35.9 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 236

शतप्रतिशत हकप्रद निष्कासन गर्दै बलेफी हाइड्रोपावर

0

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

१ः०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने यसअघिको निर्णय उल्टाउदै ५० प्रतिसतको हकप्रदले बैंक कर्जा कम गर्न नपुग्ने भन्दै कम्पनीको साउन २ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्कासनको निर्णय अनुमोदन गर्न आगामी वार्षिक साधारण सभामा यो प्रस्ताव पेश गर्नेछ ।

सूचना हेर्नुहाेस् :

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

हामीले अध्ययन तथा अनुसन्धान गर्दै गर्दा यस्तो तथ्य फेला पार्यौ कि बिकास बैंक समुहमध्ये सबैभन्दा कम नेटवर्थ भएको नारायणी डिभलोपमेन्ट बैंक लिमिटेड कम्पनीको बजार मुल्य भने सबैभन्दा बढी रहेको पाइएको छ । यो कम्पनी अहिले घाटामा रहेको छ । जसले आफ्नो नेटवर्थ यसरी घटाएको छ र घाटामा गएको कम्पनिको बजार मुल्य कसरी सबै भन्दा बढी भयो अचम्म लाग्दो बिषय रहेको छ ।

यसको नेटवर्थ वा बुक भ्यालु ४६.०६ रहेको छ जुन बिकास बैंक समुहका बैंकहरुमध्येकै सबै भन्दा कम हो ।

हामीले हेर्दै जादा यसले दुइपल्ट १०० प्रतिसतको दरले हकप्रद सेयर जारी गरेको पाइयो । तर कपनिले हकप्रदबाट उठाएको पैसा सदुपयोग गरेको पाइएन । जसको कारण यो कम्पनी अहिले घाटामा छ र नेटवर्थ पनी बिकास बैंकसमुहका बैंकमध्ये सबैभन्दा कम रहेको पाईयो ।

समरण रहोस् बोनस र डिभिडेन्ड कम्पनिले कमाएर तपाईंलाई दिने हो , राइट सेयर भनेको तपाईंबाट कम्पनिले पैसा लिने हो ।

नारायणी डिभोलोपमेन्ट कम्पनिको हालको बजार मुल्य ४३७को हाराहारिमा छ । तर यसको ईपियस भने माइनसमा छ , यसको ईपियस माइनस १६.७१ रहेको छ । यो भनेको १०० को लगानीमा १६ रुपैया घाटा हुन्छ यो कम्पनिलाई ।

यसै पनि नेटवर्थ ४६ रहेको फेरी यो कम्पनिले यसरी नै घाटामा रहने हो भने कम्पनी जिरोमा आउन धेरै लामो समय नलाग्न सक्छ ।

यसको पिई माइनस २६ रहेको छ भने रिटर्न अन ईक्विटी माइनस ३६ रहेको छ । यसको नन पर्फमिङ लोन ४.८१ यानिकी झन्डै ५ प्रतिसत रहेको छ ।

यसको चुक्ता पुजी २६ करोड २४ लाख सटसठठी हजार ६ सय रहेको छ । यसको फेस भ्यालु १०० हो र नेटवर्थ ४६ हुनु भनेको यो कम्पनीमा लागानी गरिएको १४ करोड १७ लाख ३२ हजारको हाराहारी रकम बालुवामा पानी अथवा खरानी भईसकेको छ । अब कम्पनिले दिन सक्ने भनेको कमाएर हो तर ईपियस पनि नेगेटिभ रहेको छ भने लगानीकर्तालाई के दिन्छ, कसरी दिन्छ ?

यो बिकास बैंकका संचालकहरुलाई यो सल्लाह तथा सुझाब छ कि कम्पनिलाई चुस्त दुरुस्त राख्न र आफ्नो कम्पनिको आर्थिक स्थिती राम्रो बनाउन आजबाटै लाग्नुस् नत्र तपाईंको लगानी बालुवामा पानी हुन धेरै समय नलाग्ला ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी गर्नु अघी आफ्नै अध्ययन अनुसन्धान गार्नुहोला ।यो रिपोर्ट तेश्रो चौमासिकमा आधारित छ ।

यो पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने नियम लागु

अब बिदेश भ्रमणमा जानेले ५% कर तिर्नु पर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेपछी सो ब्यबस्था अब लागु भएको छ ।

आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफुसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत ५ प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ ।’

प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ ।

तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ।

९ अङ्कले बढ्यो नेप्से , २१५४मा बजार

0

आज नेप्से ९ अङ्कले बढेको छ । नेप्से ०.४६ प्रतिसतले बढेर २१५४ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा आज ३ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ ।

आज १०१ कम्पनिको मुल्य बढ्दा १०६ कम्पनिको मुल्य घटेको छ ।

आज सर्बाधिक कमाउनेमा बिपीडब्लु,युनाइटेड एजोड इन्सुरेन्स, शुभम पावर , युनिलिभर नेपाल ,उपकार लघुबित्त लगायतका कम्पनिहरु रहेका छन । त्यस्तै सर्बाधिक गुमाउनेहरुमा म्युचुवल फन्डहरु रहेका छन ।

स्वाबलम्बन लघुबित्त, हिमालयन इन्सुरेन्स , शिभम सिमेन्ट ,सिद्धार्थ प्रिमियर लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

साउनभित्रै ‘नेप्से–३०’ सञ्चालनमा ल्याउने तयारी

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ साउनभित्रै सञ्चालनमा ल्याउने गरी तयार अगाडि बढाएको छ ।

नेप्से सञ्चालक समितिको गत असार २० गते बसेको बैठकले नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम नेप्सेले हाल नेप्से–३०को आन्तरिक परीक्षण गरिरहेको छ।

हाल आन्तरिक परिक्षण चलिरहेको छ । नेप्सेले कम्पनी छनोटको काम गरिसकेको छ भने परिक्षण पनि ठीक सँग भईरहेको छ ।

नेप्सेले नेप्से–३० इन्डेक्सका लागि एउटा सेक्टरबाट बढी ८ वटा कम्पनी, कुनैबाट ५ वटा र कुनैबाट ४ वटा गरी ३० वटा कम्पनी छनौट गरिएको छ ।

नेप्से–३० सञ्चालनसम्बन्धी कार्यविधि यसअघि नै नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेको छ। अहिले उक्त कार्यविधि परामर्शका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा छ।

यही साउन अन्तिम सातासम्म नेप्से–३० सञ्चालनमा ल्याउने लक्ष्य नेप्सेले लिएको छ।

बैंकहरुमा निक्षेपका रुपमा रहेको स्थानीय तहको डेढ खर्ब रुपैयाँ राष्ट्र बैंकले आफ्नो खातामा सार्यो

0

स्थानीय तहको झन्डै डेढ खर्ब रुपैयाँ बैंकबाट नेपाल राष्ट्र बैंकमा भएको सरकारको खातामा सरेको छ । जुन रकममध्ये बैंकहरुले ८० प्रतिशतलाई निक्षेपका रुपमा गणना गरिरहेका थिए ।

मंगलबार दिउँसो बैंकमा रहेको स्थानीय तहको पैसा राष्ट्र बैंकको खातामा सरेको हो ।

असार मसान्त सकिएसङै उक्त रकम सरकारको खातामा सरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

‘२०८० असार मसान्तसम्म मात्रै स्थानीय तहको बैंकमा रहेको पैसालाई निक्षेपमा गणना गर्न पाइने व्यवस्था भएकाले आर्थिक वर्ष सकिएलगत्तै सिस्टमबाटै राष्ट्र बैंकको खातामा सरेको हो।

स्थानिय तहको रकम १४० देखि १५० अर्ब रुपैयाँको हाराहारीमा रहेको बताईएको छ ।

सो रकम असोज मसान्तसम्म निक्षेपमा गन्न दिने अर्थ मन्त्रालयले तयारी गरे पनि हालसम्म सो निर्णय भएको छैन । अब उक्त निर्णय नभईन्जेल सम्म पहिला निक्षेपमा गणना गरेको स्थानिय निकायको रकम अबबाट गन्न नपाइने भएको हो ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम ५ खर्बनजिक

0

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) ५ खर्ब रुपैयाँ नजिक पुगेको छ । लगानीयोग्य रकम ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी छ यो असार ३० सम्मको तथ्याङक हो ।

वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा त्यसपछी २ खर्ब ६७ अर्ब थपिएर असार ३० गते ५७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको हो ।

उक्त अवधिमा कर्जा प्रवाह भने घटेको छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार ३० गते ४८ खर्ब ५५ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार ३० गते ४२ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ प्रतिशतबाट ८१.६२ प्रतिशतमा झरेको छ ।

असारका ३० दिनमै वित्तीय प्रणालीमा १ खर्ब ७२ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको छ ।

आलोचनापछी नबिल बैंकको ब्याजदरबारे मनोज ज्ञवाली यसो भन्छन

0

नेपाल बैकर्स एसोसिएसन (एनबीए)ले वर्षौंदेखि सहमतिमार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैंकहरुले आफ्नो रणनीतिक योजनाअनुसार ब्याजदर प्रकाशित गरे। धेरै समयपछि एएलसीओ मा गहन छलफलपश्चात ब्याजदर प्रकाशित गरे बैंकहरुले। 

यसरी बैंकहरुले ८.९५% प्रतिशतदेखि १०.९८% सम्मको ब्याजदर प्रकाशित गरेपछि सामाजिक सञ्जालमा फेरि रोइलो र गाली सुरु भयो। हिजोसम्म एनबीएले ब्याजदरमा सिन्डिकेट गर्यो, कार्टेलिङ गर्यो, खुला बजारमा यस्तो किन ? भनेर रोइलो गर्नेहरु फेरि अर्को बहानामा बैंकर्स र बैंकहरुका बारेमा नराम्रो लेख्न र बोल्न थाले। हैन गर्न पर्ने चैँ के रै छ?

म नबिल बैंकसँग सम्बद्ध छु । कतिपय साथीहरुले नबिलजस्तो बैंकले नि किन यस्तो गरेको भनेर प्रश्न गर्नुभयो। यसर्थ यस सम्बन्धमा केही धारणा राख्न चाहे।

१. खुला बजारमा संस्थाहरुले आफ्नो योजनाअनुसारका दरहरु प्रकाशित गर्ने हो। नौवटा बैंकहरुले ब्याजदर घटाएका छन्, पाँचवटाले बढाएका छन् भने ६ वटाले यथावत प्रकाशित गरेका छन। औसत उच्चतम ब्याजदर ९.९९% बाट घटेर ९.७८% कायम भएको छ। यसैले बैंकहरुले ब्याजदर औसतमा घटाएका छन्।

२. बढ्दो खराब कर्जा र घट्दो कर्जा मागका कारण होस् वा पुँजी पर्याप्तता यथेष्ट नभएका बैंकहरु यथास्थितिमा रहने निर्णय लिए र यथावत ब्याजदर कायम गरे। आफ्नो सीडी रेसियो सहज भएका अनि बजारमा तरलता पर्याप्त छ र केही निक्षेप घट्दैमा फरक पर्दैन लागत घटाऔँ, बेस रेट घटेमा व्यापार गर्ने पनि सजिलो हुन्छ भन्ने धारणा राख्ने बैकहरुले ब्याजदर घटाए। साउन महिनामा ठूलो रकमको संस्थागत निक्षेप नवीकरण गर्नुपर्ने, सीडी रेसियो ठिक्क भएका र व्यापार वृद्धि निरन्तरता दिनुपर्छ भनेर रणनीति लिने बैंकहरुले ब्याजदर बढाए। सबैको रणनीति एउटै र अवस्था एउटै हुँदैन, यो बुझ्नुपर्दछ।

३. ब्याजदर बढाउँदा पनि समग्र निक्षेपको लागत कम नै रहन्छ किनकि गत वर्षसम्म संस्थागत निक्षेपकर्तालाई मुद्दति निक्षेप व्यक्तिगत निक्षेपकर्ताको भन्दा २% कम हुनुपर्ने व्यवस्था थिएन। ब्याजदर बढ्दा पनि ठूलो रकमको संस्थागत निक्षेपकर्ताको निक्षेप कम दरमा नवीकरण हुनेछ। यसैले निक्षेपको औसत लागत घट्ने नै छ।

४. नबिल बैंकको हकमा असार सम्म ५.२०% (एनबीबीलाई प्राप्ति गरेका कारण १ वर्षसम्म थप १% स्प्रेड कायम राख्न पाउने सुविधासहित) रहेको स्प्रेडलाई साउन महिनाभित्रमै ४% मा झार्नुपर्नेछ। यसरी ब्याजदर अन्तरलाई घटाउँदा यसको फाइदा ग्राहकलाई दिनुपर्ने हुन्छ। हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरुलाई ७०% हाराहारी लाभ बाँड्नुपर्छ भन्ने आधार बनायौँ। १८ लाखभन्दा बढी निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन। कर्जा ग्राहकलाई एकपटक प्रिमियम घटाइसकेपछि बढाउने कुरामा नेपाल राष्ट्र बैंकको निर्दैशन १५ बाधक छँदैछ। यसैले यति समझदारीपूर्वक लिइएको रणनीतिक निर्णय नबुझेर नबिलजस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणीमा जबाफ लेख्न मन लाग्यो।

खुला बजारमा आफ्नो व्यावसायिक रणनीतिअनुसार संस्थाहरुले फरक–फरक निर्णय लिन्छन् र ग्राहकलाई धेरै विकल्प प्राप्त हुन्छ पनि यसर्थ बैंकिङ र यसका निर्णयहरुलाई सतही रुपमा बुझेर वितृष्णा फैलाउने प्रकारका टिप्पणी नभईदिए हुन्थ्यो भन्ने अपेक्षा छ।

(मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।)

केही बैंकले ब्याजदर घटाउनुको सट्टा बढाएपछी चर्को आलोचना

श्रावण महिनासम्म बैंकहरुले ब्याजदरमा कार्टेलिङ गर्दै आएका थिए । तर श्रावण देखि भने नेपाल बैंकर्स संघको बैठकबाट कार्टेलिङ हटाएर आफ्नो बैंकको ब्याज आँफै निर्धारण गर्ने निर्णय गरे ।

नबिल,प्राइम ,एनएमबि, एनआईसी र कुमारी बैंकले भने ब्यक्तिगत मुद्दती निक्षेपमा ब्याज बढाएका छन । धेरै बैंकले ब्याजदर घटाउदा यि बैंकहरुले भने उल्टो बाटो समातेका छन ।


अधिक तरलता भएको अवस्था तथा ॠण लिन चाहने ब्यबसायीहरुले उच्च ब्याजदरकै कारणले ॠण लिएर ब्यवसाय गर्न नसकेको बेला ठुला र राम्रा भनिएका बैंकले ब्याजदर बढाएको भन्दै चर्को आलोचना र नकारात्मक टिप्पणीहरु भईरहेको छ ।

“जो अगुवा उही बाटो……… ” भन्दै बिस्लेषकहरुले समेत यो निर्णयको बिरोध गरिरहेका छन । अर्थतन्त्रलाई हेरेर यसलाई सहज बनाउन भूमिका खेल्नुपर्ने बैंकहरुले नै ब्याज बढाएर आफ्नो फाईदामात्र हेरेको भनेर बिरोध भएको हो ।

दुई वर्षभन्दा माथिको व्यक्तिगत निक्षेपमा नबिल बैंकले १०.४९ प्रतिशत ब्याज दिने निर्णय गर्यो,तेस्तै प्राइम कमर्सियल बैंकले तीन महिनादेखि माथिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने निर्णय गर्यो। एनएमबि बैंकले १० वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने र एक वर्षदेखि २ वर्षमुनिको मुद्दती निक्षेपमा ९.५० प्रतिशत र दुई वर्षदेखि १० वर्षमुनिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याज दिने निर्णय गर्यो।

एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९४ प्रतिशत ब्याज दिने र कुमारी बैंकले पाँच वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने निर्णय गर्‍यो ।

अर्थ ब्यबस्थालाई सहज बनाउन भन्दा अरु बैंकको पैसा पनि आफ्नो बैंकमा तान्ने फोहोरी खेल खेलेको भन्दै कतिपयले नकरात्मक टिप्पणी गरेका छन ।

याद रहोस् ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ अर्थात ब्याज बढेमा सेयर बजार घट्छ र भाईस भर्सा ।

सामाजिक संजालमा बैंकहरुको चर्को आलोचनापछि नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त निर्णयको बच्चाउमा एक फेसबुक स्टाटस लेखेका छन्।

उनले उक्त निर्णय रणनैतीक भन्दै लेखेका छन “नबिल बैंकको हकमा, असार सम्म ५.२०% ( NBB लाई प्राप्ति गरेका कारण १ बर्ष सम्म थप १% Spread कायम राख्न पाउने सुविधा सहित) रहेको Spread लाई साउन महिनाभित्र मै ४% मा झार्नुपर्नेछ। यसरी ब्याजदर अन्तर लाई घटाउदा यसको फाइदा ग्राहकहरुलाई दिनुपर्ने हुन्छ। हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरुलाई ७०% हाराहारी लाभ बाड्नुपर्छ भन्ने आधार बनायौ। १८ लाख भन्दा बढि निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकहरुलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन। कर्जा ग्राहकहरुलाई एक पटक Premium घटाईसके पछी बढाउने कुरामा नेपाल राष्ट्र बैक को निर्दैशन १५ बाधक छदैछ। यसैले यति समझदारीपुर्वक लिईएको रणनैतिक निर्णय नबुझेर नबिल जस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणी मा जवाफ लेख्न मन लाग्यो।

खुल्ला बजारमा आफ्नो व्यवसायीक रणनीति अनुसार संस्थाहरुले फरक फरक निर्णय लिन्छन र ग्राहकहरुलाई धेरै विकल्पहरू प्राप्त हुन्छ पनि यसर्थ बैकिङ्ग र यसका निर्णय हरुलाई सतही रुपमा बुझेर बितृष्णा फैलाउने प्रकारका टिप्पणी नभईदिए हुन्थ्यो भन्ने अपेक्षा छ।”

कडा आलोचनापछी थप १३ बित्तिय संस्थाको आस्वा सदस्यता नवीकरण

0

कडा आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।

सेबोनले २४ वटा बित्तिय सङ्स्थाको मात्र आस्वा सदस्यता नबिकरण गरेको थियो तर आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटा थिए । आस्वा सदस्यता नबिकरण नहुँदा ति बैंकका ग्राहकले आइपिओ भर्न समेत नपाउने थिए ।२४ वटाको मात्रै आस्वा सदस्यता नवीकरण गरेपछि सेबोनको चर्को आलोचना भएको थियो।

कम्पनीहरुको धमाधम आईपीओ र हकप्रद सेयर खुलिरहेको समस्यामा सेबोनले आर्थिक वर्ष २०८०–८१का लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएका थिए। तर, अन्य करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नगरेपछि ती संस्थामा खाता खोलेकाहरुले आज दिनभर सार्वजनिक निष्कासनमा आवेदन दिन पाएनन्।

थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको श्रोतले बतायो । अझै ४-५ ओटाको नबिकरण भने बाकी नै छ ।

खासमा ती १३ वटाले म्याद सकिएपछि नवीकरणका लागि निवेदन दिएको ती अधिकारीले बताए। यी बैंकको नबिकरण नहुने थियो , फेरी न्बेदन दिएर सदस्यता लिनु पर्ने थियो तर चर्को आलोचना भएपछी नबिकरण गरिएो छ ।

लगानीकर्ताको हितलाई ध्यानमा राखेर ती बैंक तथा वित्तीय संस्थाको सदस्यता नवीकरण गरिएको एक अधिकारिले बताए ।

सेबोनले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरे पनि यसबारे आमलगानीकर्तालाई जानकारी दिने उद्देश्यले सूचना भने जारी गरेको छैन। यसले गर्दा कुनकुन बित्तिय सङ्स्थाले नबिकरण गरेका हुन एकिन हुन सकेको छैन ।