31.7 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 234

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

आज हामी होटेल समुहका कम्पनिहरुको आधारभुत अवस्थाको बारेमा जानकारी लिने प्रयासमा छौ । होटेल समुहमा नेप्सेमा सुचिक्रित ६ कम्पनिहरु सुचिक्रित रहेका छन ।

हामी आज ति कम्पनिहरुको ईपियस , पिई रेसियो , बुक भ्यालु ,रिसर्भ , रिटर्न अन ईक्विटी , ग्राहम फेयर भ्यालु आदिको चर्चा गर्नेछौ ।

यहाँ प्रतिसेयर आम्दानी, ईपियस भन्नाले कम्पनिको एउटा सेयरले कमाएको खुद नाफा हो । पिई रेसियोले यही मुल्यमा किन्दा कमाइको आधारमा आफ्नो लगानी दोब्बर हुन लाग्ने समय जनाउदछ । ग्राहम फेयर भ्यालु भन्नाले चर्चित लगानिकर्ता ग्राहमको सिद्धान्त अनुसार उक्त कम्पनिको उचित मुल्य हो ।

होटल समुहको सबै भन्दा बढी प्रतिसेयर आम्दानी रहेको होटेल तारागाउ रेजेन्सी होटल रहेको छ । जसको ईपियस १६.८७ रहेको छ । यसको अर्थ १००को लगानिमा यसले १६.८७ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) ४७ रहेको छ । रिटर्न अन ईक्विटी १३ रहेको छ । त्यस्तै बुक भ्यालु १२७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु २१९ रहेको छ ।

ईपियसकै आधारमै हेर्दा ओरीएन्टल होटल ईपियस धेरै भएको दोश्रो कम्पनी हो । यसको ईपियस ७.०९ रहेको छ । यस्तै यसको पीई रेसियो ११४ रहेको छ । यो कम्पनिको बुक भ्यालु १८२ छ भने ग्राहम फेयर भ्यालु १७०.६६ रहेको छ ।

ईपियसका आधारमा तोश्रो कम्पनी चन्द्रागिरी हिल्स रहेको छ । यो नेगटिभ रिसर्भ भएको कम्पनी हो । यसको ईपियस ६.७५ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ६.७५ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) १९३.९ रहेको छ । रिटर्न अन ईक्विटी ८.४५ रहेको छ । त्यस्तै बुक भ्यालु ७९.९ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु ११० रहेको छ ।

ईपियसका आधारमा चौथो कम्पनी सोल्टी होटल रहेको छ । यसको ईपियस ५.५९ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ५.५९ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) ८५.८७ रहेको छ । रिटर्न अन ईक्विटी २५.७७ रहेको छ । त्यस्तै बुक भ्यालु २१.७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु ५२ रहेको छ ।

ईपियसका आधारमा तोश्रो कम्पनी कालिन्चोक दर्शन लिमिटेड रहेको छ । यो नेगटिभ रिसर्भ भएको कम्पनी हो । यसको ईपियस ५.०४ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ५.०४ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) १८७ रहेको छ । रिटर्न अन ईक्विटी ५.१९ रहेको छ । त्यस्तै बुक भ्यालु ९७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु १०४.९ रहेको छ ।

ईपियसका आधारमा अन्तिम नम्बरमा सिटी होटेल रहेको छ । यो घाटामा गएको कम्पनी हो । यसको ईपियस माइनस १९ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले १९ नेट घाटा खान्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) माइनस ३५ रहेको छ । रिटर्न अन ईक्विटी माईनस १८ रहेको छ । त्यस्तै बुक भ्यालु १०४ रहेको छ ।

नोट: यो रिपोर्ट तेश्रो चौमासिकका आधारमा तयार पारीएको हो ।

समग्रमा हेर्दा यि सबै कम्पनिहरु ओभरप्राइस्ड भएको देखिन्छ । लगानीका हिसाबले यो मुल्य उचित देखिन्न ।

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

तीनवटै जीवन बीमा कम्पनीको आईपीओ ओभरसब्सक्राइब्ड

0

तीन जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।

रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ निष्कासन गरेको हो। तीनवटै कम्पनीको आईपीओ । ओभरसब्स्क्राइबड भएको छ ।

रिलायबल नेपाल लाइफको आईपीओ १.२४ गुणा, सन नेपाल लाइफको आईपीओमा १.००४ गुणा र सिटिजन नेपाल लाइफको आईपीओमा १.०५ गुणाले ओभरसब्सक्राइब भएको हो ।

यी तीनवटै कम्पनीको आईपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

सेबोनबाट थप ११ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

समितिको बिहीबार बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। हालसम्म २९ कम्पनिले अनुमती पाएका छन ।

अनुमती पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन्।

अब १४ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्।

अन्तरबैंक ब्याजदर फेरि ६.५% पुग्यो

अन्तरबैंक ब्याजदर एकैपटक साढे ६ पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अगिल्लो दिनसम्म ०।५३ रहेको अन्तर बैंक ब्याजदर साउन २ गते एकैदिन अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत पुगेको थियो।

स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन बैंकिङ प्रणालीबाट एकैदिन ठूलो परिमाणमा निक्षेप बाहिरिएपछी अन्तरबैंक ब्याजदर पनि बढेको हो।

साउन २ गते बैंकिङ प्रणालीबाट एकैदिन ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो। यो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप घटेर ५६ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप ८१ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेप अघिल्लो दिनसम्म ५० खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा साउन २ गतेसम्म घटेर ४९ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।

स्थानिय तहको खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई निक्षेपमा गन्न पाइने ब्यबस्था हटेपछी ठुलो मात्रामा रकम बाहिरिएको देखिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने साउन २ गतेसम्म ७ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन साउन १ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेर साउन २ गतेसम्म ४३ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४३ खर्ब १२ अर्ब रुपैयाँ थियो।

कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको खुल्यो आवेदन

0

कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।

एक सूचना जारी गर्दै कोरियामा ५ वर्ष रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्ने छन । परीक्षा आगामी भदौ १८ गतेदेखि भदौ २९ गतेसम्म हुनेछ। नतिजा प्रकाशन भने असोज ३ गते हुने छ।

दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारका रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।

इच्छुक नेपाली नागरिक हुनुपर्ने, ईपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदारले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।

यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्नेछ।

मिड सोलु हाइड्रोपावरको आईपीओ साउन १४ गतेदेखि-विद्युतको व्यापारिक उत्पादन सुरु गरिसकेको छ

0

मिड सोलु हाइड्रोपावर लिमिटेडले बैदेशिक रोजगारिमा रहेका नेपालीका लागि साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न भएको हो।

जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

यस मध्य पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरिने तय गरिएको छ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण से पनि पहिलो चरणमा निष्काशन गर्न लागिएको हो।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने आवेदन कम परेमा कम्पनीले ढिलोमा भदौ ११ गते सम्म खुलाउन सक्नेछ । तेस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २८ गतेभित्र नैआवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

सामान्य अङ्कले घट्यो नेप्से, बिशाल बजार र लिबर्टिको पोसिटिभ सर्किट

0

आज नेप्से सामान्य अङ्कले घटेको छ । १.३१ अङ्क अर्थात ०।०६ प्रतिसतले घटेर २१६३.९ को बिन्दुमा बन्द भएको छ ।
सेयर बजारमा आज ३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।


आज ८८ कम्पनिको मुल्य बढेको छ भने १२३ कम्पनिको मुल्य घटेको छ त्यस्तै ६ कम्पनिको मुल्य परिवर्तन भएको छैन ।

बिशाल बजार कम्पनी र लिबर्टी एनर्जीले आज पोसिटिभ सर्किट हानेको छ । त्यस्तै अप्पर हेवाखोला ,बोट्लर्स तराइ , डोल्टी हाइड्रो कम्पनी लगायतका कम्पनिले सर्बाधिक कमाअेका छन भने बिभिन्न म्युचुवल फन्ड र सामुदायिक लघुबित्तले सर्बाधिक गुमाएका छन ।

त्यस्तै आज सर्बाधिक कारोबार हुनेहरुमा सिभम सिमेन्ट , सोल्टी होटेल , हिमालयन लाइफ इन्सुरेन्स , ज्योति बिकास बैंक , नबिल बैंक आदी रहेका छन ।

गभर्नरले भने–बजेटका लक्ष्यहरु पूरा हुनेगरी मौद्रिक नीति आउँछ

0

आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेगरी मौद्रिक नीति आउने बताएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा विस्तार कम भएको उनको भनाई छ। ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनले बताए । वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको उनले बताए ।

पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उनको भनाइ छ ।

“गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष रू एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ”, गभर्नर अधिकारीले भने ।

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

“अहिले बैंकिङ प्रणालीमा रू ८८ अर्ब ५४ करोड अधिक तरलता छ, उनले भने । उनका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

गभर्नर अधिकारीले हाल चालु खाता घाटा रू ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताउनुभयो । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उहाँको भनाइ छ ।

“घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो”, उनले भने, “मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं ।” आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उनको भनाइ छ ।

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक

0

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

गएको जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको मूल्य तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको छ ।

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

लाईफ इन्सुरेन्स कम्पनीहरुले यो बर्ष खासै ब्यापार गर्न सकेनन । उत्साहजनक ब्याबसाय गर्न नसकेपछी यो बर्ष यि कम्पनिको बेहाल भएको छ ।
कुनै पनि कम्पनिको कमाइ प्रतिसेयर १० सम्म नि छैन । प्रतिसेयर आम्दानी १० भन्दा कम हुनु भनेको कम्पनिको लागि राम्रो हैन ।

अधिकाम्स कम्पनिको प्रतिसेयर आम्दानी १० भन्दा मुनी रहेको छ । सबै भन्दा धेरै प्रतिसेयर आम्दानी रहेको गुरास लाइफ इन्सुरेन्सको ईपियस ९.५९ रहेको छ भने दोश्रो धेरै रिलायन्स लाइफ इन्सुरेन्सको ९. २८ रहेको छ । त्यस्तै प्राइम लाइफको ईपियस ८.९१ रहेको छ । एसियन लाइफ इन्सुरेन्सको ईपियस ८.२३ छ भने प्रभु लाइफको ८.२३ रहेको छ ।


यसै गरी नेसनल लाइफको ईपियस ७.८९ रहेको छ भने युनियन लाइफको प्रतिसेयर आम्दानी ७.३७ छ । यस्तै सुर्य ज्योतिको प्रतिसेयर आम्दानी ७.४३ रहेको छ , नेपाल लाइफको प्रतिसेयर आम्दानी ७.२५ छ । सानीमा लाइफको प्रतिसेयर ५.१२ रहेको छ भने लाइफ इन्सुरेन्स कम्पनिको प्रतिसेयर आम्दानी ४.२ रहेको छ ।

केही समय अगाडि इन्सुरेन्सको प्रिमियम तिर्न नसकेपछी ठुलो रकमको बिमा पोलिसी सरेन्डर भएको थियो ।

लगानिकर्ताले लगानी गर्ने भनेको कमाउनको लागि हो तर लगानी गरेको ठाउँबाट कम्तिमा इन्फ्लेसन रेट भन्दा बढी रिटर्न आउनु पर्छ । तर अध्ययन ले इन्फ्लेसन भन्दा बढी रिटर्न अधिकाम्स कम्पनिले दिन नसक्ने देखिन्छ । नेपालको सन २०२३ को इन्फ्लेसन रेट ८ प्रतिसतको हाराहारीमा रहने अनुमान गरिएको छ ।

लाइफ इन्सुरेन्स कम्पनिको पिई रेसियो ३५ देखी ३७३ सम्म रहेको पाइयो । पिई रेसियो भनेको कती बर्षमा हालको कमाइका दरले कमाइ हुँदा आफ्नो लगानी फिर्ता आउछ भन्ने हो । यसर्थ यि कम्पनीहरुमा अहिलेको मुल्यमा लगानी गर्दा यदी ईपियस यस्तै रहेमा आफ्नो लगानी उठाउन कम्तिमा ३५ बर्षदेखी बढीमा ३७३ बर्ष लाग्ने कम्पनीहरु बजारमा रहेका छन । पिई रेसियो हेर्नुस् टेबलमा ।

जिबन बिमा कम्पनिको रिटर्न अन ईक्विटी घटिमा ४ देखी बढीमा लगभग ८ रहेको देखिन्छ । हेर्नुस् टेबलमा ।

यि कम्पनीहरुको बुक भ्यालु १०५ देखी बढीमा १५६ रहेको देखिन्छ । हेर्नुस् टेबलमा रहेको विवरण ।

समग्रमा लङ टर्म लगानिका हिसाबले कुनै पनि कम्पनी बजारमा मुल्यमा किन्नु उचित नहुने जस्तो देखिन्छ किनकी यि कम्पनिहरु पिई पनि बढी र कमाइ एकदमै कम देखियो ।

हेर्नुस् टेबलमा जिबन बिमा कम्पनिको बारे एक झलक

यसरी समग्रमा जिबन बिमा समुहले राम्रो पर्फर्मेन्स गर्न नसकेको देख्न सकिन्छ । हुन त आर्थीक मन्दिको अवस्थाले सबै तिर असार गरेको देखिन्छ तर जिबन बिमा समुहमा बढी नै असार परेको देखिन्छ त्यसैले जिबन बिमा समुहका कम्पनिले आफ्नो रणनितीलाई समयानुकुल बनाउनु पर्ने देखिन्छ। साथै आगामी दिनमा कम्पनिको बित्तिय स्थिती चुस्त र सबल बनाउन नयाँ रणनिती लिनुपर्ने र नयाँ प्रोडक्टहरु ल्याउनुपर्ने देखिन्छ ।

नोट : यो बाइ सेल रेकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी अगर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नु होला । यो रिपोर्ट तेश्रो चौमासिकलाई आधार बनाएर तयार पारीएको हो । यो जानकारी ट्रेडरका लागि हैन ।

यो पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?