31.7 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 233

राष्ट्रबैंक लघुवित्तप्रति नरम बन्ने

0

नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुप्रति केही नरम बन्ने लक्षण देखाएको छ ।

मौद्रिक नीतिमार्फत दुई व्यवस्था गर्दै केन्द्रीय बैंकले यस कुराको इङ्गित गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्ने भन्दै मौद्रिक नीतिले लघुबित्तप्रती नरम निती लिएको हो ।

केन्द्रीय बैंकले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने नितिमा उल्लेख गरेको छ ।

यस्तो आयो मौद्रिक नीति (पूर्ण पाठसहित)

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले पारित गरेसङ्गै मौद्रिक नीतिको पूर्ण पाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

मौद्रिक नीतिका विषयमा थप प्रष्ट पार्न याक एण्ड यति होटलमा केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ बजे पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ । मौद्रिक नीति धेरै लचिलो भने छैन ।

मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छः

गलत समाचार छाप्ने अनलाइन र पत्रकारले २ करोड क्षतिपुर्ति तिर्नुपर्ने, अदालतको दियो आदेश

0

दिल्ली । दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई रु दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ । न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो । सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्काले डटकमले गोप्य कारबाही (स्टिङ अप्रेशन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो ।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई जना पत्रकारले स्टिङ अप्रेशन गरेका थिए । उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र रु दश लाख घुस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो ।

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो। छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।

न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको, साक्षमा याचनाबाट त्यो आघात नमेटिने भएकाले उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् । रासस

रु. १२.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंकले साउन ९ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ र ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते र कात्तिक ७ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १० लाख ३८ हजारको हात खाली

0

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिएको छ।

आज बिहान ९ बजे एनएमबि क्यापिटलको कार्यालयमा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो। बाँकी रहेको सेयरमध्ये २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसमा कुल १० लाख ४८ हजार ४६८ आवेदकबाट १ करोड ११ लाख ३५ हजार ४३० कित्ता सेयर माग भएको थियो। तीमध्ये १० लाख ४७ हजार ३०५ आवेदकबाट परेको १ करोड ११ लाख २२ हजार ३७० कित्ता सेयर सदर भएको छ भने बाँकी १ हजार १६३ आवेदकबाट परेको १३ हजार ६०९ कित्ता सेयर रद्द भएको छ।

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओ अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.npमा हेर्न सकिनेछ।

नारायणी डेभलपमेन्ट बैंकको ईपीएस माइनस ११.०२, एनपीएल पनि १४% माथि – नेटवर्थ ३६ रुपैयाँ

नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.०२ रुपैयाँले ऋणात्मक रहेको छ। सोही अबधिको अघिल्लो बर्ष ईपीएस २७.५६ रुपैयाँले ऋणात्मक थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १८.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अबधिमा एनपीएल १४.४८ प्रतिशत थियो।

बैंकले २ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५ करोड रुपैयाँ ४२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिसम्म बैंकलाई ३ करोड २१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ६ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर नेटवर्थ ३६ रुपैयाँमात्रै रहेको छ। यसले बैंक धेरै ठुलो घाटामा रहेको देखाउछ ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९५ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको बैंकले चौथो त्रैमाससम्म ६३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ३३ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

मौद्रिक नीति आज सार्वजनिक गरिने, बोर्ड बैठक सुरु

0

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक बसिरहेको छ।

मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो ।

राष्ट्र बैंकको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक गरिने छ । आज दिउँसोतिर मौद्रिक नीति सार्वजनिक हुने सम्भाबना अत्याधिक छ ।

अहिले पुँजीबजारका लगानीकर्तादेखि धेरैको ध्यान मौद्रिक नीतिमा रहेको छ।

४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अधिल्लो आर्थिक वर्षको सोही चौमासिक समयबधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।

सो अबधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।

रेडी ट्रेडले ल्याएको थियो दुई महिनामा १९९७ किलो सामान

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ । सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।

क्याथे प्यासिफिक विमानमा कार्गो गरेर ल्याइएको रेडी ट्रेड फर्मको सामान मंगलबार त्रिभुवन विमानस्थलको भन्सारमा एक्सरे गर्दाको ‘इमेज रिडिङ’ ।

नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखबाट देखिएको छ । रेडी ट्रेडले २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु भित्र्याएको हो । ती सामान जाँचपासबाटै बाहिर निकालिएका थिए । यसअघि सामान उम्काउन सफल भएकाले त्यसकै निरन्तरताका रूपमा पछिल्लो पटक एक क्विन्टल सुन आएको अनुसन्धानकर्मीको भनाइ छ ।

रेडीका नाममा मे १७ मा ६६ किलो, मे २१ मा ६६ किलो, मे २४ मा ६६ किलो, मे २६ मा ५२ किलो सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ किलो, ७ जुनमा ६६ किलो, १२ जुनमा ६६ किलो, जुन १६ मा १ सय २ किलो, जुन १९ मा ६६ किलो, जुन २२ मा ९९ किलो, ९ जुलाईमा ३३ किलो, १८ जुलाईमा ३२ किलो सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो । मे ३१ मा ल्याइएको ६६ किलोको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको अभिलेख छ । यस्तै, रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो । जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु रेडी ट्रेडकै नाममा ल्याइएको थियो । ब्रेक सु चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको थियो ।

तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको अनुसन्धानमा देखिएको छ । हङकङबाट क्याथे प्यासिफिकको उडानमा असार २९ (शुक्रबार) ३६ वटा कार्टुन आएको पुष्टि भएको छ । ८ कार्टुन मात्र राजस्व अनुसन्धानले बरामद गरेको छ ।

यो सामान स्क्यानरमा हाल्दा कैफियत देखिएको थियो । स्क्यानरले कालो (शंकास्पद) चित्र देखिएपछि खोलेर पूर्ण जाँच गर्नुपर्नेमा भन्सारका अधिकारीहरूले कार्टुन रेडीका एजेन्टलाई जिम्मा दिएका थिए । सबैको सिपर कम्पनी ट्रान्स ग्लोबल हो । तीमध्ये आइतबार ५ कार्टुन, सोमबार १० कार्टुन र मंगलबार ८ कार्टुन भन्सार जाँचपास गरिएको थियो । राजस्वको टोलीले रेडी ट्रेडका नाममा आएका ८ कार्टुन मात्र बरामद गरेको हो । तर, रेडी ट्रेडकै नाममा आइतबार र सोमबार जाँचपास गरिएका १५ कार्टुन सामान सहजै गिरोहले फुत्काएको हो ।

रेडीको सामान क्याथेमा कार्गो गर्दा लिथियम ब्याट्रीका नाममा बुक गरिएको थियो भने भन्सार जाँचपासमा ८ पोका सामानलाई स्कुटरको ‘ब्रेक सु’ उल्लेख गरिएको थियो । बरामद सामान खोलेर हेर्दा करिब क्विन्टल सुन फेला परेको थियो । भन्सार पास गरिएका सामानबाटै गिरोहले यसअघि तस्करीको सुन भित्र्याएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।

सुन तस्करीको संयोजन गर्न चीन, नेपाल र भारतीय गिरोह संगठित रूपमा लागेको अनुसन्धानबाट देखिएको छ । तर, अहिलेसम्म सहयोगीहरू मात्र पक्राउ परेका छन् । अनुसन्धानकर्मीहरू मुख्य योजनाकारसम्म पुगेका छैनन् । अनुसन्धानकर्मीले भने ठेकेदारको नजिक पुगेको बताएका छन् । निगरानीमा परेका व्यापारी पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको खुलेको छ । तर अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै अधिकारीहरूले नाम पुष्टि गर्न चाहेनन् ।

‘नेपालमा बैंकिङ, सेयरलगायतका क्षेत्रमा बदनाम भएका व्यक्ति यो तस्करीसँग जोडिएका छन्, अनुसन्धान त्यसैमा केन्द्रित गरेका छौं,’ स्रोतले भन्यो, ‘हङकङ र भारतमा रहेको गिरोहको एजेन्टका रूपमा काम गर्ने दुईसहित १० जना यो अनुसन्धानमा पक्राउ परिसकेका छन् । थप अनुसन्धान भइरहेको छ ।’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हालै बरामद भएको सुनको खपत नेपालको बजारमा नभई अन्यत्र हुन सक्ने र त्यसलाई समेत मध्यनजर गरेर अनुसन्धान भइरहेको बताएका छन् । ‘प्रारम्भिक अनुसन्धानबाट दुईवटा कुरा देखिएका छन्, पहिलो विदेशी नागरिक पनि संलग्न छन् । दोस्रो देशभित्रको खपतका लागि मात्र ल्याइएको देखिँदैन,’ श्रेष्ठले भने, ‘प्रारम्भिक रूपमा जहाँ–जहाँ कनेक्सनमा देखिएको छ, ती मान्छे पक्राउ परेका छन् । रेडी ट्रेडको कनेक्सन को–कोसँग थियो भन्नेबारे प्रारम्भिक अनुसन्धानमा देखा परेका पात्र पनि अनुसन्धानमा छन् ।’

विमानस्थलको भन्सार पार गरेको सुन बरामदपछि राजस्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन जाने लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीन विमानस्थल अध्यागमन डेस्कबाट पक्राउ परेका थिए । दुवै विदेशी सुन तस्करीमा संलग्न मुख्य गिरोहका सहयोगी रहेको खुलेको छ । चिनियाँ नागरिक लीन नेपालमा सुन बरामदपछि भागेर चीनको छेन्दु फर्किन लागेका थिए । त्यसको सुइँको पाएर अध्यागमन डेस्कबाट सरकारी अधिकारीले उनलाई नियन्त्रणमा लिई विभागको जिम्मा लगाएका थिए । उनी तीन महिनादेखि बालुवाटारस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।

ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन् । भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन् । यसअघि रेडी ट्रेडलगायत फर्मका नाममा आएका मालवस्तुको भन्सार रेकर्ड पनि अनुसन्धानकै क्रममा रहेको एक अधिकारीले बताए । यता क्विन्टल सुन तस्करीसम्बन्धी अनुसन्धान गरिरहेको विभागले तीन जना अधिकृत सम्मिलित छुट्टै विशेष संयन्त्रमार्फत छानबिन थालेको छ । राजस्व अनुसन्धानमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि यो अनुसन्धानमा संलग्न गराइएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागका तीन जना निर्देशक (उपसचिव) सहित पाँच जनाको विशेष टोली गठन गरेर प्रारम्भिक बयान सुरु गरेको छ । सुरक्षा व्यवस्थामा थप कडाइ गरेर सर्वसाधारणलाई सामान्य रूपमा विभागमा आउजाउसमेतमा रोक लगाइएको छ । अनुसन्धान अधिकृतहरूको फोनसमेत बन्द गर्न लगाइएको छ । अनुसन्धानमा प्रभाव पर्न नदिन पक्राउ परेकासँग भेटघाटमा कडाइ गरिएको छ । अनुसन्धान टोलीले पक्राउ परेका चिनियाँ र भारतीय नागरिक, भन्सार एजेन्ट, कार्गो व्यवसायी, फर्म सञ्चालक, ट्याक्सी चालकसहित १० जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा राखिएको छ ।

पक्राउ परेकाबाट प्राप्त सूचनाका आधारमा तस्करीमा संलग्न खास व्यक्तिसम्म पुग्ने कोसिस भइरहेको विभाग स्रोतले जानकारी दियो । चिनियाँ र भारतीय पक्राउ परेकाले उनीहरूबाटै खास मुख्य तस्करसँग पुग्ने जानकारी विभाग स्रोतले दियो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान टोलीले सूक्ष्म रूपमा काम गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिले घटनाको जरैसम्म पुग्ने कोसिस भइरहेको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास गराएर सिनामंगल सडकमा ट्याक्सीमा राख्ने क्रममा मंगलबार बरामद गरेको ८ वटा पोकामा करिब सय किलो सुन फेला परेको थियो । तस्करी प्रकरणमा पक्राउ परेका १० जनालाई उच्च अदालतबाट म्याद थप गरेर प्रारम्भिक बयान सुरु गरिएको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक जेक्वाङ लीन, थुप्तेन छिरिङ, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, कार्गो ट्रान्स ग्लोबल सर्भिसका कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्रकुमार राई र सहयोगी हर्कराज राई छन् ।

भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका एक्स–रे अपरेटर सरोज श्रेष्ठलाई निलम्बन गरेको छ । उनले सुन राखेको पोका एक्स–रे गर्दा स्क्रिनमा कालो धब्बा देखिएकाले पुनः जाँच गर्नुपर्ने संकेत लेखेका थिए । शंका लागेमा संकेतस्वरूप त्यस्तो वस्तुमा आरसी (रि–चेक) लेख्ने चलन छ । उनले आरसी लेखेका थिए । सीसी क्यामेरामा आरसी लेखेपछि पनि जाँचकीले पुनः जाँच गरेको देखिन्छ । विमानस्थल भन्सार स्रोतका अनुसार फेरि जाँच गर्दा पनि सुन वा अवैध वस्तु हो भन्ने पहिचान नभएको दाबी छ ।

एक्स–रे अपरेटर लामो समयदेखि भन्सारमा कार्यरत भएकाले उनीमाथि पनि शंका गरिएको छ । भन्सारका एक अधिकृतले भने, ‘सुन राखेको पोकामा आरसी लेखे पनि सामानमा कैफियत देखाएको विषयलाई सामान्य रूपमा लिएकाले अपरेटरमाथि शंका लागेको हो ।’ अपरेटरले सामानमा शंका लागेको भन्दै गहिरिएर जाँच गरेर मात्र छाड्नुपर्ने सूचना दिएको भए सामान बाहिर जान रोकिने बुझाइ भन्सार अधिकारीहरूको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले अपरेटर श्रेष्ठलाई निलम्बन गरेको जानकारी दिए । महानिर्देशक पौडेलले राजस्वले गर्ने अनुसन्धानमा सबै खालका सहयोग गरेको बताए । यसअघि विमानस्थल भन्सारका जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको थियो । जाँचपासमा संलग्न अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा झिकाइएको छ ।

आजको कान्तिपुरबाट साभार

नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेका छैनौं: रवि लामिछाने

0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन्।

विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत नबोलेको बताए।  

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको पनि बताए ।

लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए।

आगामी मङ्सिरदेखि पार्टीको अधिवेशनको तयारी सुरू हुने जानकारी दिए। RSS