22.6 C
Nepal
Thursday, September 19, 2024

साउनबाट ब्याज ९ प्रतिसत हुन सक्ने,निक्षेपको ब्याजदरमा रहेको कार्टेलिङ हट्यो

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा रहेको कार्टेलिङ हटेको छ । हाल बैंकर्सले ब्याजदर घोषणा गरेर त्यसलाई सबैले लागु गर्दै आएका थिए ।

बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय भएको छ ।
श्रावण १ गतेबाट बैंकहरुले कर्जाको ब्याजदर आँफै घोषणा गर्न सक्ने छन तर त्यसो गर्दा राष्ट्र बैंकको निर्देसनको पारीधिभित्र रहनु पर्ने छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरकाे १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेकाे छ ।

अहिले बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिदै आएको ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले ब्याजदर तोक्ने छन ।

अब बैंकको ब्याज ९ प्रतिसत हुन सक्ने देखिएको छ किनकी अधिक तरलताको अवस्थामा बैंकले ब्याजदर बढाउने कुचेस्टा गर्ने छैनन । संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भनदा २ प्रतिशत बिन्दुले ब्याजदर कम कायम गर्नुपर्छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने निर्देशन राष्ट्र बैंकको छ ।

बैंकहरुसँग करिब १ खर्ब अधिक तरलता रहेको र लगानीयोग्य फण्ड करिब ४ खर्ब रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here