32.9 C
Nepal
Wednesday, May 14, 2025

प्रिमियम मूल्यमा सिटिजन लाइफको बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ खुल्यो

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ निष्कासन खुला भएको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।

जाको ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन २ चरणमा निस्कासन गरिनेछ।

इन्स्योरेन्सले कुल निष्काशन गर्न लागेको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दोस्रो चरणमा खुल्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here