23.7 C
Nepal
Friday, September 20, 2024

४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अधिल्लो आर्थिक वर्षको सोही चौमासिक समयबधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।

सो अबधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here