आज नेप्से ४७ अङ्कले बढेको छ। २।२४ प्रतिसतले बढेर बजार २१४४को बिन्दुमा बन्द भएको छ .
आज बिकास बैंकका लगानिकर्ताले सबै भन्दा बढी कमाएका छन ।
बजारमा आज २ अर्ब ५६ करोडभन्दा बढीको कारोबार भएको छ । आज २०० कम्पनिको मुल्य बढेको छ भने १३ कम्पनिको मुल्य घटेको छ ।
आज सर्बाधिक कमाउनेहरुमा बिपिडब्लु लघुबित्त ,युनाइटेड अजोड इन्सुरेन्स ,अभियान लघुबित्त ,सिर्जन्सिल लघुबित्त , मुल्टिपर्पोज फाइनान्स लगायतका कम्पनीहरु रहेका छन भने म्युचुवल फन्डहरुले सर्बाधिक गुमाएका छन ।
आज सिभम सिमेन्ट , हिमालयन इन्सुरेन्स , साइन रेसुङ्गा बिकास बैंक , सोल्टी होटेल लगायतका कम्पनीको सेयरको सर्बाधिक कारोबार भएको छ ।