सुनको मूल्य निरन्तर तेश्रो दिन घटेको छ । साउन ८ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक् लाख १२ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पछिल्लो तीन दिनमा सुन प्रतितोला एक हजार ६०० रुपैयाँले गिरावट भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दा एक हजार ४६० रुपैयाँमा किनबेच हुँदैछ ।
मन्त्रिस्तरीय निर्णयले पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा गरेको छ ।
पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा छलफल भई कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको हो ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको छ ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तीमा जानकारी गराएको छ ।
सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । यद्यपि सीआईबीले अहिलेसम्म कारबाही अगाडि बढाएको छैन ।
दिर्घकालिन लगानी यस्तो चिज हो जसले लाखलाई करोड र करोडलाई अर्ब बनाइदिछ । तर त्यसका लागि आधारभुत रुपमा बलियो कम्पनी छान्न भने सक्नुपर्दछ । आधारभुत रुपमा बलियो कम्पनी छनोट गरेर दिर्घकालिन लगानी गर्न सक्यो भने कम्पाउन्डिङको जादु देख्न सकिन्छ । सेयर बजारका दिग्गज लगानीकर्तालाई करोडपति बन्ने मूल मन्त्र यसैलाई मान्दछन ।
यदी तपाईं पनि यो बिधी अपनाएर लगानी गर्नु भयो भने मालामाल हुनुहुनेछ ।
हकिन्स कुकर लिमिटेड भारतमा भान्साका सामानहरु उत्पादन गर्ने अग्रणी कम्पनी हो। २० वर्षको मात्रै अवधिमा हकिन्स कुकरको सेयरभाउ भारु १९.८० बाट भारु ६६९० को स्तरमा पुगेको छ र लगानीकर्ताले करिब ३४ हजार प्रतिशत प्रतिफल पाएका छन्।
यदि कुनै लगानीकर्ताले २० वर्षअघि हकिन्स कुकर्सको सेयरमा भारु १ लाख लगानी गरेको भए अहिलेसम्म भारु ३ करोड ३७ लाख भएको छ। हकिन्स कुकर्स किचेनवेयरको उत्पादन, व्यापार र खुद्रा बिक्रीमा संलग्न छ।
विगत १ वर्षमा हकिन्स कुकरको सेयरले २३ प्रतिशत प्रतिफल दिएको छ भने ५ वर्षमा लगानीकर्ताले १४३ प्रतिशत प्रतिफल पाएका छन्। यो वर्षको मे २४ मा अफिस कुकरको सञ्चालक समितिले पनि लगानीकर्तालाई प्रतिइक्विटी भारु १०० नगद लाभांश दिने घोषणा गरेको थियो। आगामी अगस्ट ९ मा हकिन्स कुकरको साधारणसभा बस्दैछ। जसमा लाभांश स्वीकृत हुनेछ।
पाली हकिन्स कुकर एउटा सानो क्याप कम्पनी हो। जसको मार्केट क्याप लगभग भारु ३५ अर्ब ३८ करोड छ। कम्पनीमा कुनै ऋण छैन र हकिन्स कुकरका प्रवर्द्धकहरुको कम्पनीमा ५६ प्रतिशतभन्दा बढी हिस्सेदारी छ।
सन् २००९ मार्च १३ मा भारु १६० को स्तरबाट भारु ६५७० को स्तरमा पुगेको हकिन्स कुकरको स्टकले मल्टिब्यागर रिटर्न दिएर लगानीकर्तालाई धनी बनाएको छ। १४ वर्षको अवधिमा हकिन्स कुकरको सेयरले लगानीकर्तालाई ४ हजार प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ।
सन् १९९५ जुलाई १४ मा सेयर बजारमा लिस्टिङ भएको हकिन्स कुकरको सेयरले लगानीकर्तालाई भारु ४६ को स्तरबाट सुरु गरी १४ हजार प्रतिशतभन्दा बढी प्रतिफल दिएको थियो। –एजेन्सी
एलन मस्कले आज माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन्।
आज साँझदेखि ट्विटरको लोगो ‘एक्स’ हुनेछ। मस्कले ट्विटर स्पेसमा ग्रेग नामका प्रयोगकर्तासँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्। मस्कलाई सोधियो कि उनी साँच्चै ट्विटरको लोगो परिवर्तन गर्न जाँदैछन्। उनले यसको सकारात्मक जबाफ दिएका छन्।
यतिमात्र होइन अब एक्स डट कम खोलेपछि पनि ट्विटर खुला हुनेछ।
यससँगै मस्कले ट्विटरमा एउटा पोल क्रिएटर गरेर लेखेका छन्, ‘डिफल्ट प्लेटफर्मको कलर ब्ल्याकमा परिवर्तन गर्नुहोस्।’
यो पोलमा १९ लाखभन्दा बढीले मतदान गरेका छन्। अधिकांश मानिसले अहिलेसम्म कालो र सेतोबीच कालो रोजेका छन्।
सन् १९९९ देखि एलन मस्क अक्षर ‘एक्स’सँग जोडिएको छ। त्यतिबेला उनको एउटा कम्पनीको नाम एक्स डट कम थियो।
मस्कले एउटा भिडियो सेयर गरेका छन्। जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ। यससँगै उनले लेखेका छन्, ‘यदि आज राति राम्रो एक्स लोगो पोस्ट गरिनेछ भने भोलि विश्वव्यापी रुपमा यसलाई लाइभ गर्नेछौँ।’
मस्कले अर्को ट्विटमा लेखेका छन्, ‘चाँडै हामी ट्विटर ब्रान्ड र विस्तारै सबै पन्छीहरुलाई अलबिदा गर्नेछौँ।’ –एजेन्सी
नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाए । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए ।
अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।
यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।
आज नेप्से ६३ अङ्कले बढेको छ । आज २।९२ अङ्कले बढ्दै २२२७ को बिन्दुमा नेप्से परीसुचक बन्द भएको छ । मौद्रिक नितिको सकारात्मक प्रभाब स्वरुप आज नेप्से उच्च अङ्कले बढेको हो ।
नेप्सेमा आज १९९ कम्पनिको मुल्य बढेको छ भने १६ कम्पनिको मुल्य घटेको छ ।
आज किसान लघुबित्त ,चन्द्रागिरी हिल्स , लिबर्टी ईनर्जी , ग्लोबल आइएमई बैंक लगायतका कम्पनीले सर्बाधिक कमाएका छन भने बिभिन्न म्युचुवल फन्ड , बिपीडब्लु लघुबित्त , शुभम पावर लगायका कम्पनिले सर्बाधिक गुमाएका छन ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा घोषणा गरे अनुसार सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो बताएको हो ।
अब बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गरिने भएको छ ।
यसमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने मौद्रिक नीतिको घोषणा छ । सरकारले सहकारी क्षेत्रका बेथितिको नियमन गर्न यस्तो निकाय ल्याउने तयारी गरेको छ ।
नेपाल राष्ट्रबैंकले भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुले पाउने अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ ।
विदेशी मुद्राको सञ्चिती बढेर स्थिती सहज यस्तो नीति लिएको हो ।
आइतबार सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंकले भारतबाहेक तेश्रो मुलुकहरूको भ्रमणमा जाने नेपालीलाई सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिएको छ । साबिकमा अमेरिकी डलर १५०० सम्म सटही सुविधा पाइन्थ्यो ।
त्यस्तै विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था समेत हटाइएको छ ।
विदेशी विनिमय व्यवस्थापनको विषयमा केन्द्रीय बैंकले लिएको अन्य नीति यस्ता छन्:
नेपाल सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिनेछ ।
सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न/आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ ।
ड्राफ्ट/टी.टी. र DAP/DAA को माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।
ब्याक टु ब्याक प्रतीतपत्रको सुविधा पाउने विद्यमान व्यवस्थामा नेपाल एकीकृत व्यापार रणनीतिले पहिचान गरेका वस्तुहरु थप गर्न आवश्यक व्यवस्था गरिनेछ ।
हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ ।
कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ ।
बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप लगायतका उपकरणहरुका सम्बन्धमा गरिएको अध्ययनका आधारमा यस्ता उपकरणहरु उपलब्ध हुने व्यवस्था गरिनेछ ।
मौद्रिक नितीमार्फत केन्द्रिय बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमार्फत यस्तो ब्यबस्था गरेको हो । योसँगै अब सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था सहज हुनेछन् ।
यो व्यवस्थाले सेयर बजार, रियल स्टेट र हायर पर्चेजसँग सम्बन्धित व्यवसायहरुलाई सहज हुने अनुमान गरिएको छ ।
मौद्रिक नितिमार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई कम गरेको छ ।
राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर ६.५० प्रतिशतमा झारेको हो ।
नीतिगत दर घटेसँगै बैंकहरुलाई ब्याजदर घटाउने अनुमान गरिन्छ ।
यसैगरी, राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाउने व्यवस्था गरिएको प्रष्ट पारेको छ । यस्तो दर हाल ५.५ प्रतिशत रहेकोमा अब ४.५ प्रतिशत कायम भएको छ ।