34.6 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 237

४७ अङ्कले बढ्यो नेप्से ,बिकास बैंकका लगानिकर्ताले सबै भन्दा बढी कमाए

0

आज नेप्से ४७ अङ्कले बढेको छ। २।२४ प्रतिसतले बढेर बजार २१४४को बिन्दुमा बन्द भएको छ .
आज बिकास बैंकका लगानिकर्ताले सबै भन्दा बढी कमाएका छन ।

बजारमा आज २ अर्ब ५६ करोडभन्दा बढीको कारोबार भएको छ । आज २०० कम्पनिको मुल्य बढेको छ भने १३ कम्पनिको मुल्य घटेको छ ।

आज सर्बाधिक कमाउनेहरुमा बिपिडब्लु लघुबित्त ,युनाइटेड अजोड इन्सुरेन्स ,अभियान लघुबित्त ,सिर्जन्सिल लघुबित्त , मुल्टिपर्पोज फाइनान्स लगायतका कम्पनीहरु रहेका छन भने म्युचुवल फन्डहरुले सर्बाधिक गुमाएका छन ।


आज सिभम सिमेन्ट , हिमालयन इन्सुरेन्स , साइन रेसुङ्गा बिकास बैंक , सोल्टी होटेल लगायतका कम्पनीको सेयरको सर्बाधिक कारोबार भएको छ ।

सनराइज बैंकको बजार मुल्य बुक भ्यालु भन्दा मुनी, लङ टर्म लगानिका लागि उत्तम

सनराइज बैंक (SRBL) को बजार मुल्य हाल किताबी मुल्य अर्थात बुक भ्यालु भन्दा कम रहेको छ । सनराइज बैंकको बुक भ्यालु १७५ रहेको छ तर यसको कारोबार १७५ भन्दा मुनी कारोबार भईरहेको छ ।

यस्तो स्टकहरु लङ टर्मको लगानिको लागि उपयुक्त हुन्छ ।सायदै बुक भ्यालु भन्दा मुनी रहेको एक मात्र बैंक यही सनराइज बैंक रहेको छ ।


लगानीका लागि ग्राहम फेयर भ्यालु निकाल्दा पनि यो कम्पनिको ग्राहम फेयर भ्यालु २४६ हुन्छ । यो हिसाबमा पनि यो कम्पनी लगानिका लागि किन्नु फाईदाजनक देखिन्छ ।

यसको ईपियस पनि १५ (तेश्रो चौमासिक अनुसार ) रहेको छ , यो ईपियस नेपालको इन्फ्लेसन रेटभन्दा बढी नै हुन्छ ।

आज किनेर भोली नाफा चाहियो भन्नु हुन्छ भने चाँही त्यसको ग्यारेन्टी चाँही हुन्न तर लङ टर्म लगानी हो भने यस्तो अबसर सधै आउँदैन । यस्तो कम्पनिमा अब जती मुनी जान्छ त्यती नै सेयर किनेर राख्दा हुन्छ । यसरी वास्तविक मुल्य भन्दा काम मुल्यमा सेयर किन्नुलाई भ्यालु इन्भेस्टिङ भनिन्छ ।

प्राबिधिक रुपमा हेर्दा पनि यसले करेक्सन सक्न लागेको वा सकिसकेको हुनसक्ने देख्न सकिन्छ ।

लगानिकर्तामाथी यि बैंकको खेलबाड , आजबाट आइपिओ भर्न नपाईने

लगानीकर्ता माथि केही बैंकले खेलवाड गरेको पाईएको छ । केही आस्वा सदस्य बैंकले सेबोनमा सदस्यता नबिकरण नगराएपछी साउन १ गतेबाट ति बैंकका ग्राहकले आइपिओ भर्न पाउने छैनन ।

बार्सिक २५ हजार तिरेर आस्वा सदस्यता नबिकरण गर्नु पर्दछ । आर्हिक बर्ष सुरु हुनुअघी १ महिना अघीनै सदस्यता नबिकरणका लागि निबेदन दिनुपर्नेमा सो निबेदन नदिएपछी अब आस्वा सदस्य नबिकरण नहुने भएको हो । अब उनिहरुले नयाँ सदस्यका लागि निबेदन दिनुपर्छ ।

लाखौं लगानिकर्ताहरु अहिले प्राथमिक बजारमा आकर्षित छन । तर बैंक र नियामकको लापरबाहिले गर्दा अब लाखौं लगानिकर्ताहरु आइपिओ भर्नबाट बन्चित हुने भएका हुन ।

आस्वा सदस्यता नवीकरण गर्नेमा १४ वटा वाणिज्य बैंक छन् भने ६ वटाले नवीकरण गरेका छैनन्। विकास बैंकमा पनि ५ वटा आस्वा सदस्यता नवीकरण गरेका छन् भने ३ वटा गरेका छैनन्।

आर्थिक र्ष २०७९–८० मा ४९ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सदस्यता नवीकरण गरेका थिए। मर्जरपछि यो संख्या ४१ वटाको हाराहारीमा कायम भएका छन्। यो हिसाबले करिब १७ वटा आस्वा सदस्यता नवीकरण नभएको देखिन्छ।

यी बैंक तथा वित्तीय संस्थामा खाता खोली आईपीओ भर्दै आएका लाखौँ लगानीकर्ताले भोलिदेखि आईपीओ भर्न नपाउने भएका छन्।

आस्वा सदस्यता नवीकरण गरेका वाणिज्य बैंकहरु

नबिल बैंक
प्राइम कमर्सियल बैंक
एनआईसी एसिया बैंक
एभरेस्ट बैंक
सनराइज बैंक (मर्जरपछि लक्ष्मी सनराइज बैंक)
सिद्धार्थ बैंक
कृषि विकास बैंक
नेपाल एसबीआई बैंक
सिटिजन्स बैंक
माछापुच्छ्रे बैंक
प्रभु बैंक
कुमारी बैंक
स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंक
ग्लोबल आइएमई बैंक


आस्वा सदस्यता नवीकरण नगरेका वाणिज्य बैंकहरु

राष्ट्रिय वाणिज्य बैंक
नेपाल बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
एनएमबि बैंक
सानिमा बैंक
आस्वा सदस्यता नवीकरण गरेका विकास बैंकहरु

सांग्रिला डेभलपमेन्ट बैंक
शाइन रेसुंगा डभेलमेन्ट बैंक
गरिमा विकास बैंक
ज्योति विकास बैंक
कामना सेवा विकास बैंक


आस्वा सदस्यता नवीकरण नगरेका विकास बैंकहरु

मुक्तिनाथ विकास बैंक
लुम्बिनी विकास बैंक
महालक्ष्मी विकास बैंक
आस्वा सदस्यता नवीकरण गरेका फाइनान्सहरु

आईसीएफसी फाइनान्स
रिलायन्स फाइनान्स
प्रोग्रेसिभ फाइनान्स
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स

बैदेशिक रोजगारमा रहेकालाई सन नेपाल लाइफको आइपिओ प्रिमियममा खुल्ला

0

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन आज देखि खुला भएको छ । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।

पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

साउनमा एनएमबि बैंकले १०.९८ प्रतिसत ब्याज दिने, चार्टर्डले सबैभन्दा कम ८.९५ प्रतिसत , कसको कती ब्याज ?

साउनका लागि बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन । भद्र सहमती टोडेपछी बैंकहरुले नयाँ ब्याजदर आफ्नै हिसाबले तोकेका छन ।

साउन १ देखि लागू हुने गरी पाँचवटा बैंकले ब्याज बढाएका छन् भने ९ वटाले घटाएका छन् । ६ वटा बैंकको ब्याजदर स्थिर छ ।

एनएमबी बैंकले सबै भन्दा बढी दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत छ । व्यक्तिगत मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याज दिने बैंकले संस्थागततर्फ ६.९५ प्रतिशत ब्याज दिने जनाएको छ ।

प्राइम बैंकले साउनमा व्यक्तिगततर्फ १०.९३ र व्यक्तिगततर्फ ८.९३ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ १०.४९, संस्थागततर्फ ८.४९ तथा कुमारी बैंकले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

एनआईसी एसियाले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९३ प्रतिशत पुर्‍याएको छ भने संस्थागत मुद्दती निक्षेपमा ८.९३ प्रतिशत तोकेको छ । साधारण बचतमा ६.०७ देखि ८.०७ प्रतिशत तोकिएको छ ।

नयाँ ब्याजदरमा १५ वटा बैंकको एकल अंकमा ब्याजदर छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९, ग्लोबल आइएमई बैंकको व्यक्तिगत ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत तथा हिमालयन बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै प्रभु बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत तथा नेपाल बैंकले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिनेछन् ।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२, कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ तथा एभरेष्ट बैंकले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत बनाएको छ ।

घोराही सिमेन्टको आईपीओ बाँडफाँड

0

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री हिमालयन क्यापिटल र प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले घोराही सिमेन्टको आईपीओ बाँडफाँड गरेका हुन।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो।

यो आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन्। क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई मागबमोजम सेयर बाँडफाँड गरिएको छ। जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँड गरिएको छ।

यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँड गरिएको छ।

बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासनको सहमति

0

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट सहमति पाएको छ।

आयोगले बाराही हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको छ।

कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो। यसका लागि साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीले आयोगमा अनुमति मागेको थियो।

आयोगले साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीलाई सहमति प्रदान गरेको हो।

नगद अनुदानले १० अर्बको फलामजन्य वस्तुको निर्यात, ईतिहास रच्यो

0

सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागको तथ्याङ्कअनुसार ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँको ७ करोड ५६ लाख ९२ हजार केजी स्टिलजन्य वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब २९ करोड २८ लाख रुपैयाँको आइरन र स्टिलजन्य वस्तु निर्यात गरेको थियो । साथै, गत वर्षमा नेपालबाट ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

नेपालले भारतमा मात्रै ९ अर्ब १६ करोड ७६ लाख रुपैयाँको ७ करोड ५२ लाख ८३ हजार केजी स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

नेपालले रोमनियामा ७ करोड २२ लाख रुपैयाँको ४ लाख ९ हजार केजी र ताइवानमा २ लाख रुपैयाँको ११ सय ५० केजी स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

सरकारले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत निर्यात अनुदान पाउने व्यवस्था गरेको थियो ।

चुलिँदो ब्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाई विदेशी मुद्राको भण्डारण बलियो बनाउने उदेश्यले सरकारले निर्यातमा प्रोत्साहन गर्दै ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा चालु आर्थिक वर्षको बजेटमा गरेको थियो । उक्त बजेटमा अनुदानको व्यवस्था गरेसँगै निर्यातमा उछाल आएको छ ।

प्रिमियम मूल्यमा सिटिजन लाइफको बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ खुल्यो

0

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ निष्कासन खुला भएको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।

जाको ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन २ चरणमा निस्कासन गरिनेछ।

इन्स्योरेन्सले कुल निष्काशन गर्न लागेको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दोस्रो चरणमा खुल्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

धेरै वाणिज्य बैंकले साउनमा घटाए ब्याजदर

0

वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजद सार्वजनिक गरेका छन्।

केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन्। जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत, सानिमाले ९.५२ प्रतिशत र ७.५२ प्रतिशत तथा कुमारी बैंक र कृषि विकास बैंकले ९.५१ प्रतिशत र ७.५१ प्रतिशत तथा प्रभु बैंकले ९.५ प्रतिशत र ७.५ प्रतिशत कायम गरेको छ।

नबिल, एनएमबि, नेपाल एसबीआई र हिमालयन बैंकले असारकै ब्याजदरलाई साउनमा निरन्तरता दिएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत दिने भएका छन्।

यसैगरी साउनको ब्याजदर सार्वजनिक गरेका केही राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत म्द्दति निक्षेपमा १०.१० प्रतिशत कायम गरेका छन्।

क्षेत्रीयस्तरका विकास बैंकल संस्थागत मुद्दति निक्षेपमा साउनमा घटाएर क्रमशः ८.३५ प्रतिशत र १०.६५ प्रतिशत दिने भएका छन्।

फाइनान्सहरुले मुद्दति निक्षेपमा अधिकतममा संस्थागततर्फ ८.७० प्रतिशत र व्यक्तिगततर्फ १०.७० प्रतिशत कायम गरेका छन्।