35.9 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 235

बरामद १ क्विन्टल सुन राष्ट्र बैंकमा जोखिने, भन्सार कर्मचारीलाई निलम्बन गर्ने तयारी – ६ जना पक्राउ

0

काठमाण्डौको सिनामंगलबाट बरामद अवैध रुपमा भित्रिएको भनिएको सुनको एकिन कती किलो छ भनेर बुझ्नका लागि आज नेपाल राष्ट्र बैंक लगेर जोखिने भएको छ। यो प्रकरणमा ६ जना पक्राउ परेका छन्।

सुन भन्सारबाट निस्किएकोले सुन जाचपासमा सम्लग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ।

हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर मंगलबार राति सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन्।

यो प्रक्रमणमा थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, सुनले भरिएको स्कुटरको ‘ब्रेक सु’ आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा रामकुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्य दुईजना भने भन्सार एजेन्ट र ट्याक्सी चालक रहेको विभागले जनाएको छ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाण्डौ आएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन भन्सार जाँचपास गरेर कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले बरामद भएको थियो।

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुल्यो,२० कित्ता भन्दा मुनी भर्न नपाईने -प्रतिकित्ता ५०

आज साउन ४ गतेबाट हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यसमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागी लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द साउन १८ गते बेलुका पाच बजे हुनेछ। यदी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याईएको आईपीओको कोटामा पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने छ।

बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ। यसमा कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

आजबाट माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला

0

आज साउन ४ गतेदेखि माथिल्लो मैलुङ खोला जलविद्युतले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ।

स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गरिएको छ।

स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।

त्यस्तै सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

रास्वपा सांसद गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

0

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् ।

चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायत अवार्डका लागि सोवितासँगै सर्टलिस्टमा समेटिएका थिए । संस्थाले तिमध्ये ५ जनालाई अवार्ड दिने छ ।

अवार्ड जित्नेमा सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो ।

फ्री ब्यालेन्समा रहेका सेयरमात्र बिक्री गर्नुपर्छ, नत्र क्लोजआउटमा परिन्छ -सीडीएससी

0

सीडीएससीले ‘मेरो सेयर’ फ्री ब्यालेन्समा रहेको सेयरमात्र बिक्री गर्न गर्नु नत्र क्लोज आउट परिन सक्ने भन्दै सचेत गराएको छ।

सीडीएससीले एक सुचनामार्फत सजग हुन भनेको हो । ‘मेरो सेयरको ‘माई सेयर्स’ पेजमा देखाइने धितोपत्रको अवस्थामध्ये ‘फ्री ब्यालेन्स’मा रहेको परिमाणको धितोपत्रमात्र बिक्रीयोग्य रहेको हुन्छ’, सूचनामा भनिएको छ।

लगानीकर्ताको डिम्याट खातामा रहेको धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का भएको धितोपत्र दोस्रो बजारमा बिक्री गरी राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण (ट्रान्सफर) हुन नसकी क्लोजआउट हुने समस्या देखिएको सीडीएससीले जनाएको छ।

सोही कारणले सम्पूर्ण लगानीकर्तालाई आफ्ना स्वामित्वमा रहेको धितोपत्र बिक्री गर्नुअघि धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गर्न पनि सीडीएससीको आग्रह गरेको छ।

भद्रकुमारी घले सदन नभत्काउन अदालतको अल्पकालीन अन्तरिम आदेश

0

भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको छ । बाँकी संरचना पनि भत्काउने बताएपनी अब भत्काउन पाउने छैन ।

साउन ८ अघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उक्त दिन दुबै पक्षलाई छलफलमा बोलाएको छ .

११ अङ्कले बढ्यो नेप्से ,बिपीडब्लुको पोसिटिभ सर्किट

0

आज सेयर बजार ११ अङ्कले बढेको छ ।०.५२ प्रतिसतले बजार बढ्दै २१६५को बिन्दुमा बन्द भएको छ ।

आज ७३ वटा सेयरको मुल्य बढेको छ भने १३१ वटा कम्पनिको मुल्य घटेको छ । त्यस्तै १३ वटा कम्पनिको मुल्य यथावत रहेको छ ।

सेयर बजारमा आज ३ अर्ब ३४ करोड भन्दा माथिको कारोबार भएको छ ।

आज सबै भन्दा बढी कमाउनेमा बिपिडाब्लु लघुबित्त, युनाइटेड एजोड, बिशाल बजार कम्पनी , बोट्लर्स नेपाल , सिटिजन बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक , प्रभु बैंक आदी कम्पनिहरु रहेका छन । त्यस्तै सर्बाधिक गुमाउनेहरुमा शुभम पावर , माउन्टेन ईनर्जी नेपाल तथा बिभिन्न म्युचुवल फण्डहरु रहेका छन ।

सेयर बजारमा सर्बाधिक कारोबार हुने कम्पनिहरु भने युनाइटेड एजोड , एनआइसी एसिया बैंक , शिभम सिमेन्ट, फस्ट माइक्रोफाइनान्स, हिमालयन लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

वाणिज्य बैंकले ११ महिनामा ६७ अर्ब २३ करोड नाफा कमाए,कसको कति नाफा?

आर्थिक वर्ष २०७९-८०को ११ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।

वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यो अवधिमा ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ नाफा कमाएर नबिल बैंक नाफा कमाउनेमा पहिलो बनेको छ । त्यस्तै ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेर ग्लोबल आइएमई बैंक दोस्रोमा परेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा परेको छ । बैंकले ११ महिनाको अवधिमा ४ अर्ब ७६ करोड ५१ लाख, चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

११ महिनामा एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख र हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख, प्राइम बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ३ अर्बभन्दा बढी नाफा ६ वटा बैंकको गरेको छ ।

यसरी नै २ अर्बभन्दा बढी नाफा कमाउनेमा ५ वटा र २ अर्बभन्दा कम नाफा हुनेमा ५ वटा बैंक छन् । यो अवधिमा कृषि विकास बैंकले सबै थोरै नाफा कमाएको छ छ । बैंकले यो ११ महिनामा १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

लुम्बिनी केबलकारमा हरेक बुधबार टिकटमा ५०% छुट ‘मर्निङ अफर’

0

लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि ‘मर्निङ अफर’ ल्याएको छ। साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको छ ।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ। अब नेपाली नागरिकले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ।

अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ। केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।

सिनामंगलमा शंकास्पद वस्तु भेटियो

0

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उनले बताए .