँभन्दा बढी दिएर साटफेर गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरेर मुद्दा बुझाउने तयारी भइरहेको छ ।

उनले पेप्सीकोलामा अर्कै व्यक्तिको नाममा समेत जग्गा किनेको पाइएको छ । प्रहरीले ती व्यक्तिलाई पनि पक्राउ परेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here