29.5 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 239

नेपालको राष्ट्रिय अस्मिता कमजोर भयो,रास्ट्रिय सहमतिको सरकार बनाऔ : महासचिव गुरूङ

0

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको बताएका छन ।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको एक कार्यक्रममा बोल्दै महासचिव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको बताएका हुन्

उनले भने, ‘हाम्रा महत्वाकांक्षीहरू, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो। यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो। त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ। त्यसको विकल्प छैन, सकिन्छ। सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ। सकिएन भने विकास निर्माणलगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

७ ब्रोकर कम्पनीले थाले सेयर ट्रेडिङ,नेपाली सेयर बजारमा नयाँ युग सुरु

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट अनुमति पाएका नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीले कारोबार सुरु गरेका छन् । हालसम्म ५० वटा ब्रोकरले मात्र काम गर्दै आएकोमा १६ बर्ष पछि थप नयाँ ब्रोकर कम्पनीले सेयर खरिदबिक्री सुरु गरेका हुन् ।

बिहीबार (आज)बाट भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्ड ६७ नम्बरले नयाँ ब्रोकर कम्पनीको रुपमा सेयर कारोबार सुरु गरेका हुन्

नयाँ ब्राेकरकाे काराेबार सुरू भएसँगै लामाे समयदेखिकाे लगानीकर्ताहरूकाे सपना साकार भएकाे छ । सेयर लगानीकर्ताहरूले विगत लामाे समयदेखि नयाँ ब्राेकरकाे माग गर्दै आएका थिए ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। त्योमध्ये सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेबाट कारोबार सदस्यता प्रदान गरिएको थियो । कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) बाट असार २५ गते, सोमबार ‘क्लियरिङ मेम्बर’ अर्थात् राफसाफ सदस्यता पाएका थिए ।

यो सँङ्गै सेयर बजारमा नयाँ युगको सुरुवात भएको छ ।

दोहोरो अङ्कले घट्यो बजार ,टिकेन हिजोको बढाइ

0

आज नेप्सेमा १२ अङ्कको गिरावट आएको छ । ०.६० प्रतिसतले घटेर बजार २०८४ को बिन्दुमा बन्द भएको छ ।


आज बजारमा ३ अर्ब ३९ करोड भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै ५४ कम्पनिको मुल्य बढेको छ भएन १६५ कम्पनिको मुल्य घटेको छ ।

म्युचुवल फन्ड र डिबेन्चरहरुको मुल्य सर्बाधिक बढेका छन भने हाइड्रोपावर कम्पनिहरुले सर्बाधिक गुमाएका छन ।

आज शिभम सिमेन्ट , हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल , नेपाल टेलिकम, चिलिमे हाइड्रोपावर लगायातका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

आरएसआइमा बियरिस डाइभर्जेन्ट बनाएको होटल एन्ड टुरिस्म सेक्टरको अबको सपोर्ट कहाँ ? प्राबिधिक बिस्लेषण

आरएसआइमा बियरिस डाइभर्जेन्ट बनाएको होटल एन्ड टुरिस्म सेक्टरले बियरिस डाइभरजेन्ट बनाएको छ । प्राइसले हाईयर हाइ बनाए पनि आरएसआइले लवर लो बनाएपछी बियरिस डाइभरजेन्ट बनेको हो । प्राइस ५९७० देखी ६१०२ पुग्दा आरएसआइले लवर लो बनाएको थियो ।

केही समयअघी बुल्लिस सेन्सिमेन्टमा रहेको होटल एन्ड टुरिस्म सेक्टरमा अहिले अल्पकालिन बियरिस सेन्टिमेन्ट आएको देखिन्छ । एमएसिडिमा बियरिस क्रसओभर बनेको छ । बोल्लिङर ब्यान्डमा माथिल्लो रेखालाई छोडेर मध्य रेखातर्फ झर्दै गरेको देख्न सकिन्छ ।

डाइभर्जेन्ट बनेपछी बजारमा २०० पोइन्टको गिरावट आईसकेको देख्न सकिन्छ ।

बजार घटेमा पिभट पोइन्टका आधारमा पहिलो सपोर्ट पिभोट पोइन्टमा ५१०९ मा छ भने दोश्रो सपोर्ट (सपोर्ट वानमा) ४२२८ तिर रहेको देखिन्छ । बजार बढेमा ६५५२ मा रेसिस्टेन्स रहेको देखिन्छ ।

नोट : यो बाइ सेल रेकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।

अरुण भ्यालीले विद्युत नियमन आयोगबाट १००% हकप्रद निष्कासनको अनुमति पायो

0

अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

विद्युत नियमन आयोगले अरुण भ्यालीलाई चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।

यसअघि गत साउन ७ गते कम्पनीको विशेष साधारणसभाले हकप्रद निष्कासन गर्ने अजेन्डा अनुमोदन गरेको थियो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ।

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।

सिडी रेसियो ८१.६९ , अन्तर बैंक ब्याजदर ०.९० प्रतिसत

0

बैंकिङ प्रणालिमा हाल अधिक तरलता देखिएको छ । केही समय अघीसम्म तरलताको अभाब रहेको बजारमा अहिले तरलताको अवस्था धेरै सुधारिएको छ । यसको कारण अन्तर बैंक ब्याजदर समेत घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे पछिल्लाे तथ्याङ्क अनुसार सीडी रेसियो ८१.६९ प्रतिशतमा झरेकाे छ ।

अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेकाे छ साथै बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २६ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ छ ।

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

0

बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।

साउनबाट ब्याज ९ प्रतिसत हुन सक्ने,निक्षेपको ब्याजदरमा रहेको कार्टेलिङ हट्यो

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा रहेको कार्टेलिङ हटेको छ । हाल बैंकर्सले ब्याजदर घोषणा गरेर त्यसलाई सबैले लागु गर्दै आएका थिए ।

बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय भएको छ ।
श्रावण १ गतेबाट बैंकहरुले कर्जाको ब्याजदर आँफै घोषणा गर्न सक्ने छन तर त्यसो गर्दा राष्ट्र बैंकको निर्देसनको पारीधिभित्र रहनु पर्ने छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरकाे १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेकाे छ ।

अहिले बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिदै आएको ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले ब्याजदर तोक्ने छन ।

अब बैंकको ब्याज ९ प्रतिसत हुन सक्ने देखिएको छ किनकी अधिक तरलताको अवस्थामा बैंकले ब्याजदर बढाउने कुचेस्टा गर्ने छैनन । संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भनदा २ प्रतिशत बिन्दुले ब्याजदर कम कायम गर्नुपर्छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने निर्देशन राष्ट्र बैंकको छ ।

बैंकहरुसँग करिब १ खर्ब अधिक तरलता रहेको र लगानीयोग्य फण्ड करिब ४ खर्ब रहेको छ ।

सहकारीका बचतकर्ताले एक बर्षभित्र पैसा फिर्ता पाउने, संचालकले रकम हिनामिना गरेको भए निजको सम्पत्ति बेचेर असुल उपर गरिने

सहकारीका बचतकर्ताको रकम एक बर्षभित्र फिर्ता दीईने भएको छ ।सहकारीको समस्या समाधान गर्न सरकारले बनाएको कार्यदलले २०८१ असार मसान्तभित्र बचत फिर्ता माग्नेलाई फिर्ता दिने लगाउने गरी प्रतिबेदन तयार पारेको छ ।

यदी कुनै सहकारीले तोकिएको समयमा बचत फिर्ता गर्न नसके संचालक तथा ब्यबस्थापकलाई पक्राउ गरी दुरुपायोग भएको रकम कानुन अनुसार असुल उपर गर्न सिआइबीलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

यदी संचालक र ब्यबस्थापकले रकम हिनामिना गरेको रहेछ भने संचालक तथा ब्यबस्थापकको नाममा भएको सम्पत्ति बेचेर पनि असुल उपर गर्न उक्त कार्यदलले सिफारिस गरेको छ ।

हाल संचालक र लेखा समितिमा रहेका सदस्यहरु मध्ये ४९ प्रतिसत सदस्यले ॠण लिन पाउने ब्यबस्था रहेकोमा आगामी दिनमा त्यसलाई घटाएर २० प्रतिसतले मात्र ॠण लिन पाउने ब्यबस्था गर्नुपर्ने प्रतिबेदन तयार पारेको छ ।कार्यदलले एैनमा भएको ब्यबस्था अनुसार कर्जा तथा बचत सुरक्षण कोषमार्फत बचतको सुरक्षण गर्ने ब्यबस्था मिलाउन पनि सिफारिस गरेको छ ।

कुमारी बैंक बिरुद्दको मुद्दा दुर्गा प्रसाइले जिते , तत्काल ॠण तिर्नु नपर्ने

0

कुमारी बैंक बिरुद्दको मुद्दा दुर्गा प्रसाइले जितेका छन । उच्च अदालत बिराटनगरमा दाँयर भएको मुद्दामा दुर्गा प्रसाइको जित भएको हो । यो जितसङै उनले कुमारी बैंकलाई तत्काल ॠण तिर्नु नपर्ने भएको छ ।

ॠण तिर्न ताकेता गर्दै बैंकले पत्र लेखेपछी सो पत्र कार्वान्वयन नगराउन प्रसाइले दाँयर गरेको मुद्दामा अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
न्यायधिस लोलित चन्द्र शाह र सोमकान्त मैनालिको संयुक्त ईजालसले प्रसाइले बिएण्डसी हस्पिटल र क्यान्सर हस्पिटलका नाममा ॠण तत्काल असुली नगर्न आदेश दिएको हो ।

बैंकले लामो समयका दिएको ॠण तत्काल चुक्ता गर्नु भनेर पत्र काटेको थियो । साथै ॠण तत्काल नतिरे आवश्यक प्रकृया अपनाएर असुल गरिनेछ भनेपछी दुर्गा प्रसाइ अदालत गएका थिए । बैंकले ॠण लिदा भएको सर्त बिपरित चाडै रकम असुल्न प्रयत्न गरेको थियो ।