34.6 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 238

नेटवर्थ ६ रुपैया भएको कम्पनिको बजारमा १९० रुपैयामा कारोबार, के हेर्छन लगानिकर्ता -फस्नुहोला है

बजारमा एउटा यस्तो हाइड्रोपावर कम्पनी छ । जुन कम्पनी घाटामा हैन महाघाटामा छ तर लगानिकर्तालाई थाहा छैन सायद । त्यसैले महँगोमा खरिदबिक्री भईरहेको छ बजारमा यो कम्पनिको सेयर । त्यो कम्पनिको नाम हो दिव्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) ।

उक्त कम्पनिको बुक भ्यालु अर्थात नेटवर्थ ६.७३ रुपैया रहेको छ । त्यो भनेको अहिले नेप्सेमा कारोबार भईरहेको कम्पनी मध्ये सबैभन्दा झन्डिमार कम्पनीको रुपमा ठुला लगानीकर्ताले ठान्दछन ।। यो कम्पनी कारोबर भईरहेको कम्पनिमध्ये सबै भन्दा बढी घाटामा रहेको कम्पनी हो भनेर मान्दा गलत हुँदैन ।

उक्त कम्पनीको सबै सम्पतीमा सबै ॠण घटाऊदा ६.७३ रुपैया प्रतिसेयर मात्र बाँकी हुन्छ ।

यो कम्पनिको चुक्ता पुजी २६ करोड ४० लाख हो भने रिजर्भ २४ करोड ६२ लाख घाटामा रहेको छ ।यसले कम्पनिको सबै सम्पत्ति स्वाहा यानिकी बालुवामा पानी हुन लागेको देखिन्छ ।

यो कम्पनिको प्रतिसेयर आम्दानी माइनस ११. ८२ रहेको छ । यस्ता कम्पनीहरु अन्तरास्ट्रिय बजारमा १५ -२० रुपैया हाराहारी कारोबार हुने अनुमान गरिन्छ ।

नोट : यो बाइसेल रेकोमेन्डेसन होइन । स्टक मार्केट जोखिमको बजार हो । खरिद बिक्री गर्नु अघी अध्ययन अनुसन्धान गर्नुहोला ।

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्न सेबोनसँग माग्यो अनुमति

0

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

सिंगटी हाइड्रोले असार २७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ।

नेसनल हाइड्रोपावरको ५०% हकप्रदमा आवेदन खुला

0

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्।

यो हकप्रदको निष्कासन बन्द साउन १८ गते बैंकिङ समयपछि हुनेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

0

 मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। 

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 
दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो। 

सप्तकोशीमा खस्यो ट्रक, पौडी खेलेर बाँचे तीन जना

0

आज बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७:४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।

ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका-९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन्।

‘उहाँहरू पौडी खेल्न जान्न हुँदो रहेछ त्यसकारण उद्धार गर्न सम्भव भयो,’ डिएसपी राईले भने।

कोसोभोको संसदमा कुटाकुट

0

कोसोभोको संसदमा बिहीबार सांसदहरूबीच कुटाकुट भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार पोडियममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको हो।

कोसोभोको संसदमा उत्तरी क्षेत्रमा सर्वियन आदिवासीको मुद्दाका विविध विषयमा बहस भइरहेको थियो।

प्रधानमन्त्री बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सत्तारूढ दलका सांसदले उनलाई रोक्न खोजेका थिए। त्यसपछि अरू विपक्षी सांसदहरू पनि कुटाकुटमा सहभागी भएका थिए।

प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो भने कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गरिएको थियो।

सांसदहरूले कुटाकुट गरेपछि संसद दुई घन्टाका लागि स्थगित गरिएको थियो।

सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् भने उत्तरमा सर्वियासँग सीमा जोडिएको क्षेत्रमा ५ प्रतिशत सर्वियन छन्। -एजेन्सी

लक्ष्मी सनराइज बैंककाे एकीकृत कारोबार सुरु

0

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएर आज असार २९ गते, शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

मर्जर पश्चात् अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

हाल लक्ष्मी बैंक लिमिटेडको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंक लिमिटेडको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेकाे छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

कमर्सियल बैंकको सेयर मुल्य एकदमै न्युन मुल्यमा आएको छ । लगभग ८ वटा बैंकको सेयरमुल्य नेटवर्थको नजिक आएको छ । यो मुल्य भनेको आइपिओको मुल्य बराबर जस्तै हो । यि न्युन मुल्यमा आएका कम्पनीमध्ये राम्रो ईपियस भएका कम्पनी छानेर लगानी गर्नु भयो भने दिर्घकालिन लगानी तपाईंको लागि धेरै फाईदाजनक हुनेछ । तर याद गर्नुस् बैंकमा दिर्घकालीन लगानी ठीक हुन्छ , आज लगानी गर्‍यो भोली फाईदा खोज्नुभयो भने त्यो बैंकमा सम्म्भब छैन ।

एग्रीकल्चर डिभोलोप्मेन्ट बैंकको हालको सेयर भ्यालु २२८ छ तर त्यसको बुक भ्यालु २०२ रहेको छ ।


सिटिजन बैंकको हालको सेयर भ्यालु १६९ छ तर त्यसको बुक भ्यालु १४२ रहेको छ ।


ग्लोबल बैंकको हालको सेयर भ्यालु १८३ छ तर त्यसको बुक भ्यालु १५५ रहेको छ ।


कुमारी बैंकको हालको सेयर भ्यालु १६० छ तर त्यसको बुक भ्यालु १४० रहेको छ ।


लक्ष्मी बैंकको हालको सेयर भ्यालु १७३ छ तर त्यसको बुक भ्यालु १५६ रहेको छ ।


नेपाल बैंकको हालको सेयर भ्यालु २४५ छ तर त्यसको बुक भ्यालु २४१ रहेको छ ।


प्रभु बैंकको हालको सेयर भ्यालु १६० छ तर त्यसको बुक भ्यालु १४२ रहेको छ ।


सनराइज बैंकको हालको सेयर भ्यालु १७३ छ तर त्यसको बुक भ्यालु १७५ रहेको छ ।


नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको हालको सेयर भ्यालु १७४ छ तर त्यसको बुक भ्यालु १६६ रहेको छ ।

1
SNSYMBOLPRICEEPSPEBOOK VALUE
2
1ADBL228.27.0832.23202.29
3
2CZBIL16911.614.57142.72
4
3EBL56230.7318.29225.86
5
4GBIME183.516.2411.3155.99
6
5HBL208.910.6919.54156.14
7
6KBL1609.2517.3140.29
8
7LBL17314.611.85156.35
9
8MBL228.217.5712.99154.49
10
9NABIL59025.223.41201.07
11
10NBL24516.1615.16241.97
12
11NICA781.946.2816.89248.88
13
12NMB22419.4711.5152.02
14
13PCBL191.716.9511.31147.41
15
14SANIMA25418.3113.87148.03
16
15SBI342.923.7514.44178.57
17
16SBL244.114.0917.32163.28
18
17SCB52936.9114.33204.18
19
18SRBL173.115.4311.22175.14
20
19PRVU16011.0714.45142.85
21
20NIMB174.911.8914.71166.88

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ करिब ९१ गुणा ओभरसब्सक्राइब्ड

0

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासनको तेस्रो दिनसम्म करिब ९१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।

त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

२ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म ८ लाख ५० हजार ६९१ आवेदकबाट कुल ९१ लाख ७८ हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९०.७४ गुणाले बढी हो।

राष्ट्र बैंकले २० अर्ब माग्यो, न्यून ब्याजमै ३०.३० अर्ब दिन बैंकहरु तछाडमछाड

0

नेपाल राष्ट्र बैंकले आज बजारबाट फेरि २० अर्ब रुपैयाँ तानेको छ।

१३ वटा बैंक तथा वित्तीय संस्थाले ७३ वटा बोलपत्रमार्फत ३० अर्ब ३० करोड रुपैयाँको आवेदनको आज दिउसो ३ बजे बोलकबोल भएको हो । औसत ब्याजदर बोलकबोलमार्फत ३.८३ प्रतिशत कायम भएको छ।

राष्ट्र बैंकले साउन २६ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।