साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।